धरान / पूर्वाञ्चलकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिताको रुपमा स्थापी नेपाल आईस ‘मिस पर्वाञ्चल’को दशौं संस्करणको अन्तिम प्रतिस्पर्धीको लागि २१ ज् सुन्दरीहरु छानिएका छन् ।
अनलाइन फर्म , धरान , इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रुपमा छनोट गरिएको आयोजक सिल्भर इन्टरटेन्टमेन्ट पलिले जनाएको छ ।
धरानबाट अनुषा लिम्बु ,अनुपमा बस्नेत , सुष्मिता बराईली ,निभेदिता राजभण्डारी , स्वेता पोख्रेल ,मोनालिषा राई ,शशि बिसंखे , सिमरन प्रधान , सिमरन लिम्बु , रतुवामाई इटहराबाट बिपना तामांङ , उर्लाबारीबाट मिलिमा श्रेष्ठ ,इटहरीबाट सुदिक्षा बिश्वकर्मा , निशा धिताल ,अस्मिता लिम्बु , वर्षा श्रेष्ठ , प्रिजनी नेपाल .खोटांगबाट एन्जल राई , पथरीबाट रिजु भट्टराई , रेजिना राई ,र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन् ।
प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र ,एन्जल राई मिस राई २०१९ कि बिजेता हुन । त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई , मिस धनकुटा, मिस पथरी सनिस्चरेमा भाग लिएका र बिभिन्न टाइटल जितेकाहरु छन् ।
कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वल्ड २०१९ कि बिजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरुलाई फिनालेको लागि तालिम दिने छिन् ।
प्रतियोगिहरुलाई इपिएस , व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ ।
अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पूर्वान्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ ।