धरान । गायक भिषण मुकारुङ, संगीतकार पारस मुकारुङ र प्रकाश आचार्यले नयाँ रेकर्डिङ स्टुडियो ‘पुथक स्टुडियो’ सुरु गरेका छन् ।

काठमाडौंको अनामनगरमा सुरु भएको विश्वस्तरीय सुविधा सहितको डिजिटल रेकर्डिङ स्टुडियोको गत बुधबार वरिष्ठ संगीतकार दिपक जंगमले उद्घाटन गरेका थिए । स्टुडियोमा भईरहेको रेकर्डिङ बाहिरबाटै स्क्रिनमा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

आधुनिक सुविधा सम्पन्न स्टुडियो खुले लगत्तै विभिन्न गायक गायिकाहरुले धमाधम गीत रेकर्ड गराईरहेका छन् । छोटो समयमै गीत रेकर्ड गराउनेहरुबाट राम्रो प्रतिक्रिया पाएपछि सञ्चालकहरु उत्साहित छन् । सञ्चालक तथा गायक भिषण मुकारुङ भन्छन्, ‘गीत रेकर्ड गर्नका लागि सबैभन्दा महत्वपूर्ण साउन्ड कार्ड हो । हामीले विश्वमा चलेको साउन्डकार्ड प्रयोग गरेका छौं । त्यसैगरी अकस्टिकमा पनि ध्यान दिएका छौं ।’

पछिल्लो समय ‘खोर्सानी डल्ले’ गीतबाट चर्चामा रहेका गायक भिषणका चन्द्रमुखी, अँधेरीमा जुन ढल्दा लगायतका धेरै गीत चर्चित छन् । उनी गायनसँगै संगीत र रचनापनि गर्छन् । यसअघि सेवा रेकर्डिङ स्टुडियो सञ्चालन गरेका उनले आफ्ना दाजुु तथा परिचित संगीतकार पारस र मित्र प्रकाशसँग मिलेर ‘पृथक स्टुडियो’ सुरु गरेका हुन् ।

prithik-studio-2-1536x1152