कोरोनाको कहरले विश्व आक्रान्त भएको छ र नेपाल पनि लकडाउनमा फसेको छ र लकडाउन भएको १० दिन भइसकेको छ । विश्वमा संक्रमित हुनेहरुको संख्या ९,३६, १७० पुगेको छ भने मृत्यु हुनेको संख्या ४७,२४९ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित हुनेहरुको संख्या जिएमटी समय ४:३९ अप्रिल २ मा २,१५,३०० पुगिसकेको छ भने मृत्यु हुनेको संख्या ५,११८ पुगेको छ । कोरोना भाइरसले सबैभन्दा बडी इटालीमा १३,१५५ को ज्यान लिएको छ र दोस्रोमा स्पेन जहाँ मृत्यु हुनेकाे संख्या ९,३८७ पुगेकाे काे छ ।
नेपालमा नोबल कोरोना भाइरस ( कोभिड १९ ) को केस ५ वटा मात्रै भएता पनि टाउको दुखाईको विषय भारतमा फैलिदों संक्रमणको दर हो । विश्वको दोस्रो ठूलो जनसंख्या भएको हाम्रो छिमेकी मुलुक जहाँ रोटीबेटीको सम्बन्ध छ त्यहाँ यो पंक्ति लेख्दासम्म त्यहाँ २०६४ केस पुगिसकेकोमा ५८ जनाको मृत्यु भइसकेको छ ।
खासगरी भारतका पश्चिम बंगाल, विहार र उत्तर प्रदेशका सीमाहरु हामीस“ग जोडिएको हुनाले ती सीमाहरु पूर्णरुपमा सिल नगरेसम्म र हवाईमार्गबाट नेपाल आउने आगन्तुकहरुलाई अझै केही समय नरोके सम्म स्थिति नियन्त्रण हुन्छ भनेर ढुक्क हुन सकिन्न ।
भारतको उत्तर प्रदेश, विहार र पश्चिमबंगालस“ग हाम्रो देशको प्रदेश ७ , ५, २ र १ का जिल्लाहरु जोडिएका छन् । अहिलेसम्म उत्तर प्रदेशमा १ विदेशीसहित १०७ , विहारमा २४ र पश्चिमबंगालमा २७
जना संक्रमित भइसकेका छन् । कोरोनाका संक्रमणका कारण उत्तर प्रदेशमा २ , विहारमा १ र पश्चिम बंगालमा ७ को मृत्यु भइसकेको छ ।
संयुक्त राष्ट्रसंघले कोरोनाले विश्व आतंक मच्चाएकोमा चिन्ता गरेस“गै खाद्यसामग्रीको संकटबाट पर्न जान सक्ने समस्याप्रति पनि चिन्ता प्रकट गरेको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले आफनो वेभसाइटमार्फत यो कुरा जनाएको छ । उसले खाद्य आपूर्तिको सृंखलामा नै रोकावट उत्पन्न भएकोले यस्तो प्रक्षेपण गरेको हो । कोरोनाको यो त्रासदीपूर्ण अवस्थाबाट उत्पन्न हुने भावि जोखिमपूर्ण परिणाम जसले विश्वको अर्थतन्त्रमै मन्दी ल्याउने र अन्य समस्याहरु पनि सामना गर्नुपर्ने छँदैछ ।
विश्वको महाशक्ति र आर्थिक रुपले समेत पहिलो शक्तिशाली मुलुक अमेरिकी मुलुकमा बेलैमा सचेतता नअपाएको हुनाले र कुनै पनि किसिमको ज्वरो , रुघा , मर्कीलाई फ्लु भनेर टार्दै लगेकोले उसले गम्भीर समस्याको सामना गर्नुपरिरहेको छ । अमेरिकामा मात्रै १ लाख देखि २ लाख ४० हजारसम्म मान्छे मर्न सक्ने कुरा ह्वाइट हाउस कार्यदलले अनुमान गरेको छ । शारीरिक दूरी कायम गरे पनि र जोखिम घटाउन प्रयत्न गरेपनि यो संख्या पुग्ने अनुमान गरेको छ ।
नेपाल सरकारले बेलैमा सचेतना अपनाएर तुरुन्त लकडाउनको घोषणा गरेपछि त्यस्तो भयावहको अवस्था भने व्यहोर्नु परेको छैन । तर छिमेकबाट आउनसक्ने सम्भावित खतराबाट भने ढुक्क हुनसक्ने अवस्था छैन । जत्ति भारतमा संक्रमणको दर बढछ् त्यति नेपालीको छाति चस्किन्छ । चोरबाटोबाट पो आउने हो कि कोरोना भाइरस ? या सिमानामा सुरक्षाकर्मीलाईसमेत छल्दै पो आउने हो कि यो भाइरस भन्ने चिन्ताले घर गरिरहेको छ ।
तथापी सरकारले वुद्धमत्तापूर्ण जुन काम गरिरहेको छ , त्यो पर्याप्त नहुन सक्छ । लकडाउनको अवधि बढाएर चैत्र २५ गतेसम्मलाई पु¥याएपनि त्यसपछि के गर्ने भन्ने तय सायद भइसकेको छैन । यो लकडाउन अझै लम्बिन पनि सक्छ कि ? अझै लम्बिने हो भने त्यसपछि अडाडि कार्ययोजनाहरु के हुनसक्छन् । भावी दिनमा आइपर्न सक्ने आर्थिक विपत्तिको न्युनीकरणका कार्ययोजनाहरु पनि बन्लान नि ?
सरकारले २५ गतेसम्म बढाएको लकडाउन ठीक छ किनभने कोरोना भाइरसको शंकास्पद केस थाहपाउन नै १४ दिनको अवधि चाहिन्छ । कोरोना भाइरस मानिसको शरीरमा प्रवेश गरेपछि परिपक्व हुन ( incubation period) ५ दिनदेखि १४ दिनसम्म लाग्ने र लक्षण पनि सोही अनुसार देखिने भएकोले यो लकडाउनको अवधि बढाइएको उचित छ । आफू यो विषयको विज्ञ नभए पनि यो पंक्तिकारलाई लक्षण थाह नहु“दै एकबाट अर्कोमा संक्रमण भइसकेको छ कि छैन भन्ने थाह पाउन पनि यो लकडाउनको अवधिले मद्दत गर्छ जस्तो लाग्छ ।
तर यसपछि के ? त्यो के भन्ने प्रश्नको उत्तर भने सहज छ जस्तो लाग्दैन । सीमा नाकालाई कम्तिमा अरु १ महिनासम्म पूर्ण रुपमा सील गरेर आंशिक लकडाउनको विधि अपनाउने कि ? २५ गतेपछि लकडाउनको समय सारिणी बनाएर २ जना भन्दा सँगै हिडडुल गर्न नपाउने गर्ने कि ?
प्रत्येक नगरपालिका वा गाउँपालिकाभित्र अर्को नगरको वा गाउँका मानिसको प्रवेश हप्ता दशदिनसम्मलाई रोक्ने कि ? सवारी आवागमन अरु एकहप्ता बन्द गरेर मानिसको आवागमनलाई खुकुलो बनाउने कि ? अथवा जे जे विधि अपनाए पनि बोर्डर सीलको अर्को विकल्प भने हुनुहुदैन । जबसम्म भारतमा संक्रमणको दर शून्यमा झर्दैमा तबसम्म बोर्डर खुल्ला राख्नु हुँदैन । सरकारले आत्तिएर बोर्डर खुल्ला नगरिहोलोस्, नेपालीहरुमा अरु २/४ महिना सहनसक्ने क्षमता छ ।