धरान । धरानको साहारा थिएटरको नयाँ कार्य समितिमा बुधबार पुनर्गठन गरिएको छ । 

धरान १२ स्थित अमान बजारमा सम्पन्न भेलाले नवीन मेन्याङ्वोको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा क्रमशः सौगात रिजाल, रविन श्रेष्ठ, कैलास कार्की र सन्तोष काफ्ले छन् । यस्तै सचिवमा एकराज सुब्बा, सहसचिवमा राजीव दाहाल, र कोषाध्यक्षमा नवीन पराजुली चयन भए । 

यस्तै सदस्यहरुमा समिर बराइली, दुर्गा राई, सानुराजा थेगिम, भीम पाण्ड र अन्य तीन सदस्य अर्को बैठकले चयन गर्ने भएको उपाध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए । जसको जिम्मेवारी अध्यक्षलाई नै प्रदान गरिएको छ । त्यस्तै सल्लाहकार सदस्यमा राजेश विद्रोहीलाई चयन गरिएको छ । 

संस्था आउँदो फागुनमा २५ वर्ष पूरा हुँदै छ । त्यसअवसरमा रजत जयन्ति मनाउने भएको छ । संस्थाले चाँडै नै नाट्य कार्यशाला गर्ने भएको छ ।