कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन हिन्दुहरूका लागि मात्र नभएर सम्पूर्ण नेपालीहरूका लागि महŒवपूर्ण पर्व हो । तर यस वर्ष कोरोनाको कहरका कारण सदाको वर्षभन्दा खल्लो भएको छ । लकडाउनका कारण सँगै बस्ने बाहेक अन्य नगरमा हुने हरूले बुबालाई भेटेर मुख हेर्न पाएनन् । आमा र बुबाको मुख हेर्ने दिन मनाउने प्रचलन साह्रै नै महŒवपूर्ण छ । कुशे औंसी र बुबाको मुख हेर्ने दिन पारिवारिक र सामाजिक सद्भाव र मर्यादाका दृष्टिकोणले पनि महŒवपूर्ण छ ।
कुशे औंसी तथा बुबाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पर्दछ । पुरोहित बाजेलाई यजमानहरूकोमा कुश पु¥याउन जान पनि गाह्रो भएको छ । यजमानहरूले पनि पुरोहित बाजेलाई श्रद्धाले दक्षिणा र सिदा पनि दिन पाएनन् । धार्मिक कार्य र पूजापाठ नै नहुने भएपछि पुरोहितहरूको जीवन निर्वाहमा समेत समस्या भएको छ ।
पितृ देवो भवः भन्ने शास्त्रीय वचन अनुसार यस दिन जीवित बाबुलाई देवतुल्य मानी मीठो मसिनो खान दिने गर्दछन् । दिवङ्गत बुबाका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने धार्मिक विश्वास छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् । सृष्टीकर्ता ब्रम्हाजीले विवेकशील प्राणीसँगै पवित्र कुशको पनि उत्पन्न गरेको धार्मिक विश्वास छ । अन्य मुलुकमा पनि यस पर्वलाई ‘फादर्स डे’ को रूपमा मनाउने गर्दछन् । यसैदिन राष्ट्रिय विभूति मोतीराम भट्टको १ सय ५१ औं जन्मजयन्ती पनि पर्दछ ।
घरमा बाबु हुनेहरूका लागि भन्दा पनि नहुनेहरूका लागि यो पर्व झन् बढी महŒवपूर्ण हुन्छ । अझ स्वर्गबास भएका बुबाको अभाव महसुस गर्दछन् । सम्झेर भावविह्वल हुने गर्दछन् । यो दिन बुबालाई बिर्सनेहरूलाई सम्झाउने दिन हो । बाबुप्रति सम्मान र कृतज्ञता फर्काउने दिन पनि हो । बाबुलाई सदा खुसी राख्नु नै बुबाप्रतिको सम्मान हो । जन्माई, हुर्काई, बढाई, पढाई गर्ने बुबालाई बुढेसकालमा खुसी राख्नु सन्तानको परम् कर्तव्य हो ।
विधिअनुसार ब्राम्हणहरूले काटेको कुश जजमानहरूकोमा पु¥याई दलिन र ढोकामाथि सिउरिन्छन् । यसरी घरमा कुश राख्नाले घर पवित्र हुने र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस पर्वले कुशलाई उदाहरण बनाएर सम्पूर्ण वनस्पति तथा रुख बिरुवालाई संरक्षण गर्नु पर्छ भन्ने सन्देश पनि प्रवाह गरेको छ । बुबा नहुनेहरूले काठमाडौंको गोकर्ण र धरानको विष्णुपादुका जस्ता धार्मिक स्थलहरूमा श्राद्ध, तर्पण गरे पितृ तर्ने विश्वास छ । परिवारमा सबै छोराछारी भेला भएर बुबाको परिवारप्रतिको योगदानको विषयमा छलफल गर्ने दिनको रूपमा लिनसके यो दिन सोचेभन्दा बढी सार्थक हुनेछ ।