- प्रा.डा.भीम खतिवडा
विषय–प्रस्ताव
धराने जनताका प्यारा नेता र पार्टीका प्रिय कमरेड तारा सुब्बाको निधनको दोस्रो वसन्त पनि पूरा भएको छ । उनको अझै व्यवस्थित हुन नसकेको हरियाली सामुदायिक वनक्षेत्रको उद्यानमा उदास भएर उभिएको प्रतिमामा माला लगाएर नेकपा, धरानले स्मरण ग¥यो । उनका धरान र धरानेसँग जोडिएका हरक्षेत्रका योजना र सपनाहरू शिथिलप्रायः बन्दै गएकामा लाचारी, खोजी र उत्सुकता देखिए सहयात्रीहरूका अनुहारभरि । उद्यानको निर्माण पूरा गर्न हरि तामाङ र खगेन्द्र नेपालीलगायतका सयौँ उदारमनाहरू तयार देखिए । जसरी होस्, आगामी वर्षसम्ममा ताराजी सुन्दर उद्यानमा रहनेछन् भन्ने विश्वासमा उनको स्मृतिसम्मान गरियो ।
ताराको थप स्मृति–सम्मानका लागि उनकै समग्र जीवनका अंश समेटिएको आलेख हाम्रा लागि थप प्रेरक बन्ने विश्वास गरेको छु ।
कथा : बालापनको
पूर्वी पहाडी जिल्ला तेह्रथुम थातबास भएका तिनै उजिरसिँहको आँगन उज्यालिएको हो उसदिन, जसले स्वाभिमानलाई कहिल्यै धरौटी राखेनन् बाँच्नका लागि भनेर । उजिरसिँहको त्यही आदर्शको पर्याय बने उनका सन्तानहरू पनि ।
हो, म आज धरानका लोकप्रिय नेता र गणतान्त्रिक कालका प्रथम नगरपिता तारा सुब्बाको कैरनको सतहमा छु । सायद म भित्र पस्न सक्दिनँ उनको, तथापि धरानेका आँखाका नानी बनेर बाँचुन्जेल धरान धरान भन्नुबाहेक अरू केही नसोच्ने इमानी नेता ताराको वैयक्तिक जीवनका कतियप पाटाहरू पर्गेल्ने प्रयास मात्र हुने छ मेरो आज । तेह्रथुम जिल्लाको साबिक खाम्लालुङ गा.वि.स. वार्ड नं. ८ हाल आठराई गा.पा. २ निवासी स्व. उजिरसिंह हु. चोङबाङ र आमा कुलमाया इस्वो (हु. चोङबाङ) को कोखबाट वि.सं. २०२३ साल माघ १८ गतेका दिन कान्छा सुपुत्रको रूपमा तारा सुब्बाको जन्म भएको हो ।
उनको बाल्यकालको नाम सञ्जु थियो । सामान्य किसान परिवारमा जन्मिएका उनका तीन दाजुहरू र तीन जना दिदीबहिनीहरू रहेका छन् ।
यहाँनेर उल्लेख गर्नै पर्ने एउटा सम्बन्धको कडी छ, त्यो के भने जेठा छोरा खगेन्द्र (००५) र माइला देवेन्द्र (००७) जन्मिएपछि उजिरसिँहकी पत्नीको निधन हुन पुग्यो । त्यसपछि पुनः कुलमायासँग उनको लगनगाँठो कसियो, दोस्रो विवाहको रूपमा । दोस्री पत्नी भएपनि कुलमायाले खगेन्द्र र देवेन्द्रलाई कहिल्यै अन्यथा व्यवहार गरिनन् ।
०१०–०११ सालतिर विवाह भएकी उनीतर्फ पनि ०१३ सालमा छोरी भेनकुमारीको जन्म भयो । यस्तै ०१६ सालमा गजेन्द्र जन्मिए, जसलाई आजभोलि एजी सुब्बाका नामले चिन्न सकिन्छ भने घनेन्द्र सुबबा उनको औपचाकि नाम हो । ०१९ सालमा माइली छोरी कुमारीको जन्म भयो भने ०२३ सालको जाडो खाने गरी कान्छो छोराको रूपमा ताराको जन्म भएको हो । कुलमायाका कोखको आदर्श बनेर तारा जन्मिएपछि पनि कान्छी बहिनी देवीमायाले ०२७ सालमा कुलकै कान्छी सन्तति बनेर उजिरसिँहको घर उज्यालो पारेकी हुन् ।
गाउँकै स्थानीय श्री कालिका आधारभूत विद्यालयबाट प्राथमिक तहसम्मको अध्ययन गरेका ताराको स्वभाव बाल्यकालदेखिनै केही पृथक् थियो । उनलाई नजिकबाट चिनेका सामाजिक अध्येता मदन चोङ्वाङका अनुसार अन्य केटाकेटीहरूको तुलनामा स्वास्थ्यको हिसाबले केही कमजोर देखिएका तारा अन्य खेलहरूभन्दा भाले–जुधाई खेल्न बढी मन पराउँथे ।
भद्र, शालीन, मिलनसार र गम्भीर हुनुको साथै उनी उत्तिकै मेहेनती, लगनशील र अनुशासित पनि थिए । शिक्षाको अभाव, परम्परागत मूल्य मान्यताको वर्चश्व रहेको तत्कालीन समाजमा पनि केही नयाँ विचार भएका बालकको रूपमा उनलाई चिन्न सकिन्थ्यो । पत्याउनै नसकिने भनाइहरूले मानिसको मृत्युपछि फूल पारिरहन्छन् भनिन्छ, तर ताराको असाधारण चेतना थियो भन्ने कुराको साक्ष्य चाहिँ एउटा सन्दर्भ नै पर्याप्त देखें मैले । त्यो के भने आफू कक्षा तीनमा अध्ययन गर्दागर्दै पनि गाउँका अग्रजहरूसँग मिलेर शङ्कर नामक ट्यूसन सेन्टरको स्थापना गरी स्कूल गएर पढ्न नपाएका गाउँका दिदी बहिनीहरूलाई घरमै प्रौढ शिक्षा पढाएर साक्षर बनाउने अभियान चालेका थिए ।
किशोर तारा: तराईतिर
