जहाँ नारीको पूजा गरिन्छ त्यहाँ देवताको बास हुुन्छ । एउटा पुुरूष शिक्षित भयो भने एउटा व्यतिm शिक्षित हुुन्छ तर एउटा महिला शिक्षित भइन् भने सिङ्गो पिँढी नै शिक्षित हुुन पुुग्छ । इतिहास साक्षी छ, हरेक सफल व्यक्तिको पछाडि एउटा महिलाको हात हुुन्छ । अरूको कुुरा के गरौँ आज जुुन मेरो अस्तित्व छ जुुन ठाउँमा म पुुगेको छुु त्यो सम्पूर्ण मेरी ममताकी सागर करूणामयी आमाकै देन हो ।
तसर्थ, एउटा महिला परिवारको, समाजको र सिङ्गो राष्ट्रकै अपरिहार्य पाटोको रूपमा रहेको हुुन्छ । विडम्बना विश्वका कतिपय ठाउँमा अहिले पनि महिलालाई सामाजिक र पारिवारिक दृष्टिले अभिशापको रूपमा हेर्दछन् । यस्तो पुुरूषप्रधान देशको समाजको नकारात्मक र हिनतापूूर्ण सोच रहेछ कि पुुरूषको तुुलनामा महिला शक्तिशाली हुुँदैनन् । महिलालाई शक्ति, पूूर्ण अधिकार र स्वतन्त्रता दिइयो भने पुुरूषको आधिपत्यमाथि खतरा आउन सक्छ । जन्मसँगै हरेक जीव आन्तरिक शक्ति लिएर जन्मन्छन् तर त्यो आन्तरिक शक्तिलाई पारिवारिक वातावरणले प्रभाव पार्दछ । हाम्रै समाजमा कतिपय महिलाको आन्तरिक शक्ति पारिवारिक डर, सङ्कीर्ण सोचले दबिन पुुग्छ । यस्ता समस्या हुँदाहुँदै पनि शिक्षाको प्रकाश जसमाथि प¥यो तिनै महिला सक्षम बनेर समाजमा उदाउन पुग्छन् । यदि शिक्षाको प्रकाश महिलासम्म पुुग्यो भने हरेक महिला आत्मनिर्भर र स्वावलम्बी भई प्रज्वलित हुुनेछन् । हरेक दिन सयौं निर्दोष कन्याको भ्रूण हत्या हुनेछैन ।
सामाजमा महिला हिंसा, हत्या, शोेषण, बलात्कार, मानसिक द्वन्द्व, दुुःख, पीडासम्मका समस्यामा न्यूनीकरण हुुनसक्छ । सदियौँदेखि चल्दै आएको दाइजो प्रथा, घुँुघट प्रथा, छाउडी प्रथा, देवकी प्रथा, विधवा प्रथा जस्ता अन्धविश्वासले गर्दा हरेक महिलाको अस्तित्व बल्झिएको छ । हाम्रो पुुरूषप्रधान देशमा निर्दोष महिलाको स्वच्छ भावनासँग, उनीहरूको निरीह आँखाले देखेको सपना, रगतको एक एक थोपा, अस्तित्व, स्वाभिमान र आत्मसम्मानसँग हामी थोपारिएको प्रथा मनाउने गरेका छौँ । महिलाका यी सम्पूर्ण नाद विनाको रोदन, कथा व्याथा र पीडालाई मात्र शिक्षाकै शङ्खनादले गुुञ्जायमान गराउन सकिन्छ ।
तराई भेगका समाजमा व्यापक रूपमा रहेकोदाइजो प्रथा एक कुुप्रथा क्यान्सर जस्तै चर्किएको घाउ हो । यसको प्रभाव कम हुनुुका सट्टा दिन प्रतिदिन यसको स्वरूप झन् बल्झिँदै गएको छ । पहिला बाजी समाजसम्म सीमित रहे पनि वर्तमान समयमा मुस्लिम, पहाडीलगायत थारू समाजसम्म सल्किँदै गएको छ । तसर्थ यस्तो कुप्रथाबाट विकृत समाजलाई प्रभावमुक्त गर्न आमाबुुबाले कन्यादान नगरी छोरीलाई शिक्षादान गर्नु नै उद्देश्य र कर्तव्य सम्झिनुु पर्दछ । साथै शिक्षाको माध्यमले नै बेटी बचाउ, बेटी पढाउ, बेटीलाई आत्मनिर्भर बनाउ भन्ने नाराका साथ अघि बढ्नुुपर्दछ ।
वि.सं. २०६८ सालको जनगनणाअनुुसार पुुरुष ७५ प्रतिशत शिक्षित भए पनि महिला जम्मा ३५ प्रतिशत मात्र शिक्षित रहेको तथ्याङ्क देखियो । दिएका तथ्याङ्कलाई मध्यनजर गर्ने हो भने पुुरूषको तुुलनामा महिला ४० प्रतिशत कम शिक्षित देखिए । वि.सं.२०७२ को संविधान अनुसार महिलालाई शत प्रतिशतमध्ये कानूनी रूपमा जम्मा ३३ प्रतिशत आरक्षण दिएको भए पनि हाम्रो पुुरुषप्रधान समाजमा महिला अधिकार प्रायः नाममै सीमित रहेको पाइन्छ । जबसम्म महिला शिक्षित हुँदैनन् तबसम्म महिला कमजोर नै रहन्छन् । हाम्रो आँखा अगाडिको हृदयविदारक घटना हो ।
