नेपालको पूर्वी क्षेत्र हालको प्रदेश नं. १ मा बसोवास गर्ने मुख्य जातिहरूमध्ये लिम्बू समुदाय एक हो । जनगणना २०६८ अन्ुसार नेपालमा लिम्बूहरूको कुल जनसङ्ख्या ३,८७,३०० रहेको छ । विश्व भरि छरिएर रहेका लिम्बूहरूको कुृल जनसङ्ख्या लगभग सात लाख हाराहारी रहेको अनुमान छ । नेपाल रहेका लिम्बूहरूमध्ये जनगणना २०६८ अनुसार ३,४३,६०३ आफ्नो मातृ भाषाका रूपमा लिम्बू भाषा बोल्ने गरेको तथ्याङ्क छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रीय रूपमा यस समुदायलाई लिम्बू जाति भनेर चिनिए तापनि यस जातिले आफूलाई याक्थुङ जाति भनेर चिनाउने गर्दछन् । लिम्बू भन्ने शब्द राजनैतिक हिसाबले आफूले र राज्यले यो जातिलाई पहिचान गरे पनि यो जातिले आफूलाई आफ्नो आँखामा सांस्कृतिक हिसाबले याक्थुङ भनेर प्राथामिकता दिने गर्दछन् ।
यो समुदाय भाषा , लिपि संस्कार, सांस्कृति, मुन्धुम, तथा धार्मिक हिसाबले एक सम्पन्न जातिको रूपमा लिइन्छ । आम लिम्बू समुदायले बोल्ने भाषालाई लिम्बू भाषा भनिए पनि आफ्नो भाषामा याक्थुङ पाःन भन्ने गर्दछन् । लिपि विकासको इतिहास र मुन्धुमी महŒवको स्थान बेग्लै छ । यो समुदाय संस्कार संस्कृतिका हिसाबले समेत अत्यन्तै सम्पन्न छ । आजको दुनियामा समेत मुन्धुमका सामाजिक र दार्शनिक पाटाहरू व्यापक छन् । यो समुदाय धेरै कुरामा सम्पन्न भए पनि हाल आएर समुदायमा हरेक जसो विषयमा अन्यौलता छाउँदै गएको देखिन्छ । भाषा, लिपि, धर्म, राजनीति, मुन्धुमदेखि हरेकजसो विषयमा अन्यौलताले चरम उत्कर्ष लिएपछि समग्रमा लिम्बू जाति आफ््नो अस्तित्व रक्षाको विषयलाई लिएर अन्यौल ग्रस्त देखिन्छ । सामाजिक सञ्जालमा अभिव्यक्त गरिने आक्रोशहरू हेर्दा लिम्बू समुदायका सामान्य मानिसदेखि लिएर बौद्धिक जमातसमेत अन्यौलताको भुमरीमा परेको स्पष्ट हुन्छ ।
लिम्बू समुदायका बहुआयामहरूलाई गहिरो अध्ययन गर्ने हो भने यो समुदायको आफ्नो याक्थुङ सभ्यता, मुन्धुमी सम्पदा, याक्थुङ पाःन ( लिम्बू भाषा ), श्रीजंगा लिपि , धार्मिक हिसाबले मौलिक युमा धर्म, राजनैतिक हिसाबले लिम्बुवान राजनैतिक दर्शन हो भन्न सकिन्छ । यसका आधारमा यिनै सम्पदाहरूको यो समुदायले वकालत गर्नुपर्ने र रक्षा गर्नुपर्ने हो भन्ने लाग्छ । यिनै लिम्बुु समुदायको विभिन्न दृष्टिकोणले पहिचानका आयामहरू हुनुपर्ने जस्तो लाग्छ । तर यस्ता विषयमा लिम्बू समुदाय अहिले अत्यन्तै अन्यौल ग्रस्त अवस्थामा पुगेको स्पष्ट हुन्छ । यो समुदायको समुदायिक मनोविज्ञान भ्रमित हुन पुगेका देखिन्छ । यो अवस्था यति व्याप्त भएको पाइन्छ कि सिङ्गो लिम्बू समुदायका अगुवा, विद्वान् वर्ग, राजनीतिकर्मी, कलाकार तथा सर्वसाधारणसमेत यस अन्यौलग्रस्त मानसिकताबाट बाहिर निस्कन सकेका देखिदैनन् । यस्तो अवस्था बन्नमा लिम्बू समुदायमा समयकालसँगै विभिन्न कर्ताहरूको भूमिका तथा कमी कमजोरीहरू छन् भन्न सकिन्छ ।