पहाडको बसाइबाट असन्तुष्ट बाबा उजिरसिँहका पाइला कान्छी छोरीको जन्मपछि तराईतिर झर्न सक्पकाए । उनी झापाविद्रोहले देश तातेकै याममा तेह्रथुमबाट झापाको बाह्रघरेमा पुगे । झोडा फाँडेर आवादी हुँदै गरेको त्यस इलाकामा उनको मन धेरै टिकेन र उनी ०३१–०३२ तिर बाह्रघरे पूरै छाडेर झापाकै घेराबारी बसाइँ सरे । गोलधापमा पहिलेदेखि नै बसोबास गर्ने दिदीको घर भएकोले कान्छा छोरा ताराको पनि पहाडबाट झापातिर पढाइ र बसाइ स¥यो । घेराबारीमा ०३२ देखि ०३५ सालसम्म मात्र उनीहरूको बसाइ जमेको देखिन्छ ।
यसबीचमा ०२२ सालतिरै ताराका ठुल्दाइ खगेन्द्र दार्जिलिङ्तिर र माल्दाइ धरानतिर व्यावसायिक बन्ने क्रममा लागिसकेकाले अबको बाबापछिको ताराको अभिभावक भन्नु नै एजी सुब्बा थिए । किशोर तारालाई गोलधापमा कक्षा चारदेखि सातसम्म पढाउने काममा दिदीको ठूलो भूमिका देखिन्छ । बाह्रघरेको बसाइ अनुभवै गर्न नपाएका ताराले गोलधापमा सात कक्षासम्म पढिसकेपछि चाहिँ साँल्लाइको अभिभावकत्वमा सुनसरीको धरानमा त्यसपछिको पढाइ अघि बढाउने सुनौलो अवसर पाएको देखिन्छ ।
घनेन्द्र अर्थात् साँल्लाइले माइला दाइ देवेन्द्रका सहयोग र सल्लाहमा तारालाई धरानको डिपोर्ट स्कुलमा भर्ना गर्ने योजना बनाएका थिए । उनी आफूले विभिन्न कारणले इच्छा हुँदाहुँदै चाहेजति पढ्न नपाएकाले पनि प्यारो कान्छा भाइ तारालाई राम्रो पढाएर डाक्टर वा इन्जिनीयर बनाउन चाहन्थे, तर समय उनको गतिमा हिँडेन सायद । ताराको भर्ना धरानको निकेतन मा.वि.मा भयो । एजी दाइको सम्झना अनुसार तारालाई पढाइ अझ राम्रो बनाउनैका लागि कक्षा सातमा नै दोहो¥याएर पढाइएको थियो ।
ताराका यी साँइला दाजु घनेन्द्रले पनि झापा आन्दोलनकै रापका कारण पढाइ बिथोलिएपछि आफ्नो क्रान्तिकारी स्वभावकै कारण दमकको हिमालय माविमा पढ्दापढ्दै ०२८–०२९ सालमा निकै ठूलो व्यवधान सामना गर्नु प¥यो । यही रनाहामा घनेन्द्र ०३३ को आखिरीतिर बेलायती सेनामा भर्ती भए । तर, अनौठो स्वभावका उनले सैनिक सेवाबाट नौ वर्षमै बिदा लिए । जिउ नै सिरिङ्ग हुने फक्ल्यान्डको युद्धमा उनी नराम्ररी घाइते भए, बाँच्नसम्म बाँचे । यो सन् १९८२ को ब्रिटिस–अर्जेन्टिनाबीचको मानवसंहारकारी युद्ध थियो । बम पड्किएर घाइते बनेका घनेन्द्र त्यसपछि अयोग्य लडाकु भनिए र सुविधाविना नै सेवाबाट बाहिरिन बाध्य भए । उत्साहका धनी साँल्दाइले सन् १९९२ मा धरानमा नै माउन्ट मोरिया नामको निजी विद्यालय खोलेर सेवा प्रारम्भ गरे । उनी कान्छाको पढाइका लागि ध्यान दिन्थे । उपभोग्य सामग्रीहरूको अभाव नहोस् भनेर सधै. चासो राख्थे ।
युवावस्थाका तारा: विद्रोहका सितारा
तारा कक्षा आठमा पुग्दा नपुग्दै विद्यार्थी नेता बनिसकेको कुरा साँल्दाइलाई के थाह ! विद्यार्थी राजनीतिमा सक्रिय हुन थालेपछि उनी कक्षामा भने अत्यन्त इमान्दार, जेहेन्दार, लगनशील र अनुशासित विद्यार्थी पनि थिए ।
शिक्षा निकेतन माविमा अध्ययन गरिरहँदा त्यहीँबाट उनले अनेरास्ववियु संगठनमा आबद्ध रहेर काम गर्न थालेका हुन् । उनका समकालीन र सहपाठी हाल नेकपा, धरानका अध्यक्ष नारायण सुवेदीका अनुसार ताराको अन्यायविरोधी व्यत्तित्व र पञ्चायती व्यवस्थाका विरुद्ध अखिलमार्फत् गरिएका विद्रोहका हरेकजसो कार्यक्रमहरूको फेहरिस्त निकै लामो हुन्छ । यसरी संगठितरूपमै काम गर्नु तत्कालीन पञ्चायती शासनका समयमा कम जोखिमपूर्ण कुरा थिएन ।
तत्कालीन विद्यालय प्रशासन पञ्चायतकै पृृष्ठपोषण गर्ने हुुनाले सानातिना घटना हुने बित्तिकै प्रहरी प्रशासनमा खबर पुग्ने र साहै्र खेदो गरी दुःख दिने भएकाले आफना हितैषी साथीहरू रामकुमार राई क्षितिज, सगुन शर्मा, (तत्कालीन अनेरास्ववियु जिल्ला अध्यक्ष किरण शर्माकी बहिनी), नारायण सुवेदी, सीमा पोखरेल, देश सुब्बा, चन्द्रशेखर राई, कैलाश राईलगायतको साथमा तारा सुब्बा सक्रिय भइरहे ।
