धरान । एउटा निम्न वर्गीय परिवारमा कमाई गर्ने मुख्य व्यक्तिको निधन भएपछि श्रीमती र छोराछोरीको अवश्था कस्तो होला ? पक्कै पनि कठिन र दुखद् हुन्छ ।
लासोज ब्यान्डको पहिलो म्युजिक भिडियोमा श्रीमान बितेपछि आमा र छोराले गरेको त्यस्तै संघर्षको कथा प्रस्तुत गरिएको छ ।
ब्यान्डको पहिलो गीत ‘मेरो अतीत’को भिडियोमा आमा–छोराको संघर्षको कथा छ । सानैमा बाबु बितेपछि आमाले छोराको पालन पोषणका लागि गरेको कष्टपूर्ण संघर्ष र छोराले दुख गरेर पाएको सफलता भिडियोमा देखाइएको छ ।
भिडियोमा वास्तविक जीवनकै आमा–छोरा निका मोक्तान र युगान्त दाहालले अभिनय गरेका छन् । छोराको बाल्यकालको भूमिका युगान्तले गरेका छन् भने किशोर अवश्थाको भूमिका विमस पौडेल र युवावश्थाको भूमिकामा दिवस श्रेष्ठले अभिनय गरेका छन् ।
ब्यान्डका गायक सन्जोक बम्जनले गाएको ‘मेरो अतित’ गीतमा लिड गितार रिजन योञ्जन, रिदम सन्देश लिम्बु, बेस गितार डेगोस राई र ड्रममा नविन गुरुङले साथ दिएका छन् ।
दिनम राईले निर्देशन गरेको भिडिओको छायाँकन किवा खिम्दुङ र अर्सु श्रेष्ठले गरेका छन् भने सम्पादन चमन राईले गरेका छन् । भिडियो लासोज ब्यान्डको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियाेमा वास्तविक आमा छोरा निका र युगान्त
अभिनय गर्दै निका माेक्तान
युवाअवश्थाकाे छाेराकाे भूमिकामा दिवस श्रेष्ठ
भिडियाे