ब्लाष्टखबर । प्रखर वक्ताका रमेश प्रसाईं र नन्दा सिंहसँग वैवाहिक बन्धनमा बाँधिएका छन् । उनिहरूले करिब ३ वर्षकाे प्रम सम्बन्धलाई आज वैवाहिक सम्बन्धमा परिणत गरेका छन् ।
ताप्लेजुङ घर भइ धरान बस्दै आएका रमेश र कालीकोट की नन्दा दुबै दृष्टीबिहिन हुन् । उनिहरूले धरानमा विवाह गरेका छन् ।
राष्ट्रिय मुद्दामा तेज पूर्ण आफ्ना विचारहरु राख्ने रमेश सामाजिक संञ्जालमा निकै लाेकप्रिय छन् । पछिल्लाे समय लाेक दाेहाेरी समेत गाउदै आएका रमेशले गाएकाे धरानका लाेक गायक सुरेश गन्धर्वकाे ‘रिंकेबुङको राँगो’ बाेलकाे गीतकाे कभर भर्सन चर्चामा रहकाे छ ।
त्यस्तै, २५ वर्षीया नन्दा स्नातक तह सम्ममा अध्ययन गरेकी छिन् । समाजसेवामा सक्रिय नन्दा काठमाडौंमा ‘अन्तरदृष्टि नेपाल’ नामक संस्थामार्फत अनाथ र असहाय बालबालिकाको हेरचाह र शिक्षाका लागि पहल गर्ने काम गर्छिन्।
रमेश र नन्दासंगै आजै रमेशका १४ वर्ष पुराना मित्र जिवन बिष्टले पनि धरान ५ की जुनु तामाङसंग एउटै मण्डपमा बिबाह गरेका छन् ।
त्यस्तै, आजै अभिनेत्री श्वेता खड्कापनि प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाधिँएकी छिन् । धनगढीका विजयन्द्रसँग विवाह बन्धनमा बाधिँएकी श्वेताकाे विवाहमा सिमित पारिवारिक सदस्य र साथीहरूको बिचमा काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा भएकाे छ । पूर्व पति श्रीकृष्ण श्रेष्ठको निधन भएको करिब ६ वर्षपछि श्वेता पुन: विवाह बन्धनमा बाधिँएकी हुन् ।
चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी उनले हालसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।