त्यस समयमा विद्यालयस्तरमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुने व्यवस्था थियो । सोही व्यवस्था बमोजिम २०३९ सालमा श्री शिक्षा निकेतन माविमा पनि स्ववियु निर्वाचन भएको थियो । त्यति बेला त्यहाँ तारा सुब्बासहितको प्यानलै निर्वाचित भएको थियो । यसरी विद्यार्थीकालमा नै उनले सफल राजनीतिक नेताको छवि बनाउन सफल भएको देखिन्छ । स्ववियुको सभापति निर्वाचित भएसँगै युवा विद्यार्थी नेताको रूपमा ताराको छवि एकाएक झल्मलायो ।
शिक्षक आन्दोलन चर्किरहेकै समयमा पञ्चायती सरकारद्वारा गरिएको चर्काे शुल्कवृद्धिका विरुद्धको आन्दोलनमा तारा सुब्बा अझ सशक्तरूपले होमिन पुगे । पिस्कर हत्याकाण्डको विरोधमा ¥याली प्रदर्शनसहितको कार्यक्रममा उनको जोदाहा नेतृत्वक्षमता खारिँदै गयो । अत्यन्तै जोखिमपूर्ण अवस्थामा पनि सफल नेतृत्व गरेका तारा सुब्बा त्यसैताका राजा र राजसंस्थाविरुद्ध पम्प्लेटिङ गर्ने क्रममा धरान देशीलाइनबाट पक्राउ परी दुई दिनसम्म थुनामा रहे । यसपछि भने अझ उनमा अन्याय, अत्याचार, शोषण र दमनका विरुद्धमा लडेर देश र जनतालाई मुक्ति दिलाउनु पर्छ भन्ने भावनाको दर्बिलो विकास भयो । त्यही विचार र भावनालाई आत्मसात् गर्दै उनले जीवनभरि निष्ठापूर्वक राजनीति गर्ने प्रण गरे । एवम् प्रकारले विद्यार्थी राजनीतिमा सक्रिय र क्रियाशील हुँदाहुँदै आफू अध्ययनरत विद्यालयश्री शिक्षा निकेतनबाट २०४२ सालमा एस.एल.सी. परीक्षा उत्तीर्ण गरे । त्यसपछि विद्यार्थी राजनीतिको केन्द्र मानिने धरानकै महेन्द्र बहुमुखी क्याम्पसमा उच्चशिक्षाको निम्ति ताराको प्रवेश भयो ।
‘कान्छा, के पढ्ने निर्णय गरिस् त?’
‘कानुन पढ्छु ।’
‘कानुनभन्दा अरू विषय पढ्दा राम्रो होला नि ! स्कोप पनि हुन्छ ।’
‘म कानुन पढेर समाजसेवा गर्छु ।’
साँल्लाइ र ताराका बीचको यत्ति संवाद हुन पनि कत्ति समय लागेको है । कम बोल्ने तारासँग दाजुले थप प्रतिवाद गर्नु आवश्यक पनि ठानेनन् । उनी आई एल पढ्न थाले । ताराका सहपाठी अधिवक्ता टीकाराम भट्टराईका अनुसार सेतो सर्ट र सेतै पाइन्टमा राता जुत्ता लाएर एउटा धराने भेजा आफ्नो कानुनकै कक्षामा पसेदेखि प्रिय आस्थाको तारा भनेर नचिनुन्जेल त आत्तेसै भइरहेको नि !
बक्सर तारा
आफ्नो सुरक्षाको चिन्ता कसलाई हुँदैन र नि ! तर, उमेरमा कतिपय रहर पनि उपयोगी पलाउँछन् । दाजु बाबुहरूका डाक्टर र इन्जिनीयर बनाउने सपनाका कान्छाले उताको बाटो छाडेर अब कानुनका ठेली पढ्नेसम्मको कुरा सहज मानेकै थिए । थपियो, बक्सिङ खेल सिक्ने अर्को रहर । घरकालाई बक्सिङको पेसेबर खेलाडी बन्नु पनि काइदाकै रोजाइ लाग्यो हो, कामरेड ताराभित्र स्वसुरक्षाको दूरदर्शी योजनाले प्रेरित गरेर नरेन्द्र पोमु सरसँग भेट गराएको कसलाई थाहा बरै ! बडो रमाइलो गरी उनले छोटै समयमा बक्सिङको कोर्स पूरा गरे । लहड पनि जीवनमा कत्ति महत्वको बन्दोरहेछ । ताराजीले बक्सिङमा प्राप्त गरेको त्यही विज्ञताले उनलाई खेलकुद समितिको जिम्मेवारी दिलायो भविष्यमा । अँ त, ताराबाट त अब झन् त्राहिमाम विपक्षीहरू । लिम्बू कान्छाले जिन्दगीलाई आफ्नै योजनामा विस्तारै विस्तारै लगेको अहिले उनको जीवनी पढ्दा कति मजाले खुलिरहेछ कमरेडहरू !
यो ०४३ सालको समय हो । राजनीतिमा लागेर उधुम मच्चाउन थालेको कान्छाको भविष्यप्रति बाबा उजिरसिँह र साँइला दाइ निकै चिन्तित थिए । कान्छी बहिनी र कान्छो भाइका लागि घोपा क्याम्पबाट भी.ए. मार्फत् मासिक रूपमा आवश्यक खर्च पठाइदिन्थे । हङ्कङबाट आवश्यक उपभोग्य सामग्रीहरू पनि पठाउँथे दाजुले । यसले त झन् तारालाई संगठन सञ्चालन गर्न पो गज्जपको अनुदानको काम पो गरिदिएछ, अहिले गजेन्द्र सम्झिन्छन् । यसरी युवा ताराको धराने राजनीतिमा सपोर्टरहरूमा आत्मविश्वास र सुरक्षाको छहारी बन्दै गयो भने विपक्षीहरूका लागि भयको छायाजस्तै बन्दै गयो । ताराको क्याम्पस–जीवनकै बीचमा पञ्चायती व्यवस्थाविरोधी आँधीबेहरीको सिर्जना हुँदै थियो । वास्तवमा ०३६ सालको द्यिार्थी आन्दोलन र ०४२ सालको शिक्षक आन्दोलनबाट ताराभित्र जाग्दै गरेको राजनैतिक उत्प्रेरणाले थप ऊर्जा प्राप्त ग¥यो ।
तारा त कोठैबाट चम्पट !
