मिना सधैंको भन्दा आज विहान अलिक सवेरै उठिन अनि आप्mनो नित्यकर्म पूरा गरी घरको काममा लागिन् । झिसमिस उज्यालो हुन लाग्दैथियो । यी ३ जना भुराभुरी पनि सबेरै उठे । घरका बुवा पलेटी कसेर विहानैदेखि किताव पढिरहेका थिए । अनि घरि घरि लेख्दै एकोहोरो सित घोरिन्थे । उज्यालो भूइमा खस्नै लाग्दा पारि क्षितिजमा सूर्यले लाली पठाउनै लागेको थियो, भ्mयालबाट चिसो सिरेटोले हान्दा कालीको बाबाको काने टोपी र गलवन्दीले राम्रै भाउ पाइरहेको थियो ।
मिना सोध्दै थिइन्, बूढो मान्छे चिया ल्याइदिउ की ? हुन्छ, ल्याउन है ’ चियाको चुस्की सँगै के सम्झिन्थे कुन्नी आज केही भावूक तर कता कता अनुहारमा खुशीका रंगहरु पोतिएको झैं देखिन्थ्यो ।
पौष महिनाको कठ्याङ््ग्रीदो चिसोको पर्वाह नगरिकन ठूलीकाली र सानीकाली घरको आगनमा चुङ्गी खेल्दै गीत गाउँदै थिए, भेडीगोड चर्दा नि चर्दा रात परि गयो , लौ अव ल्याए गोठैमा गोठालाहरुले.......। सधैं स्कूल लाग्दा अवेर सम्म सुत्नेहरु आज छु¤ीको दिन विहानै हल्ला गर्दै थिए । सानी कालीले चुंगीलाई खुट्टाले खेलाउँदै उफार्दै पचासबाट उकालो लगाउदै थियो । यत्तिकैमा रि¦ेले जोडले जमाएर हान्दा अर्को घरको आगनमा पुग्छ अनि सानीकाली रुन थाल्छ, ठूली काली वैनीलाई फकाउन थाल्छे । यतिकैमा आमाले सवैलाई कराउँदै सवैजना आप्mनो हात, खुट्टा धोएर अव लूगा लगाउ, चर्च जानुपर्छ, सवै फुरुङ्ग ’ चुंगी विर्सिएर सवैजना हात धोएर नयाँ लुगा लगाएर तयार हुँदै थिए । केहि खाजा खाइसकेर चर्च जान बाटो लागे । भरे चर्चमा बेलुन पनि यसरी नै दिउँला, मुख छोप्दै खिस्स खिस्स हास्दैँ.... ।
चर्चमा आज सदा भन्दा अलिक भिन्न रौनक छ । भित्र बाहिर अनी चारैतिर बत्ती, बेलुन, क्रिस्मसट्री, पूmलमाला, तारा र व्यानरले सजाएको छ, सुमधुर गीतको आवाज घन्किरहेको छ । वालक येशू आज है जन्मे गाईको गोठमा, संसारका मुक्तिदाता ख्रीष्ट प्रमु हाÒसो छ ओठमा ....।
यत्तिकैमा माथिल्लो गाउँदेखि जुरेली र उनका साथीहरु एकहूल बारीको कान्लैकान्ला हाम फाल्दै झरे । अनि सुरक्षा, आइता र सीताले सोध्दै थिए, अंकल आज हामी नाच्न पाउँछौ कि पाउँदैनौं ? हामी त सानो नाटक पनि गर्छौ नि हुन्न ? उता चर्च घरको पछाडी अगेनोमा दाउरा ठेल्दै सूर्यमाया भन्दैथिइन बिना वैनी यसपाली त पोहोरको भन्दा अलिक जाडो छ है, जाडोमा त सवैले अलिक धेरै खालान हो मासु पो नपुग्ने हो कि ? लसुन, प्याज केलाउने निसा सोध्दै थिइन, सेलरोटी चै कति छ नि ?
