विषय प्रवेश
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँगै सत्तामा रहेका समाजवादी पार्टीको बैठक कार्तिक २८–३० मा केन्द्रीय कार्यालयमा बस्यो । सो बैठकमा सरकार छाड्ने कि बस्ने भन्ने विषय मुख्य एजेन्डा बनाएको भए पनि दिल्ली संस्थापनको इसारामा तेस्रो शक्ति निर्माणका लागि राजपासँग एकीकरण गर्ने सन्दर्भमा छलफल भएको बताइन्छ । राजपासहितका मधेश केन्द्रित दलका नेताहरूको आँखा समाजवादी पार्टीको बैठकमा परेको समेत उल्लेख गरेको छ । वि.संं २०७२ सालको नाकाबन्दीपछि काठमाडांैको सम्बन्ध दिल्लीसँग टाढिँदै गएको र बेइजिङसँग नजिक बन्दै गएको विश्लेषणसमेत हुँदै आएको छ । दिल्ली इतरपक्षले संस्थापन पक्षलाई २०७२ को नाकाबन्दीले काठमाडौं- दिल्ली सम्बन्ध चिसो हुँदै गएको र बेइजिङसँग निकट बन्दै गइरहेको निष्कर्ष निकाल्दै नेपालप्रतिको पुरानो रणनीतिमा समेत परिवर्तन गर्नुपर्ने सुझाव दिएका दिएका थिए । “काठमाडौं –दिल्ली संस्थापनबीचको चिसिदै गएको सम्बन्धलाई फर्काउन दिल्ली श्रृङ्खलावद कसरत गरिरहेको छ” (10 Nov 2019:22) यसरी काठमाडौं–दिल्ली बिचमा गुमेको सम्बन्धलाई फर्काउन अजित डोभाल काठमाडौं केन्द्रित रहेका र डोभाल रोडम्याप कार्यान्वयनमा ‘रअ’ का नेपाल चिफको दौडधुप रहेको छ ।

डोभालसँग उपेन्द्र यादवको सम्बन्ध बाक्लो हुँदै गएपछि अध्यक्ष महन्थ ठाकुरलाई समेत डोभालले टेलिफोन वार्ता गरेको बताइन्छ । यसरी यादव र ठाकुरलाई पार्टी एकीकरण गर्न दिल्ली संस्थापनको इसारामा डोभाल रोडम्यापमा दबाव दिइरहेको स्रोत बताउँछ । खासगरी नेपाली काङ्ग्रेस पनी उत्तरतर्फ लहसिन थालेको बुझाइमा भारतीय संस्थापनपक्ष नेपालमा तेस्रो शक्तिको खोजीमा रहेको छ (2019 Nov10) । चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गर्नु पूर्वसन्धयामा नै विआरआई प्रोटोकलमा नेपालले हस्तक्षर गरेपछि “सत्तारुढ नेकपा चीनतिर ढल्कियोभनी अन्नपूर्ण पोष्टले समाचार छापेको थियो (2019 Sep 24)।

एकता प्रक्रियाको औचित्य र उद्देश्य
अशोक राईले नेतृत्व गरेको सङ्घीय समाजवादी पार्टी नेपाल र उपेन्द्र यादवले नेतृत्व गरेको जनअधिकार फोरम एकीकरण भएपछि सङ्घीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टाराईको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी एकीकरण भएपछि समाजवादी पार्टी गठन भएको छ । समाजवादी पार्टी र राजपा बिचको एकीकरण प्रक्रिया चर्चाको शिखरमा यति बेला रहेको छ । यद्यपि नामको विषयमा भने कतैबाट पनि खुलाइएको छैन । समाजवादी र राजपा बिचको एकीकरण ती दुवै पार्टीका भावनात्मक रूपमा नभएर दिल्ली संस्थापनको इसारामा डोभल रोडम्यापमा ‘रअ’ का नेपालस्थित चिफले सक्रियतापूर्वक यादव र ठाकुरलाई दबाव दिएको बताइन्छ (10 Nov.2019)।