तारा एक्कासि सबैका अगाडिबाटै गायब भएका दुईवटा घटना अचम्म लाग्दा छन् । पहिलो घटना अझ बढी रोमाञ्चक छ । त्यो बेला माल्दाइ देवेन्द्र र साल्दाइ घनेन्द्रले धरानमा तीनवटा होटल चलाउँथे । होटल धरान, होटल गोल्डेन युग र सैनिक होटल निकै चल्तीका पनि मान्थिे । भनेन्द्रलाई त्यो दिन झल्झली याद आइरहेछ, जुन दिन तारा निकै फुर्तीफार्तीका साथ होटलमा सहयोग गरिरहेथे । नुहाएर तौलिया बेरेर पनि काममा वरपर गर्दागर्दै कान्छो त गायब । कतै गयो होला भनेर खासै वास्ता पनि गरेनन् । साँझतिर पो हल्ला चल्यो विद्यार्थीहरूले ¥याली र जुलुस निकालेकाले प्रहरीले पक्रेर तारासहितका आन्दोलनकारीहरूलाई थानामा कोचिएको रहेछ । त्यसबेलाका प्रधानपञ्च कृष्णकुमार राईसँग भाइलाई नकुट्न र रिहा गर्न गरिएको अनुरोध र उनको उपेक्षा सम्झेर आज पनि जिउ तात्छ घनेन्द्रको । पछि घाइते खुट्टा लिएर ताराले तिनै कृष्णकुमारलाई नेता मान्दै, सांसद् बनाउन अहर्निश खटेको देख्दा उनी सम्झिन्थे समय कति परिवर्तनशील छ नि ! आज भने उनलाई लाग्छ, समय हैन स्वार्थका दास बनेका मान्छेहरू पो परिवर्तनशील हुँदारहेछन् त !
यसपछिको ताराको चटक सुन्दा तत्काल निकै रमाइलो भए पनि गम्दा चाहिँ उत्तिकै गम्भीर छ । निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध दिनका दिनजसो कार्यक्रम, विरोध र मण्डलेहरूसँगको महासङ्ग्रामबाट आजित हुँदै तारालाई बेलायती सैनिकमा पठाउने योजना बुन्न लागे दाजुले बाबाकै पनि सल्लाह लिएर ।
उनकै काका ऊबेला क्याम्पका सिनियर सेलेक्सन अफिसर थिए । काकाकै रायअनुसार बल्लबल्ल तारालाई दाजुले मनाएछन् सर्तसहित । सर्त के भने जम्मा पाँच वर्ष बेलायत बस्ने, त्यसपछि नेपालै फर्किने । सुरुमा त ताराले म पाँच वर्षमा धरानको राजनीतिबाट हराउँछु । जुनियर भइहाल्छु नि अरू साथीहरूभन्दा, अहँ नजाऊँहोला भनेकै हुन् । जसोतसो मनाएर काकाका अगाडि अन्तर्वार्तामा उभ्याउनसम्म सकियो भने केटालाई पठाइँन्छ भनेर साँल्लाइले मेहनत गरे नि गर्न त । तारा गए अफिसमा, अन्तर्वार्ता हुने कोठामा पसे पनि । सबैले देखेको यत्तिसम्म हो । भरे अन्तर्वार्ता हुने बेलामा तारा सुब्बा भनेर नाम बोलाउँदा त मान्छे छैन । उनी त आफ्नो राजनैतिक जीवनमाथि अल्पविराम लाग्ने भयले लगभग निश्चित उक्त बेलायती जागिरको अन्तर्वार्ता नै छाडेर, काकाहरूबाटै जोगिएर अघि नै घरतिर धाइफल ठोकिसकेछन् ।
युवासंघ र पार्टी–नेताका रूपमा तारा
विनादवाब ताराले रोजेकै जीवनसाथीलाई परिवारले सहर्ष स्वीका¥यो । इन्दु राई अब तारा सुब्बाकी जीवनसङ्गिनी इन्दु (राई) सुब्बा बनेर उनका दुःखसुख साटने निकटतम बनिन् । इन्दुको जोडबल पनि किन सफ हुन्थ्यो र राजनीतिको रसमा चुर्लुम्म डुबेका तारामा विस्तारै गम्भीरता भरिँदै थियो । उनी उमेरसँगै परिपक्व युवा नेताबाट नेपाली कम्युनिष्ट आन्दोलनका धराने अभियन्ता बन्ने उपक्रममै थिए । ०४४ सालतिरकै कुरा हो, ताराको जीवन दाम्पत्यले र धराने अखिलको संगठन ताराको स्थिरताले विस्तारै सफल र सबल बनिरहेका थिए ।
एक सच्चा, इमान्दार र देशभक्त युवाको रूपमा कम्युनिष्ट राजनीतिमा होमिएका तारा सुब्बाले पञ्चायती शासनव्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्र पुनस्थापनाको आन्दोलन (२०४५÷४६) मा महत्त्वपूर्ण भूमिका खेलेका थिए । निरन्तर राजनीतिक लगाव र क्रियाशीलता पछि २०४७ सालदेखि भने उनी युवा संघको राजनीतिमा प्रवेश गरे । प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले अस्तित्वमा रहेको उक्त संगठनको नगर, जिल्ला कमिटीको संयोजक तथा अध्यक्ष हुँदै दुई कार्यकालसम्म केन्द्रीय सदस्य बन्न पुगे ।
तारालाई एकसाथ : राजनीति र सुगरको गुलियो
एउटा २४ वर्षे लक्का जवानलाई चिनीरोगले कसरी समात्यो । सबै अहिले पनि छक्क परिरहेछन् । रगतमा चिनीको मात्रा अधिक देखिँदा तारामा पार्टीराजनीतिको प्रभावको मात्रा पनि अधिक नै थियो । हो, यही समयमा खानपानको परहेजलाई पनि पार्टी–अनुशासनजस्तै मानिदिएको भए सायद उल्काजस्तै हाम्रो तारा यसरी असमयमै अस्ताउने थिएन कि ! एउटा चित्त बुझाउने कुरा न हो अब ।
