धरान/ धरानका सन्देश बम्जन लामा नेपाल स्टारमा टप आठमा आउन सफल भएका छन् ।

यस पटक उनले बेस्ट पर्फर्मेन्स अवार्डसमेत जितेर १० हजार रुपैयाँ बराबरको चेक पाए । थुप्रै गायन प्रतियोगितामा भिडन्त गरेका उनले वाईवाई नेपाल स्टारमा भने आफ्नो गायकीलाई निखार्दै आएका छन् ।

उनलाई धरानेलगायत देशविदेशबाट सहयोग मिलेकै कारण टप आठमा आउन सफल भएको बुबा पशुपति तामाङले जानकारी दिए । उनले थप सहयोग गरिदिन सबैलाई आग्रह गरे ।

सानैदेखि गीतसङ्गीतप्रति रुचि राख्दै आएका गायक लामाले यसअघि नेपाल आइडल, नेपाली तारामा पनि भिडन्त गरेका थिए । युट्युवमार्फत् उनले अडिसन दिँदै हाल टप आठमा आउन सफल भएको पशुपति तामाङले बताए । धरानका विभिन्न होटल तथा रेष्टुराँहरूमा पनि गीत गाउँदै आएका थिए ।

टप वानमा ल्याउनका लागि अझै भोटिङको आवश्यकता रहेको भन्दै एनएस १३ टाइप गरेर ३३००१ म पठाइदिनका लागि बुबा पशुपति तामाङले अनुरोध गरे । ‘छोराको इच्छा गीतसङ्गीतमै केही गर्ने भन्ने छ, त्यसका लागि पनि भोटिङ गरेर सहयोग गरिदिनहुन आग्रह गर्दछु’–उनले भने ।