यस कुरालाई पुष्टि केले पनि गर्न सकिन्छ भने २०७२ पछि खासगरी चीनसँग बिआरआई प्रोटोकलमा नेपालले हस्तक्षर गरेको छ भने चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा समाजवादी पार्टीका नेताहरूलाई सी.ले भेटघाट गरेनन् । दोस्रो “समाजवादी र राजपाका नेताहरूको राजनीतिक जीवनदृष्टि र कार्यशैली नमिल्ने बताउँछन् भाष्कार गौतम । (हेर्नुहोस् 10 Nov 2019) यसकारण दिल्ली काठमाडौं सम्बन्ध बिग्रिदै जानु र काठमाडौं बेइजिङ सम्बन्ध सुध्रिदै जानुले दिल्लीलाई टाउको दुखाइको विषय भएको छ । यहीकारण आफ्नो गुम्दै गएको प्रभुत्व र विरासत फर्काउन डोभालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समाजवादी र राजपालाई घुमाउरो दबाव दिएर एकीकरण भएको हेर्न चाहन्छ र आफू केन्द्रित बनाई तेस्रो शक्ति निर्माण गर्न चाहन्छ । जो मोदीको इसारामा चलोस् ।

दुवैपार्टी नेताहरूको स्वार्थको पहाड
समाजवादी पार्टी र राजपा बिचको एकीकरण प्रक्रियाको वार्ता भइरहँदा राजपाका नेता अनिल झाले समाजवादीसँग पार्टी एकीकरण गर्न अनिच्छुक रहेको बताएका छन् । यस कुरालाई समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाइबाट पनि पुष्टि गर्न सकिन्छ । उहाँ भन्नुहुन्छ “राजपासँग एकताको केही कुरा मिलेको केही मिल्न बाँकी रहेको छ । राजपाका ६ जना अध्यक्ष मण्डल छन् । केही अध्यक्षले एकातिर वक्तव्य दिइरहेका छन्, केही एकता पक्षमा छन् । ती सबै परिस्थितिलाई ध्यानमा राखेर पार्टी एकता हुन्छ ।” (द्धम्भअ द्दण्ज्ञढ नयाँपत्रिका) यसबाट सत्ताबाट नहटेका यादव राजपाका सबै नआए पनि पार्टी एकता जसरी पनि डोभाल रोडम्यापमा रहेर गर्ने पक्षमा देखिन्छन् ।

तर स्वार्थको पहाड आआफ्नै छन् । स्वयं यादव कार्यकारिणी अध्यक्ष र सत्तामा रहिरहने मनासयमा छन् भने बाबुराम भट्टराईले फस्ट म्यानको दाबी गरेका छन् । महन्त ठाकुर पहिलो वरीयताको सर्वमान्य नेता आफू हुनुपर्ने बताउँछन् । राजेन्द्र महतो कार्यकारणी समितिको नेतृत्व पाउनुपर्ने अडानमा र महेन्द्र यादव स्वस्थ्यको कारण शुरुदेखि नै एकताको पक्षमा देखिन्छन् । राजकिशोर यादव नयाँ अध्यक्ष मण्डलमा नेतृत्वमा जानुपर्ने अडान लिन्छन् भने शरदसिंह भण्डारी एकताको लागि इच्छुक तर मन्त्री पाए खाने पक्षमा रहेका छन् । यसरी दुवैपार्टीका ८ नेताको ८ वटै दाउ र स्वर्थ रहेको देखिन्छ । तथापि ‘रअ’ का चीफले दुवैपक्षका नेताहरूलाई पार्टी एकीकरण गर्न भने बारम्बार दबाव दिइरहेको छ ।

वर्चस्व र वरीयताको सङ्घर्ष
समाजवादी पार्टीले बाबुराम भट्टाराई प्रधानमन्त्री भइसकेकाले पहिलो वरीयतामा राख्ने प्रस्ताव राजपालाई राख्दा अस्विकार गर्दै राजपाले भनेको छ “आजको शक्ति सन्तुलनलाई ९ वर्ष अघिको अवस्थासँग तुलना गर्न हुँदैन” (ज्ञण् ल्यख द्दण्ज्ञढनेपाल राष्ट्रिय साप्ताहिक) । दिल्ली संस्थापनको इसारामा पार्टी एकीकरण गर्न डोभाल रोडम्यापमा सकारात्मक रहे पनि वरीयताको लडाइँले प्रभावित पार्दै लगेको छ । भट्टाराईप्रति लक्षित गर्दै राजपाले भट्टाराईको राजनीतिक शक्ति क्षय हुँदै गएको भनी कडा प्रतिक्रिया दिएका थिए ।