हो, यही क्रममा २०४८ सालदेखि नेकपा एमालेको धरान नगर कमिटी सदस्य बनेका तारा सुब्बा २०५१ मनमोहन अधिकारीको नेतृत्वको अल्पमतको सरकार रहँदा खेलकुद विकास समिति, सुनसरीको कार्यकारी सचिव पदमा नियुक्त भएका थिए भने २०५४ साचलको स्थानीय निर्वाचनमा धरान १७ नं. बाट वडा सदस्यमा निर्वाचितसमेत भएका थिए । त्यसपछि उनी जिल्ला विकास समिति, सुनसरीमा इलाका नम्बर २ बाट जिल्ला विकास सदस्य पनि चुनिएका थिए । पार्टीमा उनी जसरी जिम्मेवार नेताको हैसियत कायम गर्न र स्थापित हुन दृढताका साथ लागिरहेका थिए, उनीभित्र सुगर रोग पनि आफूलाई स्थापित गर्न प्रयत्न गरिहेकै थियो ।
तारा: व्यक्तित्वका बहुआयामहरूको आलोकमा
राजनीतिक क्षेत्रका अथक यात्री बनेका तारा सुब्बा सामाजिक, विकासमूलक र सेवामूलक संस्थाहरूमा सधैं सक्रिय रहिरहे । यसै क्रममा नेपाल रेडक्रस सोसाइटीको तथा सरस्वती बालआश्रम आजीवन सदस्य बन्न पुगे । त्यस्तै सहकारी अभियानका सन्दर्भमा सूर्य किरण बचत तथा ऋण सहकारी संस्थाका संस्थापक कार्य समिति सदस्य रहे । ‘औजार’ राष्ट्रिय दैनिकका सेयर सदस्य, नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संस्थापक अभियन्ता पनि हुन् उनी ।
ताराले धरानबाट प्रतिनिधिसभामा प्रथम उपसभामुख बनेकी नेतृ लीला श्रेष्ठ सुब्बाको स्मृति–सम्मानमा स्थापितलीला श्रेष्ठ सुब्बा स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष र श्री सूर्य साप्ताहिकका सञ्चालकसमेत रही आफ्नो कुशलता देखाएका थिए । थुप्रै सामाजिक, साँस्कृतिक एवं खेलकुदसँग सम्बन्धित संघसंस्थामा आबद्ध तारा लिम्बू जातिहरूको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङको आजीवन सदस्य हुनुको साथै सुनसरी जिल्लाको संस्थापक जिल्ला सदस्य समेत रहेका थिए । साथै उनी नेकपा एमालेनिकट लोकतान्त्रिक किरात लिम्बू संघको केन्द्रीय सदस्यहुँदै महासचिवको रूपमा समेत पछिल्लो समय क्रियाशील थिए ।
यसरी हेर्दा तारा सुब्बाको राजनैतिक व्यक्तित्वको पाटो केन्द्रमा रहे पनि उनको बहुआयामिक व्यक्तित्वभित्र खेलाडी, पत्रकार, समाजसेवी तथा सामाजिक चेतनाका अभियन्ता आदि स्पष्ट देखिन्छन् ।
हारजित स्वाभाविक
अचम्म भयो, ०५८ सालमा एक्कासि ताराका कदम रोकिए । एमाले धरान नगर कमिटीको सदस्यका उमेदवार तारा निर्वाचित हुन सकेनन् । उनी जीवनमै पहिलोपटक हारेको क्षण थियो त्यो । राजनीतिमा लाग्नेले एकपटकको हारलाई निराशाको बाजा बनाउनुहुन्न भन्ने विवेक ताराको पपिक्व आस्थाको उपज थियो । उनी निर्वाचन हारे, तर पार्टीको अनुशासित र इमान्दार कार्यकर्ताको भूमिका र्विाह गरिरहे । उनी युवासंघको केन्द्रीय नेता त छँदै थिए । आखिर, प्रदीप भण्डारीजस्ता अग्रज नेताले हाँकेको एमाले नगर कमिटीले ताराको उपस्थितिको माग ग¥यो । तारा नगरमा मनोनीत मात्र भएनन्, बरु नगर कमिटीको उपसचिवको भूमिकासमेत प्राप्त गरे । हरेक राजनैतिक कार्यकर्ताले पदीय र अन्य महत्वाकांक्षासँगै अनुशासन, मर्यादा, इमानदारिता र लगनशीलताजस्ता गुणहरू तारा सुब्बाबाट प्रेरणाकै रूपमा लिनुपर्ने देखिन्छ ।
ताराको घर: इन्दुको भर
ताराले धनाढ्य बन्ने कल्पनासम्म गरेको पाइन्न । ०४४ सालदेखि उनका सबै सुखदुःख आधाआधा बाँड्न थालेकी इन्दुका टाउकामा अब विस्तारै ताराको चिनी–रोगको जाँतो घुम्न लागेको थियो । कुनै जागिरमा नलाग्ने ताराको निर्णयले इन्दुलाई सोच्न बाध्य बनायो । उनीभित्र ताराको राजनैतिक यात्राप्रति सकारात्मक धारणा थियो, उनी तारालाई कुनै बाधा नहोस् भन्न चाहन्थिन् । त्यसैले साल्दाइको विशेष सहयोग र ताराकै प्रेरणा, अनुमति र सल्लाहले इन्दुले धरानबाट हङ्कङसम्मको व्यावसायिक यात्रा तय गरिन् । उनको आत्मविश्वासलाई सलाम भन्छौं हामी, जसले जीवनमा श्रीमान्को सफलताका लागि आफूलाई उनैबाट टाढा राखेर पनि निरन्तर उनी र परिवारको दायित्व पूरा गरिरहिन् । साथमा ४ वर्षीय प्रियपुत्र जुगलको स्नेह पनि धरानमै छाडिराखेर उनी अर्थोपार्जनका खातिर हङ्कङ गईन् । बोर्डस गरिएका जुगल र रोगाउँदै गएका श्रीमान्को हेरविचारका लागि उनी आउँदै जाँदै गर्थिन् ।
नेतृत्वमा तारा: धरानको समृद्धिको अभिभारा
विस्तारै तारा सुब्बाले आफूलाई विद्यार्थी र युवासंघबाट खार्दै अब नेकपा एमाले, धरानको नेतृत्वको कौशल प्रदर्शन गर्न थाले । धरानलाई आफ्नो कर्मथलो बनाउँदै आएका उनले २०६२÷६३ को जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरी नेकपा एमाले धरान नगरको सदस्य उपसचिव, कार्यवाहक सचिव, सचिव हुँदै बहुपदीय प्रणाली सुरु भएपछि तीन कार्यकालसम्म अध्यक्ष भई कुशलतापूर्वक पार्टीको नेतृत्व गरेका थिए । निडर, निर्भीक, निष्ठावान् र बोल्ड निर्णय लिन सक्ने स्पष्ट नेताका रूपमा परिचित तारा सुब्बा मुलुकमा संघीय लोकतन्त्रको स्थापनापछि २०७४ असार १४ गते सम्पन्न भएको पहिलो स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख (मेयर) पदमा निर्वाचित भएका थिए । हो, गणतन्त्रात्मक व्यवस्थाका प्रथम धराने मेयरको रूपमा ताराले आफ्ना अनुभव र आफ्नो प्रिय पार्टी एमालेको घोषणापत्र अनुरूप योजनाबद्ध ढङ्गले अघि बढ्ने शपथ खाए ।