१. किरात शब्दावली
आदिकालदेखि सुभा हँुदै सुब्बा शब्द, सेनकाल देखि राय हुँदै राई शब्द तथा लिम्बूजस्ता शब्दहरू लिम्बू समुदायले सुने पनि किरात शब्दसँग यो समुदायले प्रारम्भमा परिचित नभएको र अन्तक्र्रिया समेत भएको देखिँदैन । यो शब्द प्रारम्भमा आर्य वैदिक साहित्यहरू, पुराण, महाभारत, रामायण, गीता जस्ता ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । यी साहित्यहरूमा किरात समुदाय तथा मानव समूहको बारेमा विस्तृत विवरणहरू पाईँदैनन् । त्यसको सट्टा किरातको बारेमा छोटाछोटा सामान्य टिप्पणीहरू मात्र भेटिन्छन् । किरात मानव समूहको बारेमा कहिले घृणाको दृष्टिकोणले, कहिले कामको दृष्टिकोणले, कहिले जम्का भेटको अवस्थाको दृष्टिकोणले आर्य समाजले किरातको बारेमा टिप्पणी गरेको भेटिन्छ । यी टिप्पणीहरूबाट स्पष्ट रूपमा यो जाति, यो मानव समूह, यो सभ्यता समूह भनेर किटान गर्न सक्ने अवस्था देखिँदैन ।
तर, उनीहरूका टिप्पणीहरूबाट के स्पष्ट भन्न सकिन्छ भने उनीहरूले अनार्य मङ्गोल जातिलाई ङ्गित गरेको स्पष्ट देखिन्छ । यही मानव समूहले नेपाल उपत्यकामा शासन गरेको हुनाले आर्यहरूले त्यो इतिहासको त्यही अनुसार टिप्पणी अभिलेख राखेको पाइन्छ । त्यो मानव समूह नेपाल उपत्यकाबाट विस्थापित भएपश्चात् हालको नेपालको पूर्वी क्षेत्रमा गएको आधारमा कालान्तर (पछिल्लो समय ) मा आर्य समाजले यसलाई वल्लो किरात (उपत्यका देखि दुधकोशी सम्म), माझ किरात ( दुधकोशी देखि अरुण नदीसम्म ) र पल्लो किरात ( अरुण नदीदेखि टिस्टासम्म ) भनेको स्पष्ट देखिन्छ । यही नजिरलाई किरातोलोजी विभाग जिम्मेवारी पाएका आदिवासी इतिहासकार इमानसिंह चेम्जोङले निरन्तरता दिँदै एक बृहत् अर्थमा नेपालमा रहेका सम्पूर्ण मङ्गोललाई किरातको संज्ञा दिएको स्पष्ट देखिन्छ । यो विषय कतिपय सन्दर्भमा किरातभित्र बाँध्न खोजिएका मानव समूह अनभिज्ञ रहेको र अपनत्व पनि नलिएको स्पष्ट छ ।
