ब्लाष्टखबर । फ्यानले भगवान ठानेका दक्षिण भारतका रजनीकांतको जन्म १२ डिसेम्बर १९५० अर्थात आजकै दिन बेंगलुरुमा भएको थियो। भगवान ठन्ने गरी क्रेजबटुलका रजनीकांत सुपरस्टार हुनु भन्दा अघि एक कुल्ली हुन् ।
कलाकारीला क्षेत्रकाे उनकाे लगाब र सपनालाई उनका साथी राज बहादुरले दिशा दिएका थिए । बुबा रामोजी रावका चार छोरामध्येका कान्टा छाेरा रजनीकांतकाे पुरा नाम शिवाजी राव गायकवाड हाे । उनकी आमा जीजाबाईको मृत्यु हुँदा रजनीकांत ५ बर्षका थिए ।
घरको अवस्था बिग्रँदै गएकोले रजनीकांतले कुलीसम्म काम गर्नुपरेको थियो। जब उनी हुर्किए, उनले बसमा कन्डक्टरको रूपमा काम गर्न शुरू गरे।
रजनीकांत एक अभिनेता बन्न चाहन्थे । उनकाे उक्त सपनालार्ई राख्न साथी राज बहादुरले मद्रास फिल्म संस्थानमा भर्ना हुन प्रेरित गरे जसका कारण रजनीकांत अगाडि बढे र फिल्महरूमा काम गर्न थाले।
रजनीकांतले आफ्नो करियर १९७५ मा रिलीज भएको फिल्म 'अपूर्व रागनाल' बाट शुरू गरे। कमल हासन र श्रीविद् जस्ता ठूला कलाकारहरूले पनि यस फिल्ममा काम गरे। रजनीकांतले आफ्नो करियरको शुरुवातमा धेरै नकारात्मक भूमिका खेलेका थिए।
रजनीकांतले पहिलो पटक "भुवन ओरु केल्विकुरी" फिल्ममा नायकको भूमिका खेलेको थियो । उनको फिल्म 'बिला' बक्स अफिसमा सुपर हिट भयो र यसले रजनीकांतलाई जनताको आँखामा ल्यायो।
१९८३ मा, उनले बलिउडमा डेब्यू गरे। उनको पहिलो हिन्दी चलचित्र अन्धा कानुन थियो । आज उनलाई दक्षिण भारतीय सिनेमाको सबैभन्दा ठूलो स्टार भनिएको छ।