अत्यधिक मतसहित यस गरिमामय पदमा निर्वाचित भई नगरपिताको रूपमा स्थापित तारा सुब्बाले २०७४ श्रावण २ गतेबाट आफ्नो कार्यभार सम्हाल्ने काम गरेका थिए । यसअघि नै पार्टीको तर्फबाट ताराकै संयोजनमा धरानको विकासका लागि दीर्घकालीन योजना भिजन धरान तयार भइसकेको थियो । अब उनी क्रमशः तिनै कार्यहरूको सम्पादनमा प्रतिबद्ध थिए । यसनिम्ति उनले झन्ढै नौवर्षसम्म दलीय संयन्त्रमा रहेर नगरको विकासमा आफूले राख्दै आएका धारणा र कार्ययोजनाहरू पनि योजनाबद्ध यात्राका लागि सहकारी छँदैथिए । धरानलाई केन्द्र बनाएर लामो समयदेखि राजनीति गरेका मेयर तारा सुब्बा विशेषगरी धराने जनता र नगरलाई कसरी समृद्ध बनाउने भनेर अहोरात्र चिन्तन गरिरहन्थे ।
प्रेरणा कसरी लिने ताराबाट ?
हरेक मानिसमा मौलिक पहिचान हुन्छन्, केही न केही । तिनै विशेष गुण वा विशेषताले ऊ अरूभन्दा भिन्न हुन्छ । तारा पनि सामान्य परिवारकै सदस्य थिए । अँ, अल्लि एकोहोरो स्वभाव उनको विशेष थियो । कम बोल्ने, गम्भीर हुने, अरूका कुरा सुन्ने र आफ्नो निर्णय दिने, निर्णयमा टसमस नहुने उनका मौलिक चिनारी हुन् । राजनीतिमा मात्र नभएर उनको जीवनकै उतारचढावमा पनि यी लक्षणहरू निकै प्रभावी बनेका देखिन्छन् । उनी निर्णयक क्षमता भएका नेता थिए । हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन उनको यो शैली निकै राम्रो मान्थे सहकर्मीहरू । आजभोलि नेता, मन्त्री र हाकिमहरू सबैलाई खुसी पार्न ल्याङल्याङे प्रवृत्तिका हुँदै गएका छन् । तर, पार्टीमा कार्यकर्ताहरूलाई र नगरमा कर्मचारीहरूलाई नरिसाउने बनाउन ताराले कहिल्यै .ल्याङल्याङ गरेनन् । गल्ती गरिएछ भन्ने महसुस हुनासाथ सहजतासँग गल्ती स्वीकार गर्ने उनको बानी सबैभन्दा उत्प्रेरक थियो ।
हार बन्यो, विजयको हार
प्ररायुसंघको केन्द्रीय सदस्यको दायित्वसँगै तारालाई धरानको एमाले पार्टीको खम्बाको रूपमा हेर्न थालियो । उनी कसैका दयाले केही चाहनेखाले थिएनन् भन्ने कुरा अखिल होस् कि युवासंघ वा पार्टी, उनी सदस्यबाट नेतृत्वको सिक्दै बढ्दैको प्रक्रिया अनुरूप नै अघि बढ्ने र स्थापित हुने कुराका पनि प्रेरक उदाहरणै बनेका छन् । हो, यो सन्दर्भ ०५८ सालमा ताराले नगर कमिटी सदस्यको उमेदवार बनेर हारेको घटनासँट जोडिएको छ । उनी एकपटक हारे, तर जीवनमा हारलाई इगो र हीनताबोधको विषय नबनाई निरन्तर पार्टीकाममा खटिइरहे । फलतः पार्टीले उनैलाई नगरको उपसचिवजस्तो गहन पद जिम्मा लगायो, जसले उनमा उत्साहको नवीन ऊर्जा सञ्चित गर्ने अवसर प्रदान ग¥यो । जीवनबाटै हारे उनले, तर जीवनमा त्यसपछि कहिल्यै कुनै प्रतिस्पर्धामा हार्नु परेन ।
मृगौलामा खराबी : पार्टीकाममा धपेडी
चिनीरोगी तारा नियमित स्वास्थ्य परीक्षण गराउँथे । ०५८ पछिका वर्षहरूमा उनले खानपानमा उति परहेज गर्न सकेनन् पनि । चिनीका कारण मोर्निङ वाकमा सामान्य ठेस लागेको खुट्टाको बुढीऔंलाका घाउ मृत्युपर्यन्त निको नहुनुले यही सङ्केत गर्छ । तर, ताराको जीवनमा सुगरकै प्रभावबाट सायद अर्को आँधीहुरी आयो एक्कासि मृगौलामा खराबीको रिपोर्टले । त्यसपछिका दिनहरू केही हीनताबोधी भावनामा समेत रुमलिए उनका । यही समयमा उनलाई रोगले गाँज्दै लग्यो । उनी पार्टीकाममा बढी जोतिन्थे, स्वास्थ्यको सचेतनतामा भन्दा । साथीभाइलाई समेत कामकै लागि आग्रह गर्थे । जब किड्नीमा निकै ठूलो समस्या देखियो, उनी सचेत बने । परिवार र पार्टीका सहकर्मीहरूको ठूलो दबाबपछि उनी दिल्ली जान तयार भए ।
सुरुमा आफन्तकै मृगौला प्रत्यारोपणको प्रयत्न गरियो, तर ब्लडग्रुपका कारण असफल भएपछि निकै महँगो विकल्पको तयारी गरियो । स्वाभिमानी तारा हात थाप्न नजान्ने, तथापि मित्रजनहरू र परिवारको अथक प्रयासपछि उनले नवजीवन पाए । उनलाई ऋण लाग्यो, तर धरानले ताराजस्तो इमानी नेता पाए । खुसीका ती दिनहरू अहिले सबैलाई रुवाउँने बनिदिएका छन् ।
तारामा पनि ग्रहण लाग्दो रहेछ नि !
