बेलबारी/ अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा मोरङको बेलबारी स्थीत गायक दिप श्रेष्ठ र द्रव्य ब्याण्डले कोरोना कहरको बिचमा सांगितिक माहोल तताउने भएका छन् ।

स्थानीय द्रब्य ब्याण्डको आयोजनामा बेलबारी बजार क्षेत्रमै रहेको ड्रिमल्याण्ड फन पार्कमा उक्त न्यु इयर इभ कार्यक्रम हुन लागेको द्रब्य ब्याण्डका मेनेजर हरी गुरुङले जानकारी दिए । दुईवर्ष अघिमात्र स्थापना भएको यो ब्याण्ड पुर्वी नेपालका युवाहरु माझ निकै लोकप्रिय मानीन्छ ।

उक्त कार्यक्रम कै दिन अर्थात डिशेम्बरको अन्तिम साँझकै दिन द्रब्य बयाण्डको पहिलो गित ‘याद’ र उक्त गितको म्युजिक भिडियो पनि सार्वजनिक हुने आयोजकले जनाएको छ । स्थानिय स्तरमा रहेका संगित प्रेमि युवाहरुलाई प्रमोट गर्नुनै ब्याण्डको मुख्य उदेश्य रहेको आयोजकले जनाएको छ ।