नेपाल एकीकरणपश्चात् आफ्नो मौलिकताको खुल्ला अभ्यास गर्नबाट विमुख भएको लिम्बू समुदाय सम्झौताकोे अर्को पक्षधर गोरखाको निरन्तर षड्यन्त्रभित्र फस्दै गएको र आफ्ना अधिकारहरू निरन्तर खोसिएको, यस्तो दमन सहन गर्न नसकेर आफ्नो समुदाय निरन्तर सिक्किम, आसाम तथा भुटानतिर विस्थापित हुँदै गएको, आफ्नै रीतिथितिको बोझमा परेका कारण समुदाय नै एक खालको निराशामा फसेको कारण आफ्ना मौलिकता र पहिचान प्रति उदासिन रहेको अवस्थामा आफ्नो समुदायको एक विद्वान्ले किरात भनेको र केही शिक्षित अग्रजहरूले उनकै पाइला पछ्याउँदै त्यसरी नै आफ्नो समुदायलाई प्रशिक्षित गर्दै लगेकाले लिम्बू समुदायमा किरात शब्दावलीको प्रवेश भएको पाइन्छ ।
बिसांै शताब्दीसम्म लिम्बू समुदायको मनोविज्ञानमा किरात नछिरेको कुरा यस अवधिमा अङ्ग्रजी लेखकहरूले स्थलगत रूपमा सङ्कलन गरेको अभिलेखबाट स्पष्ट हुन्छ । लिम्बू समुदायले यो अवधिसम्म आफूलाई लिम्बू तथा याक्थुङ भनेको कुरा आफ्ना कृतिहरूमा उनीहरूले स्पष्ट लेखेका छन् । जब वि.सं. १९८८ मा राष्ट्रिय विभूति फागुनन्द लिङ्देनबाट दश लिम्बुवान सत्र थुमको सत्यहाङ मुचुल्ला तयार भयो । यही विन्दुबाट हिन्दु मनोविज्ञानको लिम्बू समुदायमा प्रशिक्षण शुरु गरिएको भेटिन्छ । यो साम्प्रदायले जब २०३६ सालमा किरात साहिल्य अध्ययन प्रतिस्ठानको रुपमा विधिवत जन्म पायो । यसले किरात शब्द लिम्बु समुदायमा प्रबेश गराउनुका साथै हिन्दु मनोविज्ञानको निर्माण कार्यलाई तीव्रता दिएको पाइन्छ ।
यसको लिम्बू समुदायमा लामो संस्थागत अभ्यासपछि यसले समुदायमा पहिचानको हिसाबले नकरात्मक असरहरू देखा पर्दै गए । लामो समय मौन रूपमा अवलोकन गरेका मौलिकतावादी अभ्यासकर्ताहरूले यसले आफ्नो प्रतिनिधित्व नगरेको स्पष्ट आभास पाए । यसले अन्तत लिम्बू समुदायमा मनोवैज्ञानिक हिसाबले विभाजित हँुदै गयो । केन्द्रीय राज्यले लिम्बू समुदायमा विभाजनको रेखा कोरी नै रहन्थ्यो । कहिले कुल भैयादको नाममा, कहिले सुब्बा र राय ( राई )को नाममा, कहिले नीति र स्मृतिको नाममा विभाजनका रेखाहरू कोरिरहदा किरात धर्मको केही हदसम्म सफलता पछि लिम्बू समुदाय स्पष्ट रूपमा विभाजित मनोविज्ञानमा पुगी एक समूहले लिम्बू भाषा (याक्थुङ पान) लाई किरात भाषा भन्न शुरु गरेको, श्रीजंगा लिपिलाई किरात लिपि भन्न थालेको, समुदायमा अभ्यासमा रहेको युमा साम्योको सट्टा हिन्दु धार्मिक मनोविज्ञानबाट प्रभावित किरात धर्म हाङसाम साम्योको आडमा अभ्यास गर्न थालेको , परमपरागत संस्कार संस्कृतिमा हिन्दृु झुकावयुक्त संस्कार संस्कृतिहरूको अभ्यास गर्न थालिएको, मुन्धुम साहित्यको बदलामा किरात साहित्यको प्रश्रय गर्न थालिएको, आफ्नो लिम्बुवान राजनैतिक दर्शनलाई बेवास्ता गर्दै किरात राज्यको सामुदायिक मनोविज्ञानको तयार गर्दै लगेको , याक्थुङ सभ्यताको पक्षमा उभिनुको सट्टा लिम्बू समुदायका लागि अमूर्त किरात सभ्यताको वकालत गर्दै गएको अवस्था छ ।