समाजवादीले गरेको प्रस्तावमा पहिलो वरीयता भट्टाराई, दोस्रो महन्थ ठाकुर, तेस्रो उपेन्द्र यादव, चौथो अशोक राई , पाँचौ राजेन्द्र महत्व, छैंठौ राजेन्द्र श्रेष्ठ, सातौं शरदसिंह भण्डारी, आठौं महेन्द्र यादव थिए । राजकिशोर यादव र अनिल झालाई महासचिवमा प्रस्ताव गरेको थियो । सो प्रस्तावलाई राजपाले अस्विकार गरेपछि सेरेमोनियल हैसियत तर वरीयताको क्रममा पहिलो महन्थ ठाकुर, दोस्रोमा बाबुराम भट्टराई, सङ्घीय परिषद् अध्यक्ष, तेस्रो उपेन्द्र यादव कार्यकारिणी अध्यक्ष चौथो वरियता अशोक राई, पाचौँ राजेन्द्र महतो राख्ने प्रस्तावप्रति पनि राजपाले अस्विकार गर्दै शरदसिंह भण्डारी आठौंमा राखेको र सत्ता सञ्चालनको अनुभव नभएका राजेन्द्र श्रेष्ठलाई छैटौं वरीयतामा राखेको प्रति असहमति जनाएको थियो । राजपाले महत्वलाई चौथो वरीयता सहित केन्द्रीय सचिवलयको संयोजक बनाइनुपर्ने प्रस्ताव राखेको थियो । यसमा समाजवादी पार्टी सहमत नभएपछि अन्तरिम कालका लागि दुवैतिरबाट २/२ जना अध्यक्ष राख्ने प्रस्ताव राजपाले गरेकोमा समाजवादीको प्रतिक्रिया नआएको बताइन्छ । राजपाका नेताहरूले आफ्नो आधारक्षेत्र तराइका जिल्ला भएको दाबी गर्दै भट्टाराईको आधारक्षेत्र कहाँ हो भनी समाजवादीका नेताहरूलाई प्रश्नसमेत गरेका थिए ।

एकतामा डोभाल र ‘रअ’ को चीफको दबाव
एकता नभए प्लान बी
भारतीय अजित डोभाल, “भारतीय डोभाल रोडम्याप” कार्यान्वयनमा भारतीय जासुसी संस्था ‘रअ’ का नेपाल चिफ काठमाडौं दौडधुपमा समाजवादी र राजपा मिलाउन निस्केका छन् । स्मरण रहोस् नेपालमा भारतीय जासुसी संस्था ‘रअ’ ले ठुला ठुला राजनीतिक घटनाहरू घटाउन सफल भएका छन् । हेर्नुहोस् जासुसीको जालोमा र चक्रव्यूहमा चन्द्र सूर्य, सरोजराज अधिकारी ! सङ्घीयता पहिचान र संविधान संशोेधनको चर्को नारा, जुलुस र आन्दोलन भएपछि यादव सरकारमा सामेल भएको हो । तर, सरकारमा गएपछि संविधान संशोधनको बारेमा आवज उठाउन नसकेपछि सत्ता छोडेर सडक आन्दोलनमा आउन आफ्नै कार्यकर्ताले दबाव दिएका थिए । तर, गौर काण्डमा सिद्धिने डरका कारण दिल्ली संस्थापनका डोभालसँग नजिक सम्बन्ध बनाई सत्तामा रहिरहने र राजपाकोे आधि हिस्सा आए पनि एकताका लागि अग्रसर भएका छन् ।