सूर्यमा ग्रहण लाग्न नदिनलाई ताराले आफैंलाई बिर्सिएछन् । उनको नेतृत्वको नेकपा एमालेले उनकै नेतृत्व रोज्यो, नगरपिताका लागि । निर्विकल्प तारा विजयी पनि बने । एडीबीको धरान खानेपानी परियोजना पहिलो मुद्धा थियो । फेरिएको मेयरको किड्नीको हेरचाह र सावधानी न मेयर ताराको मुद्धा बन्यो, न एमालेको नै । उनी अब नगरका समस्याहरूका चाँङले थिचिन थाले । संवाद, विमर्श, विरोध र समाधानका सयौं प्रयत्नहरूले उनको खानपानको तालिका नै स्वाहा पार्न थाल्यो । सहयोगी साथीहरू सचेत थिए, हरसम्भव प्रयास पनि गर्थे, तर दायित्वले तारालाई सास फेर्नसम्म अवरोध गथ्र्यो । एउटा आवको बजेटबाट उनले आफ्ना र आफ्नो पार्टीका योजनाहरूको खाका बुन्ने र क्रमशः अघि बढ्ने सोचका साथ कदम बढाए । विजयपुरमा परियोजनाको पानीट्याङ्की बनाउने उनको नेतृत्वको निर्णय जातीय समुदायलाई पचेन । विमर्शहरू तात्दै गए, विवादमा रूपान्तरण हुँदै आखिर द्वन्द्वको उग्र रूप लियो र पानीबाट आगो बल्न थालेपछि परियोजना नै आजसम्म पनि अधुरो र अपाङ्ग बनिरहेकै छ ।
मेयर ताराले पानीको समस्या समाधानका लागि अथक प्रयत्न गरे र थाके । उनलाई समुदायकै मित्रहरूले आफ्नै पुरातात्विक थलो मिच्न खोजेको भन्दै जिउँदैमा प्रतीकात्मक रूपमा मृत्युसंस्कारसम्म गरे । समुदायको चर्को विरोध ‘कुकुर कविता’सम्म पुग्यो । अशान्त विजयपुरको पानीका लागि खनिएको खाल्डो छाडेर तारा समुदायका आन्दोलनकारी साथीहरूसँग गम्भीर विमर्शको तयारीमा लागेका मात्र के थिए, उनको शरीरमा अस्वस्थता पनि उनलाई जित्ने गम्भीर तयारीमा लाग्यो । अनेक कामहरू छाडेर तारालाई स्वास्थ्यको हेरचाहमा लाग्ने डा. सञ्जीव शर्मा र हालका प्रदेश सभामुख प्रदीप भण्डारी तथा अन्य निकस्थ पार्टीनेताहरूका करबलले बल्ल उनी काठमाडौंसम्म जान राजी भए ।
धरानको तारा अस्ताएको दिन
खर्चको पनि तत्काल जोहो गरिदिएर, प्लेनको टिकटसमेत तयार गरेर प्रदीप सरहरूले दबाब नै दिनुप¥यो । वार्षिक बजेटको समय भएकाले त्यसपछि पनि तीनचार दिनपछि मात्र उनी रोगको निदानका लागि निदान अस्पतालमा पुगे । तर, फोक्सोको सङ्क्रमणले आन्तरिक रूपमा ग्रस्त ताराको शरीरको व्यवस्थापन एडीबीको विजयपुरको पानीट्याङ्कीको विवादभन्दा पनि नराम्रो अवस्थामा पुगिसकेको रहेछ । निदानले निदान गर्न नसकेर पछि तारालाई ग्रान्डी अस्पताल लगियो, अनि धरान ल्याइयो ।
एउटा अप्रिय खबर देशैभरि फैलियो क्षणभरमा कि अब —प्रिय तारामा सधैंका लागि ग्रहण लाग्यो । धरान अँध्यारो भयो । साउन १, ०७५ त्यस्तो कठोर सूचना बोकेर आयो कि अब धराने तारा कहिल्यै मुस्कुराउने छैन, घाइते खुट्टा खोच्याउँदै पार्टीकाममा लाग्ने ताराको उज्यालो अनुहार अब चित्रहरूमा मात्र देख्न पाइने भयो । समयको झापड हामी सबै धरानेले सहनै प¥यो । ५२ वर्षको ऊर्जाशील उमेरमा मेयरको दायित्व निर्वाह गदौगर्दै तारा सुब्बाको निधन भयो । नेकपालाई आफ्नो एउटा काँधमाथि कसैले जोडले प्रहार गरेझै. भयो । स्थानीय पार्टी नेताहरूका अनुहारभरि शोकको तुवाँलो लाग्यो । नेकपा मात्र नभएर प्रतिपक्षका प्रियजनहरूसमेत ताराको असामयिक र अप्रत्यासित र्मत्युको झड्काले आहत बने । धरान नगर शोकमग्न बन्यो । नगरपाकिा सुनसान बन्यो । काममा हात लागेनन् निकै दिनसम्म । आखिर समयको कठोर निर्णय नमानी धरै थिएन नि !