एउटी निर्दोष बालिका निर्मलाको बलात्कार गरी निर्मम र बिभत्स हत्या भएको देखियो । तर, दुुःखको कुुरा अहिलेसम्म उनले न्याय पाउन सकेकी छैनन् । यस्तो समाजमा त्यो शिक्षाको त्यो पुरूषत्वको के अर्थ ? आज पनि शिक्षाका अभावमा के पहाड के तराई सबैतिरका महिलाहरू किल्चिएकै, पछिपरेकै छन् । विशेषगरी तराई मूलमा प्रेमलाई स्वतन्त्र रूपमा स्वीकार नगर्ने भएका कारण मधेशका छोरीहरू अहिले पनि शिक्षाबाट वञ्चित रहेका छन् । जातपातको भेदभावले गर्दा, अर्को जातसँग छोरीले प्रेम गरिन् भने आमाबुुबाको इज्जत, मानसम्मान माटोमा मिसिन्छ, नाक काटिन्छ भन्ने सङ्कीर्ण सोचले गर्दा घर बाहिर रहेर शिक्षा प्राप्तिका लागि पनि छोरीलाई बन्देज लगाइएको छ ।
यस्ता धेरै समस्याको निवारण जबसम्म महिला शिक्षित हुँुदैनन् तबसम्म सम्भव हुँदैन । एक समयमै एउटी महिलाले विभिन्न भूमिका निर्वाह गरेकी हुन्छिन् । एउटै महिला आमा बनी छोराछोरीलाई शिक्षित बनाउँछिन् । दिदी बनी भाइबहिनीको मार्गदर्शक बन्छिन् । बुुहारी बनी सासुुससुुराको सहारा बन्छिन् । श्रीमती बनी श्रीमान्को काँधमा काँध मिलाएर हिँड्छिन् । एउटा प्रगतिशील घर, समाज, राष्ट्र हुुनका लागि महिला शिक्षा एक अनिवार्य पाटोको रूपमा रहेको हुुन्छ । यदि हामी सुुनौला भविष्य चाहिरहेका छौँ भने महिला शिक्षामा जोड दिनुुपर्दछ ।
भर्खर जन्मेका शिशुुलाई कुुन समयमा खाना, कति पोषणयुक्त दिने, कस्तो वाणी व्यवहार, कस्तो शिक्षा दिने सम्पूर्ण कुराको ध्यान महिलालाई नै हुुन्छ । यदि कुुनै बच्चाको वर्तमान उज्यालो भएन भने भविष्य अँध्यारो हुुन पुुग्छ । एउटा घरबाट समाज, समाजबाट राष्ट्र बन्छ । यदि घर नै शिक्षित भएन भने न समाज न राष्ट्र नै शिक्षित हुुन्छ । अशिक्षाका कारण समाजमा विभिन्न किसिमका विकृति विसङ्गतिले जरो गाड्न पुुग्छन् र त्यसको असर सिङ्गो परिवार, समाज हुँदै राष्ट्रसम्म पर्छ । महिला र पुुरूष एक रथका दुुई पाङ्ग्रा हुन् । एउटा पाङ्ग्रा भएन भने त्यो रथ लङ्गडो जस्तै सुस्त वा गतिरहित हुन्छ । जुुन समाजमा महिला शिक्षित छैनन् त्यो समाजको आधा भाग नै कमजोर भएकाले पछौटे र कमजोर हुन पुग्छ ।
तसर्थ एउटी महिला शिक्षित भइन् भने सिङ्गो परिवार, समाज हुँदै राष्ट्रलाई परिवर्तनको मार्गमा लम्काउन सकिन्छ । विश्वका विकसित राष्ट्रहरूलाई पनि मध्यनजर गर्ने हो भने पुरूषको तुलनामा महिलाहरू पनि शिक्षामा अगाडि रहेका देखिन्छन् । कदममा कदम मिलाएर हिँडेका छन्, काँधमा काँध मिलाएर उभिएका छन् ।
भर्खरको घटना हो, अमेरीकाकी वैज्ञानिक क्रिस्टिनाले आन्तरिक्षको सबभन्दा लामो यात्री बनी इतिहास बदलेकी छिन् । विदेशीबाट पनि केही सिकेर हामी परिवर्तनको मार्गमा हिँडौँ । आफ्नो राष्ट्रलाई विश्वका अगाडि चिनाउनुछ भने महिलालाई छोरीलाई अभिशापको रूपमा नहेरी वरदानको रूपमा हेरौँ ।
(मधेश दर्पण फिचर सेवा)