विहानको ११ वज्नै लागेको थियो, ढोकामा लिला दाई, टिका, गंगा, सोवित, शुष्मा लहरै वसेर आगन्तुकहरुलाई स्वागत गर्दै थिए । आउने जति सवै र निम्तालुहरु लगभग सवै आइसकेका थिए । भित्रबाट सानो माइकमा बोल्दै थिए एकराज र अमृत भन्दै थिए अव हामी गीत गाउँदै क्रिस्मस सुरु गरौ है । संगित झुण्ड सवै आउनुहोस् अनि रोहन सवैलाई जम्मा गर्न लागे ।
संगीत झुण्डले गीत गाउन के सुरु मात्र गरेको थियो, सूर्यमाया भान्सा छोडेर नाच्न आइन् । अहो ’ कति रमाइलो । खुशीको दिन आयो , मुक्तिदाता प्रभुको वेतलेहेममा जन्म भो .....
सवैजना स्वरमा स्वर मिलाई गाउँदै नाच्दै रमाउन थाले सानी नानीहरुले नाटक, नृत्य प्रस्तुत गर्दै थिए यत्तिकैमा कालीका बाबु विगतलाई सम्झिन थालेः
२०४६ सालको जनआन्दोलन पछि देशमा बहुदलीय व्यवस्थाको घोषणा सँगै राजनीतिक तथा धार्मिक आस्थाका बन्दिहरु रिहाई भए पछि वाक तथा प्रेस स्वतन्त्रता र मौलिक हकको व्यवस्था सँगै नेपालमा इसाई धर्मावलम्वीहरुले पनि स्वतन्त्ररुपमा आप्mनो धर्म र आस्था अनुसारको पूजा आराधना र तत्सम्बन्धी क्रियाकलापहरु गर्न लागे । यहि सेरोफेरोमा सानी कालीको वुवाले पनि भारतको कोलकतामा नृत्य सिक्न जाने इच्छा गरे अनुसार त्यसतर्फ हानिए तर समय वित्दै जाँदा परिस्थितिले अर्कै मोड लियो नृत्य सिक्न नपाएर भड्किएका यी पात्र एक रातको सपनामा उनले यो दृश्य देखे, सफा निलो आकाश उनी आकाश तिरै हेर्दै थिए, सेतो सफा वादलको एक टुक्रा उनी तिरै झर्दै थियो । अनी त्यही वादलको बीचबाट त्रूmशको चिन्ह अनि दुई छेउबाट दुईवटा हातले आउ आउ भने झैं इसारा गर्दै थियो । जव व्यूझिए सपना पो रहेछ भनि मनमा गुन्दै विचार गर्दै निर्णय गरे यो पक्कै केहि संकेत हुनुपर्छ । त्यसपछि उनले एकजना वंगाली दाईलाई यो कुरा सुनाए र तिनले भने यो पक्कै गीर्जा घरको संकेत र जीजस क्राइष्टले तिमीलाई बोलाएको हुनुपर्छ, सो तिमी आज नै गीर्जा घर जाउ भनि सल्लाह दिदै बाटो देखाइदिए । जव तिनी गीर्जाघर सोध्दै पुगे, त्यहाÒ रमाइलो वातावरणमा मानिसहरु खुशी आनन्द मनाइरहेका थिए तर मानिसहरु किन यति साह्रो खुशी र आनन्दले रमाउदै नाच्दै गाउँदैछन् भन्ने कुरा तिनलाई थाहा थिएन । अनी सोच्दै थिए.....म पनि यसरी नै रमाउन पाए त ? तर मेरो जीन्दगी किन यस्तो यो अन्जान सहरमा न कोही आफन्त न कोही सहारा......मदिराको कुलतमा फस्नै लागेको जवानी नै भए पनि बुढेसकाल जस्तो अवस्थाको जिन्दगी.....यस्तै यस्तै ....यत्तिकैमा ठूली कालीले छेवैमा आएर सोध्न लागिन्, बाबा आजको ख्रीष्मसको सन्देश के छ ? तिनी झल्यास्य भइन ।