धरानमा आएका तारालाई आँसुको सलाम मात्र प्यारो थियो । शवयात्रामा सामेल नेकपा र अन्य दलसम्बद्ध दलका नेता कार्यकर्ताहरू, आफन्त तथा धरानबासीहरू हजारौंको भीडले तारालाई अन्तिम बिदाइ ग¥यो । धर्तीमा ससम्मान समाधिस्थ गरेर प्रिय नेतालाई आँसु साटेर फर्किए स्वजनहरू । धरानमा उदाएको एउटा चम्किलो तारा असमयमै धरानमै अस्तायो ।
परिवारको चाहना: तारा, तारा रहिरहोस् —यत्ति कामना
मेरा यसबारेका जिज्ञासामा ताराजीका अभिभावक साइला दाइ घनेन्द्रले निकै गम्भीर भएर भने, ‘धरान भन्दाभन्दै, धरानकै विकासको सपना बुन्दाबुन्दै र धरानबासीकै सुबिधाबारे सोच्दासोच्दै हाम्रो भाइ गयो । पार्टीको एक इमानदार सिपाही भएर, पार्टीले नै अह्राए–खटाएको मात्रै काम गर्दागर्दै हाम्रो कान्छो बित्यो । धरानलाई समृद्ध बनाउने अभियानमै सहिद बन्यो हाम्रो प्यारो सञ्जु । अब उसका लागि हामीलेभन्दा पार्टी र धरान नगरले बढी सोचेको होला नै ।
उसको अर्धकदको प्रतिमा बिसह्यार पाउँदा छातीमा सोला हानेर ल्यायो । समयले हामी सबैलाई कठोर बनाउँछ । यस्ता घाउहरू पुरिन्छन् पनि । यहाँहरूका त ताराजस्ता साथी र नेता कत्ति हुन्छन्, हाम्रो त तारा भाइ, श्रीमान् र बाबा पो त नि !
धरान नगर सरकारकै सरसल्लाहअनुसार हामी पनि काम गर्छौं । हरियाली सामुदायिक वनक्षेत्रभित्र ४ कट्ठा जग्गामा ससानो पार्क बनाएर उसको प्रतिमा राखेर सबैका लागि सम्झनामा तारा आइरहून् भन्ने तयारीमा छौ. । उसलाई समाधिस्थ गरेकै ठाउँमा राख्दा मानिसहरूको पहुँचमा नपुग्ने भएकाले यसो गर्ने भएका हौं ।’
‘साबिक खाम्लालुङ, अहिलेको आठराईको तारा जन्मिएको घरलाई हेरिटेजको रूपमा सुरक्षित र व्यवस्थित गर्ने योजना छ परिवारको । अलै.चीको आम्दानी तारा–घरको सम्पदाको व्यवस्थापनमा लगाउने र सामाजिक रूपमा तारा सुब्बाको स्मृतिलाई अमर बनाउने मीठो सपना छ परिवारको ।
नेकपाको पहलमा तारा स्मृति प्रतिष्ठान बन्न लागेकामा पनि परिवार हर्षित छ । चाहना यही छ कि ताराबारे मात्र नभएर अन्य धेरै राजनैतिक, सामाजिक विषयहरूमा त्यस प्रतिष्ठानले अध्ययन अनुसन्धान गरोस् गराओस् । यस्तै धरानमै तारा पार्क बनाएर ताराको सम्मान गर्ने नगर सरकारको कदम पनि परिवारका लागि खुसीको विषय बनेको छ । प्रस्तुत स्मृति–ग्रन्थले त तारा र ताराका असल कृत्यहरूको युगौंसम्मलाई भावी पुस्ताहरूलाई सन्देश दिनेछ भनेर सुब्बा परिवार हर्षित छ । साल्दाइ घनेन्द्रको कथन छ, ‘खतिवडा सर, भाइ रहेन आखिर । हामीले उसका राम्रा कुरा सम्झिँनबाहेक के गर्न सक्छौं र ! ऊ गै गयो, अब उसैलाई सम्झेर रुनुसिवाय हामीसँग केही विकल्प नै रहेन नि ! अँ, अरूलाई उसका बारे बताउन, सम्झाउन र इमान्दार नेताको छवि बनाएकोमा आँसु झार्दै भएपनि गर्व गर्नु छ ।’
ताराका सपना धरानको जपना
ताराको सपना भन्नु धरान, ताराको जपना धरान । फूलबारीको सहर बनाउने भन्थे तारा धरानलाई, सहकर्मी नेत्र काफ्ले सम्झिन्छन्, ‘सर, अब धरानले अर्को तारा पाउन निक्कै मुस्किल छ ।’ धरानलाई स्मार्ट सिटी बनाएर देशकै उत्कृष्ट, व्यवस्थित र समृद्ध सहरको रूपमा चिनाउने ताराको योजना थियो । जनसहभागिताको नमूना सहर धरान भनेर नेपालमै चिनाउने उद्देश्यले केन्द्रित योजनाहरूको तर्जुमा गरी विकास निर्माणका खाकाहरू प्रस्तुत गरेका थिए । यस अन्तर्गत धरानमा पक्की सडक, सडकको मापदण्ड तोक्ने व्यवस्थित घर निर्माणका लागि घर नम्बरिङ, भानुचौकको बसपार्कको विकल्पमा तीनकुने सुन्दर बस्ती विकास आयोजना, डाँडा घोपामा एयरपोर्ट निर्माणको प्रक्रिया खानेपानीको दीर्घकालीन समाधानको प्रयास आदिका लागि कार्यहरू गर्दै अगाडि बढिरहेका थिए ।
धरानमा रिङरोड, रात्रिकालीन बजारको व्यवस्थापनसँगै सन्तुलित विकासको अवधारणा थियो उनमा । स्वास्थ्य, शिक्षा र पर्यटनको विकाससँगै शैक्षिक र सांस्कृतिक केन्द्रको रूपमा नगरलाई सर्वत्र चिनाउने पनि उनको योजना थियो । अब ताराका योजना नेकपाका योजना बन्नेछन् । उनी पार्टीका इमानी प्रतिनिधि थिए, बस् थियो त उनमा इच्छाशक्ति, निःस्वार्थता र समर्पणभाव । अबको नेतृत्वले ताराबाट यिनै कुराको अनुसरण र अनुकरण गर्नसके धरान र धरानेको समृद्धिका लागि सहिद बनेका ताराको सम्मान हुनेछ ।
(तारा स्मृतिग्रन्थ ०७६ बाट परिमार्जनसहित लिइएको यस आलेखका लेखक खतिवडा उक्त ग्रन्थका प्रधान सम्पादक हुन् । सं.)