एक दिनपछि नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० मा प्रवेश गर्दै छौं । यो भ्रमण वर्ष २०२० मा नेपालमा २० लाख पर्यटक भिœयाउने लक्ष्य सरकारको छ । यो मात्रामा पर्यटक आउन मासिक १ लाख ६६ हजार ६ सय ६७ जना भिœयाउनु पर्ने हुन्छ । नेपालमा विश्वको थुप्रै मुलुकबाट विदेशी पर्यटक आउने गरेको तथ्याङ्क पर्यटन बोर्डसँग छ । तीमध्ये भारत पनि एक हो । छिमेकी मुलुक भारतबाट धेरैभन्दा धेरै पर्यटक भिœयाउने लक्ष्य यदि सरकारले राख्ने हो भने यो सङ्ख्यामा पर्यटक पु¥याउन कठिन छैन । अहिले त तीन तहको सरकार छ । ती सरकारहरूले चाहेको खण्डमा भ्रमण वर्षको सार्थकता सहजै पूरा हुनेछ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले पर्यटकलाई आकर्षित गर्ने कार्यक्रमहरू भएमा भ्रमण वर्ष सफल हुनेछ । तर, ती कामहरू हामी र हाम्रो सरकारबाट भइरहेका छन् कि छैनन् त । यो चाहिँ मननयोग्य विषय हो ।
नेपालमा अहिलेसम्मकै तथ्याङ्कलाई केलाउँदा सन् २०१७ मा सबैभन्दा बढी ९ लाख ४० हजार २ सय १८ जना पर्यटकहरू आएको देखिन्छ । जसमा हवाई मार्गबाट नेपाल प्रवेश गर्नेको सङ्ख्या ८१ प्रतिशत छ । अन्य स्थलमार्गमार्फत् नेपाल आइपुगेको देखिन्छ । त्यसो त सन् २०१० यतादेखि पर्यटक आगमनको अनुपातमा व्यापक सुधार भइरहेको छ । स्थायी शान्ति नै यसको मूल कारण हो । यससँग जोडिएको अर्को विषय भनेको नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरमा गरेको हवाइ सम्झौता पनि एक कारण हो । सन् २०१७ सम्ममा ३८ वटा देशसँग हवाइ सम्झौता भएका थिए । तीमध्ये १६ देशसँग सिधा हवाइ सेवा सञ्चालन भएको स्थिति थियो । सन् २००७÷०८ तिर २५ वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले सेवा दिएका थिए । यस हिसाबले पनि नेपालको पर्यटनको हिस्साको अवस्थालाई चित्रण गर्दछ । स्थलमार्गमार्फत् आउने पर्यटकहरू एकदमै न्यून छन् । भारत, बङ्लादेश, भुटानका नागरिकहरू मात्रै नेपालमा स्थलमार्गमार्फत् आइपुग्छन् । अधिकतर हवाइ मार्ग नै प्रयोग गरेर आउने गरेका छन् । सरकारले पर्यटन वर्ष भनिरहँदा यस कुरालाई पनि सुधार गर्नुपर्ने देखिन्छ । र, हरेक प्रदेशले किटान गरेर पर्यटक भित्र्याउने प्रण पनि गर्नुपर्छ । त्यसका लागि काम पनि गर्नुपर्छ । आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रहरू कुन–कुन हुन्, र ती क्षेत्रका विशेषता के हुन् ? किन त्यहाँ पुग्ने ? यस्ता विषयमा पर्यटकहरूलाई अधिकतर ज्ञान दिनुपर्छ ।
पर्यटन भनेको तामझाम मात्रै होइन । त्यसका लागि व्यवस्थित बसोबास पनि हुन जरुरी छ । पर्यटकहरूलाई आफूले चाहेअनुरूपमा सेवासुविधा भएन भने उनीहरू फेरि फर्किएर आउने स्थिति रहँदैन । प्रदेशका हरेक नगर, तथा गाउँपालिकाले पनि आफ्ना पर्यटकीय क्षेत्रको पहिचान गरेर त्यसको विकासका लागि काम गर्न सक्नुपर्छ । भ्रमण वर्षको सङ्घारमा जसरी हामी प्रवेश गरिरहेका छौं । त्यो अनुरूपको काम हुन नसक्दा चाहिँ पर्यटकहरूमा अनाकर्षण हुने सम्भावना बढेर जान्छ । हाम्रो भूमिमा कुन खालको पर्यटनको सम्भावना छ, आखिर विदेशीहरू लाखौं खर्चेर किन आउन चाहन्छन्, त्यसको अध्ययन हुन जरूरी छ । उनीहरूको रुचिको अध्ययन हुन आवश्यक छ । जस्तो, धार्मिक पर्यटन, प्राकृतिक पर्यटन, साहसिक पर्यटन, हिमाली पर्यटन, चराचुरुङ्गी, जीवजन्तु, वनजङ्गल भ्रमण जो नेपालमा विद्यमान छन् तीमध्ये के मा उनीहरूको रुचि छ ? त्यसलाई मनन गर्न जरुरी छ । त्यसो नगर्ने हो भने हाम्रो भ्रमण वर्ष औसत मै बित्नेछ । भ्रमण वर्षलाई फलदायी बनाउनका लागि पर्यटकका रुचिलाई पनि ध्यान दिनु जरुरी छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा पर्यटकहरूलाई उनीहरूकै रुचि अनुसार ‘मोटिभेट’ गर्न आवश्यक छ ।