धरान । अभिनेत्री रेखा लिम्बु धरानमा हालै सञ्चालनमा आएको घर जग्गा सम्बन्धी कारोबार गर्ने कम्पनी ‘टाइसन रियलस्टेट’को ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् ।

हालै कम्पनीले धरानमा आयोजना गरेको कम्पनीको उद्घाटन कार्यक्रममा उनलाई कम्पनीका सोनाहाङ राईले ब्राण्ड एम्बासडरको सम्झौता पत्र हस्तान्तरण गरे । सम्झौता अनुरुप रेखाले कम्पनीको प्रवद्र्धनका लागि काम गर्नु पर्ने छ । कम्पनीको ब्राण्ड एम्बासडर नियुक्त भएपछि रेखाले युवापुस्ताले सुरु गरेको व्यवसाय प्रवद्र्धनमा आफुलाई जिम्मेवारी आएको र आफुले जिम्मेवारी पुरा गर्ने बताईन् । उनले भनिन्, ‘युवापुस्ताले देशमै यस्तो व्यवसायमा हात हाल्दा सबैले सहयोग गर्नु पर्छ । यसले धेरै युवालाई रोजगार बनाउन सहयोग गर्छ ।’

नेपाली फिल्म र म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी रेखा सामाजिक कार्यमा पनि सक्रिय छिन् । रेखाले विभिन्न लिम्बु भाषाका गीतको म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् ।

Rekha

धरान–१३ अमरहाटस्थित आर स्क्वायर बुटिक समेत सञ्चालन गर्दै आएकी रेखाले नेपाली उत्पादन ढाकाका पहिरनलाई देश विदेशमा विभिन्न डिजाईनका कपडा तयार पारेर विक्री पनि गर्दै आएकी छिन् । उनी भन्छिन्, ‘कलाकारितासँगै आफ्नो व्यवसायमा समय दिंदै आएकोमा अब रियल स्टेटको प्रवद्र्धनका लागि पनि सक्रिय हुनेछु । युवापुस्तको यो प्रयासलाई देश विदेशका सबै नेपाली दाजुभाई दिदी बहिनीको सहयोग आवश्यक छ ।