नर्सिङको इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिप्रेक्ष्यमा नर्सहरूको महत्व अनि विकास धेरै भइरहेको छ । नर्सविनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना भएपछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउण्डर र भारतमा तालिम लिएका केही औंलामा गन्न सकिने व्यक्तिहरू मात्रै थिए । वीर अस्पतालको इतिहास पल्टाउँदा उतिबेला ड्रेसिङलगायत अन्य उपचारहरू कम्पाउण्डर या डाक्टर स्वयंले गर्ने गर्दथे भन्ने स्पष्ट थाहा पाइन्छ ।
बाहिर विश्वयुद्धको अग्नि दनदनी बलिरहेको थियो । मान्छेहरू दिनहुँ हताहत र घाइते भइरहेका थिए । सानो टुकी बालेर फ्लोरेन्स नाइटिङ्गल घाइतेहरूको सेवामा हरपल तत्पर थिइन् । गएको शताब्दीमा संसारभरिका मान्छेहरूले अत्यन्त महŒव दिएर आदरणीय रूपमा हेरेको नर्सहरूको बारेमा कुरा गरौँ ।
सेतो कोट लगाएकी, कपालमा रिबन लगाएकी, औषधीहरू बोकेकी अनि मुस्कानसहितको सेवा प्रदायक स्वास्थ्य परिचारिका नर्स । नर्स भन्नासाथ अस्पतालको याद आउँछ अनि मुख्य कुरा स्वास्थ्य सुधार अनि ममतामयी सेवा पनि याद आउँछ । हरेक वर्ष माघको १५ गतेका दिन नेपालमा नर्स दिवस मनाइन्छ ।
नर्सिङ को इतिहास नेपालमा खासै पुरानो भने छैन तर अहिलेको परिपे्रक्ष्यमा नर्सहरूको महŒव झन् झन् बढ्दै गएको छ र विकास धेरै भइरहेको छ । नर्स विनाको अस्पतालको परिकल्पना पनि गर्न सकिँदैन । सन् १९४७ मा वीर अस्पतालको स्थापनापछि नर्सिङ सेवाको नेपाली इतिहास वि.सं.२०१३ बाट मात्र शुरु भएको देखिन्छ ।
त्यतिबेला जब केही गृहणीहरूलगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । राणा शासनका क्रममा सभ्रान्त परिवारमा स्वास्थ्य उपचार अनि नर्सिङको महत्व चाल पाएर नेपालमा नर्सिङको शुरुवात भएको विश्वास गरिन्छ । राणाकालमा चारजना नेपाली चेलीहरू विधावती कंसाकार, राधादेवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको अलाहवादवाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास पाइन्छ ।
त्यसपछि क्रमश नेपाली महिलाहरू भारतमा ४ वर्ष ९ महिने लामो नर्सिङ कोर्स गरेर आउने चलन बढेको पाइन्छ । आज गल्लीपिच्छेका अस्पताल अनि क्लिनिकहरूमा नर्सहरूको उपस्थिति बाक्लै देख्न सकिन्छ, शहर शहरमा नर्सिङ कलेजहरू खुलेका छन् अनि अझ विदेश जान सहज हुने भएकाले नर्सिङ प्रतिको आकर्षण बढ्दै गइरहेको छ । नर्सिङको अचम्मको कुरा के छ भने यो व्यवसायमा पुरुषहरू नगण्य मात्रामा छन् । केही समय अघि केही नर्सिङ कलेजहरूले पुरुषहरूलाई पनि नर्सिङ तालिम दिए पनि पछि गएर पुरुषहरू यस व्यवसायमा उत्ति आकर्षित नभएको पाइन्छ ।
शायद माया, स्नेह अनि ममतामयी यो व्यवसायमा महिलाको मधुर उपस्थिति नै अत्युत्तम लागेको हुनसक्छ । बिरामी हामीमध्ये जोकोही पनि पर्न सक्छौँ, मनोवैज्ञानिक रूपमा पनि उपचारका क्रममा ममता अनि सकारात्मक सोचका साथ आसलाग्दो व्यक्तित्वहरूको उपस्थिति र सहयोगले छिटै निको हुने देखाउँदछ स्वास्थ्यविज्ञानले । हामी सबैलाई नर्सहरूबाट अझै धेरै सद्भाव र आशाको अपेक्षा छ ।
शुरुशुरुमा नर्सिङलाई दुःख लाग्दो व्यवसाय, रात्रीकालीन ड्युटी पर्ने, बिरामी अनि घाउ रगतसँग काम गर्नुपर्ने जोखिमपूर्ण पेसाका रूपमा उति राम्रो रूपमा नहेरे पनि आजको नेपाली समाजमा नर्सहरूको उपस्थिति अनि चित्र बडो गज्जब र सम्मानित रूपमा स्थापित भएको छ । नर्सिङ पेसा केवल पेसामात्र नभएर सेवामूलक व्यवसाय हो । यसलाई नेपालमा स्थापित र सम्मानित बनाउन यहाँ काम गर्ने सबै नर्सहरूको विशिष्ट योगदान रहेको छ । देशभरि कार्यरत रहनुभएका सबै नर्सहरूप्रति राष्ट्रिय नर्सिङ दिवसको अवसरमा हर्दिक शुभकामना ।
(लेखक बीपी प्रतिष्ठानका मेट्रन हुन्)