पहिचान र अस्तित्व बचाउन समग्रमा धनकुटाका परिर्वतनका पक्षमा उभिएको छ । धनकुटा आफ्नो बिरासत कायम राख्न पनि परिर्वतनको पक्षमा उभिएको हो । इतिहास बोकेको वर्तमान र भविष्य भएको धनकुटालाई भूत बङ्गला हुन नदिन धनकुटा परिवर्तनको पक्षमा अगाडि बढ्दै गएको छ । धनकुटा वासी अब चुप लागेर पस्ने हो धनकुटा झन् सुक्दै जान्छ अव धनकुटावासी जग्नुपर्छ, उठ्नुपर्छ अनि अगाडि बढ्नुपर्छ धनकुटालाई बचाउन ।
पुरानो परम्परागत शैलीबाट होइन नयाँ ढङ्गबाट सिङ्गो धनकुटा जिल्ला अहिले आफूलाई परिर्वतन गर्दै छ । नयाँ सोच र नयाँ जागरणका साथ समग्र धनकुटा आमूल परिवर्तन गर्न सबै जुट्नुपर्छ । धनकुटाको पहिचान र अस्तित्वको रूपमा रहेको धनकुटाबजार र हिलेबजारलाई अब सबैको सहभागिता र सहयोगमा नमूना बनाउनुपर्छ । धनकुटा बजार र हिले बजारको सम्बन्ध नङ र मासुको सम्बन्ध जस्तै हुनुपर्छ । धनकुटालाई दुख्दा हिलेलाई पनि दुख्नु पर्छ । हिलेमा खुशी छाउँदा धनकुटा पनि हाँस्नुपर्छ । धनकुटा रुँदा हिले पनि रुन सक्नुपर्छ । हिले बजार धनकुटा नगरपालिकाको वडा नं. १ हो भने धनकुटा बजार धनकुटा नगरपालिकाको वडा नं. ५, ६ र ७ हो । धनकुटा हिले एक अर्काका पूरक हुन् ।
धनकुटा सधैं परनिर्भरताका कारण १ नम्बर प्रदेशको राजधानी धनकुटा नराख्ने निर्णय सँगै धनकुटा सुक्दै गएको मात्र हो । धनकुटाबजारको पनि आफ्नै इतिहास र आफ्नै महŒव छ । धनकुटाबजार र हिलेबजार वासीहरू परिवर्तनको पक्षमा अहिले उभिनु भएको छ । हिले र धनकुटा बजारका नागरिकहरूसँगको सहकार्यबाट धनकुटा बजार र हिले बजारलाई परिर्वतन गर्न सम्भव छ । हिलेबजारको समृद्धिका आधार पर्यटन, व्यापार र चिया खेती नै हो भने हिले बाहेकका अन्य वडाको विकास एभोकाडो र ड्राईगन खेती हो । अनि, धनकुटाको समग्र विकास भने कृषि,उद्योग, पर्यटन, व्यापार ,स्वास्थ्य र शिक्षा नै हो । हामीलाई विश्वास र भरोसा छ हामी धनकुटाबजार र हिलेबजारलगायत समग्र धनकुटाको विकास र समृद्धि हाम्रै नेतृत्वमा सबै धनकुटावासी नागरिकहरूको सहयोग र समर्थनमा उहाँहरू सँगसँगै हातेमालो गर्दै चाँडै गर्न सकिन्छ ।
धनकुटा र हिलेको समृद्धि र विकासका लागि सक्षम र सशक्त अनि विश्वासिलो भरोसायुक्त नेतृत्व आवश्यक छ । धनकुटा र हिलेको विकास र समृद्धिका लागि अहिलेको हाम्रो तन्नेरी पुस्ता सबैका आशा र भरोसाका साथ अगाडि बढ्दै छ । धनकुटाको चहलपहल अहिले दिन प्रतिदिन हराउँदै गएकाले धनकुटाबजार र हिलेबजारको विकास सँगसँगै गरेमात्र धनकुटा नगरको विकास हुन सक्छ । धनकुटाबजार र