ब्लाष्टखबर । प्रदेश १ मा आज १३ जनमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालय कि जनस्वास्थ अधिकृत रञ्जु रेग्मीले बताएकी छिन् ।
रेग्मिका अनुसार आज विराटनगरमा ४ पुरुष, बुढिगंगा गाउपालिकामा ३ पुरुष र १ महलिा गरी मोरङमा ८ जना, सुनसरीको कोशी गाउँपालिकामा २ जना पुरुष र धनकाुटाको छथरजोरपाटी गाउँपालिकामा २ जना पुरुष र झापाको अर्जुनधार नगरपालिकाका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेश १ मा कोरोना ८ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज गोठगाउँको कोरोना अस्पातालबाट १० जना कोरोना संक्रमित निको भइ घर र्फकेकाे रेग्मीले बताएकी छिन् । उनले प्रदेश १ मा कोरोना संक्रमित निको भएर घर फर्कनेहरुमा ७ सय २३ जना पुगेकाे बताएकी छिन् ।
हाल प्रदेश १ का विभिन्न अस्पतालमा गरि १ सय ९ जना आइसोलेसनमा रहको उनले जानकारी गराएकी छिन् । त्यस्तै अस्पतालको आइसोलेसनमा नपुगेका व्यवस्थापन हुन बाँकी १४ जान संक्रमित रहेको पनि उनले जानकारी गराएकी छिन् ।