२. किरात याक्थुङ चुम्लुङ
लिम्बू समुदायको प्रतिनिधित्व गर्ने जातीय संस्थाको रूपमा किरात याक्थुङ चुम्लुङ नामक संस्था वि.संं.२०४७ सालमा जन्मियो । शुरुवाती समयमा लिम्बू समुदायको उत्थानका लागि याक्थुङ चुम्ल्ुङ नामक संस्थाको लिम्बू समुदायमा अनौपचारिक रूपमा अभ्यास गरिए तापनि इमानसिंह चेम्जोङले देखेका लेखेका तथा सङ्कलन गरेका साहित्यहरूको आवरणीय प्रभाव, किरात धर्मको समुदायमा आधिकारिक अभ्यास, राज्यको समुदाय प्रति प्रतिकुल नीतिका कारण अन्य समुदायसँग सहकार्यको मनोभावका कारण लिम्बू समुदायको जातीय प्रतिनिधि संस्था किरात नामक श्रीपेच पैरिएर जन्मियो । यी तथ्यहरू आज पनि तत्कालीन समयका अभियन्ताहरू स्वीकार्दै हिँडेका छन् । यो संस्थाले समेत धार्मिक हिसाबले मौलिकताको रक्षा गर्नुको सट्टा आयातित धार्मिक आस्था किरात साहित्य अध्ययन प्रतिष्ठानको सहकार्यमा समुदाय माथि किरात धर्म मान्नु र लेख्नुपर्ने निरन्तर आफ्नो अभिष्ट लाद्न लागि परेको स्पष्ट देखिन्छ ।
यस संस्थाले याक्थुङ सभ्यताको वकालत गर्नु त कता हो कता उल्टो लिम्बू समुदायका लागि अमूर्त किरात सभ्यताको अन्धाधुन्ध वकालत गरेको भेटिन्छ । यसले अन्ततः अप्रत्यक्ष रूपमा लिम्बुवान राजनैतिक दर्शनको ठाँउमा किरात राजनैतिक शब्दावलीको पछि लाग्दै त्यसको मनोविज्ञान निर्माण गर्न लागिपरेको देखिन्छ । यहाँसम्म कि लिम्बू समुदायका मौलिक निधि तथा सम्पदाहरूको रक्षा गर्नको सट्टा केही व्यक्तिको निहित स्वार्थ पूर्ति गर्न सिङ्गो किरात याक्थुङ चुम्लुङ समुदायमा क्रियाशील रहनु लिम्बु समुदायको लागि हदैसम्म दुर्भाग्य हो । किरात याक्थुङ चुम्लुङले अज्ञानतावश यस्तो कार्य गरिरहेको मान्न सक्ने अवस्था छैन । किनकि समुदायमा समयअनुसार उठ्ने आवजहरू चुम्लुङले सुनेको नसुनेझै गरेको सामुदायिक अभिव्यक्तिहरू सुनिन्छन् । यसले आफ्नो समुदायको प्रतिनिधि संस्था प्रति आम लिम्बु समुदायमा अगाध आस्था जन्माउनको सट्टा एउटा ठुलो सङ्कटको जबरजस्त निम्त्याउने कारक किरात याक्थुङ चुम्लुङ बन्दै गएको देखिन्छ । उसका पछिल्ला हरेकजसो निर्णय तथा कदमहरू प्रतिक्रियात्मक बनिरहेका छन् ।
३. राजनैतिक पार्टीहरू