उता राजपाका नेताहरू पार्टी एकिकरण नभए ‘प्लान बी’ अगाडि सार्ने बताउँछन् । प्लान बी अनुसार यादवले सत्ता नछाडे पनि यादवलाई छोडेर १० प्लस १ प्रदेशको मागसहित आन्दोलनमा जाने बताउँछन् । सङ्घीयता र पहिचानको मासिहा ठान्ने यादवले सत्ता पनि नछोड्ने, पार्टी पनि एकीकरण गर्न सकेनन् भने मधेसमा एक्लिने पक्का पक्की रहेको समेत बताइन्छ । यसकारण डोभालको पनि दोहोरो भूमिका रहेको छ । उनी पार्टी एकता नभए पनि मधेसमा राजपाबाट आन्दोलन उठाउन चाहन्छन् । कालापानीमा नेपाल–भारत सीमा विवाद हुनु यादव र डोभालमा सम्बन्ध विस्तार हँुदै जानु यो एउटा संयोग मात्र हो भन्न सकिन्न । नेपाल–भारत सीमा विवादमा नेपाल–भारतका कयौं संयन्त्र छन्, तिनले काम गर्न सकेनन् भने अन्य दलका नेताको भारतसँगको सम्बन्ध उपयोग गरेर सीमा विवाद सुल्झाउन सकिने सम्भावना छ भनी विजयकान्ता शर्मा बताउँछन् (4Dec 2019 नयाँपत्रिका ) उनको यो भनाइले यादव र डोभाल बिचको सम्बन्धलाई घुमाएर प्रस्ट्याउँछन् । यादवले सत्ता छोड्न नचाहनुको कारण आन्दोलन उठ्ने नदेखेर हो भनी सोधिएको प्रश्नको उत्तरमा “सामन्यतया यस्तो लाग्न सक्छ” भनी बताएका छन् (4Dec 2019 नयाँपत्रिका) उसो त स्वस्थ्यमन्त्री रहँदा सङ्घीयताको भावना विपरीत गएर विराटनगर कोशी अञ्चल अस्पतालसमेत केन्द्रीकरण गरेका छन् यादवले ।

अन्त्यमा
नेपालको राजनीतिक दलका नेताहरू विदेशी शक्तिको आडमा जे पनि गर्न तयार हुन्छन् । जसबाट यादव पनि अछुतो रहन सकेनन् । भावना, राजनीतिक जीवनदृष्टि र कार्यशैलीले नै राजपाका नेतृत्वसँग समाजवादी पार्टीको नेतृत्वहरूको मिलन हुन सक्दैन । भाष्कर गौतम लेख्छन् “ नयाँ संगठनभित्र यो केही समयपछि ठूलो चुनौती बन्नेछ”(द्दण्ज्ञढस्द्दड ) । उनी टाउको जोड्दैमा तेस्रो शक्ति बन्न नसक्ने समेत बताउँछन् । यसअर्थमा पार्टीहरू एकीकरण हुनु सकारात्मक पक्ष हो, तर विदेशी शक्तीको आडमा एकीकरण नभएर आफ्नै नेतृत्वमा भावनात्मक, राजनीतिक जीवनदृष्टि, कार्यशैलीका आधारमा एकीकरण हुनु चहि ँ राम्रो र सकारात्मक पक्ष हो ।

जब कि दिल्ली र काठमाडौंको सम्बन्ध चिसो हुँदै जाँदा काठमाडांै र बेइजिङको सम्बन्ध सुमधुर हुँदै जाँदा अजित डोभाल रोडम्यापमा तेस्रो शक्ति निर्माणको प्रयासमा राजपा र समाजवादी एकीकरण हुने भन्ने कुराले यादव र यादवको पार्टी राष्ट्रवादी कि अराष्ट्रवादी हुन जान्छ ? भारतको स्वर्थ चाहनामा जुटेको पार्टी भविष्यमा फेरि डोभालकै नेतृत्वमा फुट्ने सम्भावना पनि रहन्छ । बिआरआइमा नेपालले हस्तक्षर गरेपछि अन्तर्राष्ट्रिय समुदायले नेपाल प्रतिको धारणामा परिवर्तन गर्न थालेको कुरा प्रधानमन्त्रीका सल्लाहाकार राजन भट्टाराईले बताएका थिए, (द्दठ यअत। द्दण्ज्ञढ नेपाल राष्ट्रिय साप्ताहिक ) नेपाल यसकारण भारतको हेपाहा प्रवृतिबाट आजित भएकाले नै चीनसँग सम्बन्ध विस्तार गर्न चाहेको बुझ्न सकिन्छ । तर फेरि त्यही हेपाहा प्रवृतिको शिकार हुन समाजवादीका यादव र राजपाका महन्त ठाकुर तयार भएकै हुन् त ? यसको अर्थ हो कुनै पनि देशले आफ्नो सार्वभौम अखण्डतामाथि प्रश्न उठाउँछ कि उठाउँदैन भन्ने नै हो । चीन–भारतसँगको सम्बन्ध पनि यसै आधारमा निक्र्यौल गरिनुपर्छ । तथापि असंलग्न परराष्ट्रनीति भन्दा नेपाल र नेपालका राजनीतिक दलहरू टाढा भने जानु हुँदैन ।