धरान / धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘ धरान शहर ’ बोलको गीतको म्युजिक भिडिओ सोमबार धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएकोछ ।
कार्यक्रमकी प्रमुखअतिथि धरान उप-महानगरपालिकाकी उप-प्रमुख मञ्जु भण्डारीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘ धरान शहर ’ सार्वजनिक गरिन्र्नुर । सोही समयमा नै गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि उक्त भिडियाे सार्वजनिक गरिएको थियो ।
गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र ,विजयपुर , भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको उक्त गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो, धरानमा रेकर्ड गरिएको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ।
सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टको भुपेन्द्र तुम्बहाम्फेको छायाँन्कन र निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा रेखा लिम्बु, बिनोद बस्नेत, बादल श्रेष्ठ, जोयना लिम्बु, बिपना श्रेष्ठ, निशान लिम्बु र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ।
धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ , बरिष्ट लोक गायक गंगा बरदान , बरिष्ट कलाकार प्रेम सुब्बा , धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ धरान उप -महानगरपालिकाको पर्यटन समिति सह -संयोजक किशोर थुलुङ्ग लगायतको आतिथ्य रहेको कार्यक्रममा बरिष्ठ गायक दिप श्रेष्ठ, बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुबर्ण श्रेष्ठले भिडियो मार्फत शुभकामना सुन्देश दिएका थिए ।
गायक ज्ञान सुब्बाका अन्य दुई बटा ओ ब्यस्त जीवन र हिउँदोको घाम गीत समेत देखाईएको थियो। भर्खरै मात्र नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई बिजयी भएका धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई प्रमुख अतिथि उप-प्रमुख मंजु भण्डारी र सिल्भर इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले खादा र सम्मानपत्र दिएर सम्मानित गरिएको थियो।
कार्यक्रममा बोल्दै संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस भन्ने अभिप्रायले यो गीत र भिडियो तयार गरेको बताए । उनले गीत मार्फत केहि हदसम्म धरान चिनाउने प्रयास गरिएको बताए । प्रमुख अतिथि उप-प्रमुख भण्डारीले धरान पुर्वको पर्यटनको हबको रुपमा रहेको र यो गीत तयार गरेर धरानलाई दिएको उपहारको लागी सम्पूर्ण टिममा धन्यबाद व्यक्त गर्दै कलाकारहरुले आफ्नो ठाउँको लागि यसरि नै अघि बढ्नु पर्ने बताइन्।