राणातन्त्र पछि उदाएको नेपाली काङ्ग्रेसले लिम्बू समुदायको आफ्नो पहिचानका लागि कुनेै पहल गरेको देखिँदैन । त्यसको सट्टा किपट अन्त्यको पक्षमा नेपाली काङ्गे्रस उभिएको इतिहास भेटिन्छ । नेपाली काङ्ग्रेसले लिम्बूहरूको मुन्धुमी दर्शनलाई उठाउनको सट्टा लिम्बू समुदायमा बिपीको प्रजातान्त्रिक समाजवादको वृक्षारोपण गर्ने र त्यसको लहरा फैलाउने काम मात्र गरेको देखिन्छ । पञ्चहरूले लिम्बुवानको अन्त्य गर्दै अगाडि बढेको देखिन्छ । तत्कालीन माले पछिको एमाले पार्टीले लिम्बू समुदायको ठोस मनोविज्ञान भन्काउन सबैभन्दा सक्रिय भुमिका खेलेको देखिन्छ । लिम्बूहरूमा निरन्तर वर्गीय प्रशिक्षण चलाउँदै जाँदा लिम्बू समुदायले आफ्नो मौलिक दर्शन पूर्ण रूपमा भुल्दै गएको देखिन्छ ।
यस पार्टीबाट हाल अधिकांश स्थानीय निकायहरूमा शासन चलिरहेको छ । तर , यो पाटीबाट निर्वाचित जनप्रतिनिधिहरूमा मुन्धुमी अर्धज्ञानका कारण आफ्नो स्पष्ट दृष्टिकोण तथा भिजन गुमाएको अवस्थामा छ । यसले समुदायमा अन्यौलपूर्ण मनोविज्ञान निर्माण गर्न मुख्य भूमिका खेलेको देखिन्छ । पूर्व माओवादीले पहिचानको कुरा उठाए पनि लिम्बू समुदायको बहुआयामिक पहिचान के हो ? भन्ने कुुरा स्पष्ट पार्न नसक्दा निराशा मात्र पैदा भएको देखिन्छ । लिम्बुवान नामधारी पार्टीहरूले पहिचानको कुुरा निरन्तर राखिरहे पनि अन्ततः अन्यौलपूर्ण अवस्थामै रुमलिएका देखिन्छन् । उनीहरूले पहिचानको बहुआयामलाई खुट्याउन नसक्दा उनीहरूको राजनीतिको खम्बा कमजोर हुन पुगेको छ । समग्रमा बहु राजनैतिक वैचारिक प्रशिक्षणको प्रभाव लिम्बू समुृदायका लागि घातक बन्दै गएको छ । यसले नकरात्मक सूचकाङ्कहरू मात्र तयार पारेको देखिन्छ । राजनैतिक विचारको चस्माबाट पनि लिम्बू समुदाय आफ्नो मूल नीतिबाट विचलित भई विभाजित र भ्रमित अवस्थामा पुगेको छ ।
४. बौद्धिक जमात
लिम्बू समुदायमा यतिखेर सबैभन्दा ठुलो दोधारे मानसिकताकमा बौद्धिक जमात उभिएको देखिन्छ । अगुवाहरू नै अन्यौलग्रस्त भएपछि सिङ्गो समुदाय अन्यौलमा हुनु स्वाभाविकै हो । हिजो इमानसिंह चेम्जोङले लेखेका साहित्यहरूको गहन अध्ययन नगरी गाताको पछि लाग्दाको परिणाम अहिले यो जमातले भोगिरहेको छ । इमानसिंह चेम्जोङलाई आक्षेप लगाउने कुरा केही छैन । तर, लिम्बू समुदायका विद्वान्हरूले उनका साहित्यहरूको गुदी कुरा भन्दा पनि उनले पुस्तकको गातामा लेखेको किरात शब्दको पछि दौडने चरित्रले आज झन् अन्यौल सृजना गरेको छ । उनीहरू हिजो हतारमा उनको बाटोमा हिँड्न लाग्दा आज सामुदायिक गन्तव्यमा नपुगी गलत स्थानमा पुगेको देखिन्छ । उनीहरूले नै लिम्बू समुदायको प्रतिनिधि संस्कारको अगाडि किरात शब्द झुण्ड्याए ।