हिलेबजार एक अर्काको पुरक हुन धनकुटा बजार र हिले बजारलाई पर्यटन क्षेत्रको माध्यमबाट प्रमुख गन्तव्य स्थलको रूपमा विकास गर्नुपर्छ । धनकुटाबजार र हिलेबजारको नयाँ ढङ्गबाट विकास अभियान सञ्चालन गरे सुक्दै र शून्यता छाउदै गएको धनकुटाले जीवन्तता पाउन सक्छ अनि हिलेबजारले समेत नयाँ आयामका साथ विकासमा छलाङ मार्छ । धनकुटा बजार र हिले बजारलाई विशेष योजनाका साथ नमूना बनाउन अभियान सञ्चालन गर्नुपर्छ । धनकुटा बजारमा मेडिकल कजेललगायत शैक्षिक तथा स्वास्थ्य क्षेत्रको माध्यमबाट विकास गर्नुपर्छ । हिलेबजारलाई उद्योग, व्यापार, पर्यटन क्षेत्रबाट समेत नेपालमा नै प्रख्यात बनाउन सकिन्छ ।
धनकुटामा व्यापार व्यवसाय सुक्दै जाँदा धनकुटाबजारबाट दिन प्रतिदिन धरान, इटहरी र विराटनगरमा बसाइँ सराइ तीव्र रूपमा बढेको छ । हिले बजारमा भने जनसङ्ख्या बढ्दै गएको पाइन्छ । यो क्रम जारी रहने हो भने धनकुटाबजार रित्तिदै जाने हिलबजार भरिदै जाने देखिन्छ । पूर्वको सुन्दर शहर धनकुटा अहिले नेपालकै नमूना शहर बन्दै छ । सुक्दै र शून्यता छाउँदै गएको धनकुटालाई पनि हिलेसँगै नमूनाको रूपमा विकास गर्न सबै जुट्नुपर्छ । धनकुटाको प्रमुख व्यापारिक केन्द्र हिलेलाई अहिले पूर्वी नेपालकै नमूनाको शहर बनाउनका लागि अभियान नै सञ्चालन गरिएको छ । धनकुटालाई पनि जीवन्तता दिनका लागि स्वयम धनकुटावासी कसैको मुख नताकी अब आफै जाग्नुपर्छ ।
हिलेको विकाससँगै धनकुटाबजारको विकास भए मात्र हिलेको चाँडो विकास हुन्छ । अब हिले र धनकुटबजारको विकास सँगसँगै गर्नुपर्छ । हिलेबजार र धनकुटाबजारको विकास सँगैसँगै गरेमात्र विकासले पूर्णता पाई सफलता प्राप्त गर्न सक्छ । हिले र धनकुटा बजारको समग्र विकासमा सबै निकाय तथा स्थानीय वासिन्दा जुट्नुपर्छ । विकास स्थानीय जनताको आवाश्यकता, चाहना र सहभागितामा गरेमात्र चाँडो र दिगो विकास हुन्छ । धनकुटाको हिलेबजारलाई नेपालकै सुन्दर तथा नमूनाको शहर बनाउन अहिले बजार क्षेत्रमा रहेको साँघुरो शहरलाई दायाँ बायाँ साढे सात साढे सात मिटर गरी जम्मा १५ मिटरको सडक बनाउने कार्य धमाधम भइरहेको छ । यस अभियानले हिलेको भविष्यको सुनिश्चिता दिएको छ ।
हिलेको त्रिशूलेमा विश्वकै ठूलो त्रिशूल बनाएर विश्वभरिका हिन्दु धर्मलम्बीहरू लाखौं हिलेमा भिœयाउन सकिन्छ । हिलेको शिरमा संसारकै ठूलो बुद्धको मूर्ति बनाएर संसारभरि कै लाखांै लाख बौद्धधर्मलम्बीहरू पनि धनकुटा हिलेमा ल्याउन सकिन्छ । धनकुटा नगरपालिकाको वडा नं.९ को मूलघाटको विश्रान्ती मन्दिर छेउको तमोर नदीमाथि विश्वकै अग्लो शिवजीको मूर्ति बनाउनुपर्छ । मूलघाटबाटै धनकुटा बजार नजिकै रहेको वडा नं.७ र ८ को सङ्गम स्थल चुलीवनको डाँडामा रहेको मन्दिरमा आउनका लागि केवुलकार निर्माण गरी धनकुटामा दैनिक सयौं मानिसहरू ल्याउनुपर्छ ।