जव तिनले उठेर उपस्थित चर्चका सम्पूर्ण सदस्य तथा आमन्त्रीत सवैलाई स्वागत सहित अभिवादन गर्दै भन्न लागे ः प्रिय दाजुभाई, दिदी बहिनी, आमा बुवा अनि साना नानीबाबुहरु आज हाम्रो चर्चभवनमा हर्षोल्लासका साथ नाच्ने, गाउने जुन क्रियाकलाप भइरहेको छ, यो ज्यादै आनन्दमय छ । आज खुशीयालीको दिन, आज भन्दा करिव २ हजार वर्ष पहिले इस्रायलको वेतलेहेम गाउँमा एउटा गाईको गोठमा वालक येशूको जन्म भयो । सारा मानव जातीको पाप, अधर्म मेट्न र त्रूmशमा वलि हुन आउनु भएका येशू ख्रीष्टलाई मैले पनि आज भन्दा करिव २९ वर्ष पहिले ह्दयमा विश्वास गरी ग्रहण गरें ।
त्यसपछि मेरो जीवनमा पनि अचम्म तरिकाले परिवर्तन आयो । ममा आशा थिएन, लक्ष्य विहिन र उद्देश्य रहित जीवन जिईरहेको थिए । तर येशू ख्रीष्टलाई ह्दयमा निम्त्याएर ग्रहण गरेपछि मेरो जीवनको अर्थ मैले पाएÒ अनि आज यहि बाटोलाई पछ्याउँदै यस घडी वाइवल बाटोको असल खवर एक सन्देशको रुपमा सवैलाई बताउँछु कि आज भन्दा दुई हजार वर्ष पहिले परमेश्वरका पुत्र येशू एक कन्याको गर्वद्वारा जन्मलिई आउनु भएका उहाँ ख्रीष्ट अर्थात सारा मानिसको पाप, अधर्मको निम्ति त्रूmशमा वलि हुन स्वर्गबाट मानवरुप लिएर आउनुभएको पापको वलिका निम्ति तयार भएर आउनु भएको एक थुमा । सारा संसारलाई प्रेम गरिकन धरतीमा आउनु भएका येशू सवैका निम्ति मुक्तिदाता हुनुहुन्छ । उहामा विश्वास गरे पापबाट छुट्कारा र मुक्ति पाइन्छ, जो सित्तैमा पाइने अनन्त जीवन हो । मैले मेरो चर्च जाँदाको प्रथम दिन यसरी नै मानिसहरु खुशी र आनन्दसाथ रमाइरहेको देखें । त्यस्तो खुशी मैले पनि प्राप्त गर्न पाए हुन्थ्यो भन्दै विचार गर्दै गर्दा एकजना विजय थापा नाम गरेका व्यक्तिले मलाई येशूको वारेमा वताउन लागे । उहा अर्थात येशू संसारको ज्योती र मुक्तिदाता हुनुहुन्छ । उहाÒ सवै मानिसलाई प्रेम गर्ने परमेश्वरका पुत्र येशू हुनुहुन्छ । उहामा आशा र विश्वास राख्नुहोस् आजको दिन तपाईको निम्ति एक विशेष दिन हुन सक्दछ कि आज क्रिस्मस । मैले प्रश्न गरें आज क्रिस्मस ? उनले भने, हो आज २५ डिसेम्बर, आज क्रिस्मस । त्यहि दिने देखि आजसम्म मैले हरेक दिन ख्रीष्टमस मनाउँदै आएको छु । किनकी उहाँ मेरो ह्दयमा हरेक विहान जन्मनु हुन्छ अनि मेरो ह्दय उहाँमा नयाँ र परिवर्तित अनि आनन्दित हुदैछ । यसैले तपाईंको निम्ति पनि आज क्रिस्मस....’