आफ्ना कृतिहरूमा किरात अवधारणा लाई प्राथमिकतामा राखे । उनीहरूको समस्या सायद यो होइन । उनीहरूले यो मनोविज्ञानबाट मुक्त हुन नचाहनु समस्या हो । त्यस माथि उनीहरू किरात याक्थुङ चुम्लुङले देखाइरहने प्रलोभनमा फस्नु र उनीहरूले निर्माण गर्ने निहित नीति तथा योजनाको शिकार हुनु नै गम्भीर समस्या हो । यसले लिम्बू समुदाय अन्यौल ग्रस्त मानसिकताबाट उन्मुतिm पाउन आम बौद्धिक जमातको भूमिका शुन्य हुँदै गइरहेको छ । यतिखेर आम लिम्बू समुदायलाई समुदायिक सही दिशा यो हो भन्नु पर्ने ऐतिहासिक जिम्मेवारी समयले दिए पनि यो अवसरबाट यो जमात निकै दुरीमा रही आफै अन्यौल ग्रस्त अवस्थामा देखिनुले उनीहरूको बौद्धिकतामा समेत आम लिम्बू समुदायले प्रश्न उठाउन थालेको देखिन्छ ।
५. युमा साम्यो महासभा नेपालको भूमिका
जब २०७४ माघमा युमा साम्यो महासभा नेपाल भन्ने संस्था लिम्बू समृुदायमा औपचारिक हिसाबले जन्म लियो तब लिम्बू समुदायको अन्यौलता सतहमा आयो । यस संस्थाले लिम्बू समुदायका हरेक विषयलाई मौलिकताको दृष्टिकोणबाट आम लिम्बू समुदाय तथा बाहिरी दुनियामा प्रस्तुत ग¥यो । यसले समुदायमा एक खालको तरङ्ग नै पैदा गरेको देखिन्छ । यो संस्थाले लिम्बू समुदायमा किरात धर्मको नाममा हिन्दु मनोविज्ञानको प्रशिक्षण भइरहेको कुरालाई उजागर ग¥यो । मुन्धुमको नाममा अप्राकृतिक मुन्धुमहरूको निर्माण भइरहेको कुुरा सिङ्गो समुदाय माझ राख्यो । यसले सिङ्गो समुदायको पहिचानलाई विस्तारै समाप्तिको दिशातिर जादै गरेको दृष्टिलाई प्रकाशमा ल्यायो ।
यसले उठाएको मुद्दाले आम पार्टीहरूले लिएको नीतिमा जनताले आशङ्का पैदा गर्ने स्थिति बनायो । यसले समुदायभित्र श्रीजंगा लिपिलाई किरात लिपि बनाइएको, मुन्धुमी सांस्कृतिक स्थलहरू मासिदै लगिएको कुरालाई सतहमा ल्यायो । यस संस्थामा पनि केही कमजोरी हुन सक्छन् । तर, यसले उठाएका विषयहरूले आम लिम्बू समुदायलाई सोचमग्न बनाएको छ । हिजोे जुन कुरा सत्य हो भनिएको थियो । त्यस माथि शङ्का गर्ने सुविधा लिम्बू समुदायमा जन्मिएको छ । यस्तो अवस्थामा लिम्बू जन्य राजनैतिक, सामाजिक, धार्मिक तथा अन्य खालका सङ्घ संस्थाहरूले चलाउने आफ्नो अभिष्ट तथा क्रियाकलापका कारण समुदाय एउटा अन्यौल ग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । यस अवस्थाबाट सिङ्गो समुदाय बाहिर आउन केही समय अवश्य लाग्दछ । यसको नेतृत्वदायी भूमिकाको खोजी लिम्बू समुदायमा व्यापक भइरहेको पनि छ ।
(युमा मुन्धुम दर्शन अभियन्ता)