तमोर नदीबाट लिफ्ट गरी चुलीवन डाँडामा नै पानी ल्याई ठूलो ट्याङ्की बनाएर धनकुटा बजारमा रहेको चर्को खानेपानीका समस्या समाधान गर्ने र वडा नं. ७ र ८ मा रहेको सुख्खा ग्रस्त क्षेत्रमा सिचाईको व्यवस्था गरी कृषि उत्पादन गरी त्यस क्षेत्रको कायापलट गर्नु पर्छ । तीन जिल्लाको प्रमुख नाका रहेकाले हिलेलाई व्यापारिक केन्द्रको रूपमा समेत झन् व्यवस्थित रूपमा विकास गर्न सकिन्छ । हिमाल तथा पहाडमा पाईने जडिबुटी, फलफूलहरूको गोदाम नै हिलेमा रहेको छ । तराईबाट पहाडतर्फ लानका लागि धेरै धेरै दैनिक उपभोग्य सामाग्रीहरू र अन्य सामानहरूका प्रसस्त गोदामहरू हिलेमा भेटिन्छन् । हिमाली तथा पहाडी अनि तराईका व्यापारीहरू हिलेमा गोदाम राखेर हिमाल, पहाड र तराईमा व्यापक रूपमा व्यापार गर्दै आउनु भएको छ । हिलेलाई अझै व्यवस्थित गरी ठूलो व्यापारिक केन्द्रको रूपमा अझ विकास गर्न सकिन्छ ।
हिले धनकुटाबजारको शिर र धनकुटाबजार हिलेबजारको शरीर र खुट्टा अनि हात भएकाले हिलेको विकासमा धनकुटाको पनि ठूलो सहयोग महŒवपूर्ण योगदान हुनुपर्छ र धनकुटाको विकासमा पनि हिलेको महत्वपूर्ण सहयोग हुनु जरुरी भएको छ । सरकारले धनकुटालाई बेवास्ता गरेका कारण धनकुटा सुक्दै गएको हो । धनकुटाको परनिर्भरताका कारण नै सरकारी तथा राजनैतिक निर्णयका कारण कहिले सुस्ताउने हराउने तथा कहिले चम्किने गर्दै आएको छ । धनकुटालाई सधैं चहलपहल युक्त शहर बनाउन मेडिकल कजेललगायत विभिन्न शैक्षिक संस्थाहरूको स्थापना र पर्यटन क्षेत्रहरूको प्रचार प्रसार गरी पर्यटन दैनिक सयौं आउने वातावरण बनाउन सकिन्छ ।
धनकुटालाई सङ्कटमा पनि बचाउन सकिने सीप, जाँगर र धन धनकुटेलीसँगै छ । धनकुटेलीहरूले आफूलाई आफूले चिन्न मात्र नसकेको हो । परिवर्तन अव आफैबाट प्रारम्भ गरौँ । सिङ्गो धनकुटालाई परिर्वतन गर्न अहिले धनकुटावासी नयाँ नेतृत्वको खोजीमा अगाडि बढ्दै छ । धनकुटाबासीसँगै धनकुटालाई बचाउने सामथ्र्य छ । धनकुटावासी अब कसैको मुख नताकी परिवर्तनको पक्षमा अगाडि बढ्नुपर्छ । परिवर्तनले मात्र अब धनकुटालाई बचाउन सकिन्छ । धनकुटालाई बचाउन हामी धनकुटाबासी अगाडी नबढ्ने हो भने पुर्खाहरूले सराप्ने र भावी पुस्ताले धिक्कार्ने अनि वर्तमान र इतिहासमा कलङ्क लाग्नेछ ।