मधुमल्ला । मोरङको मिक्लाजुङमा महाँगुरु फाल्गुनन्दको १३५ औं जन्म जयन्तीको अवसरमा भव्य जन्म जयन्ति र शालिक आनवरण कार्यक्रम गरिने भएको छ । कार्तिक २५ गते १३५ औं जन्म जयन्तीको अवसरमा महाँ गुरुको शालिक आनवरण गरिने भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम प्रदेश नं. १ मुख्य मन्त्री शेरधन राईले गर्नेछन । कार्यक्रमको मिति नजिकीए संगै आयोजकले कर्यक्रमको तयारी र प्रचार पसारलाई आयोजकले तिब्र बनाएको छ ।
सोही अवसरमा किरात धर्मगुरु आत्मनन्द लिङदेनले महागुरुको शालिक अनावरण गर्ने कार्यक्रम तय भएको आयोजक किरातेश्वर हाङसाम माङहिम मुल संरक्षण समितिका कार्यालय सचिव चन्द्र सङ्मीले जानकारी दिए ।
नौ फिट अग्लो महागुरुको पूर्ण कदको (शालिक) मुर्ति मिक्लाजुङका चर्चित मुर्तिकार मञ्जुल मितेरीको डिजाइनमा निर्माण गरिएको मुल आयोज समेतीको प्रचार प्रसारण समितिका सदस्य मिक्सन मिभकले जानकारी दिए । मञ्जुल मितेरी हाल जापानमा निर्माण भईरहेको बिश्वकै सबै भन्दा ठुलो मुर्ती निमार्णमा नेपाल बाट प्रतिनिधीत्व गर्दै काम गरिरहेकाछन ।
मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा हुने सो वृहत कार्यक्रम सफल पार्न मिक्लाजुङ–३ का वडा अध्यक्ष खगेन्द्र मादेनको विशेष सहयोग र भक्तजनहरुबाट संकलित रकम गरी करिब १९ लाख रुपैयाँको लागतमा महागुरुको सालिक निर्माण कार्य सम्पन्न गरिएको बताइएको छ ।
करिब २७ रोपनी क्षेत्रफलमा रहेको किरात माङहिम महागुरु स्व.फागुनन्द लिङदेनको तपस्यास्थल रहेको स्थानीयबासीहरु बताउँछन । वि.स. ०४० सालदेखि नै सो स्थानमा किरात माङहिम निर्माण गरिएको र १५ वर्षअघिदेखि त्यसको व्यवस्थापन गर्दै आएका स्थानीय महेन्द्र लिम्बुले बताए ।
महागुरुको जन्मजयन्ती समारोह तथा शालिक अनावरण कार्यक्रम आगामी कात्तिक २५ गते भएको तर कात्तिक २२ देखि नै बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने आयोजकले जनाएको छ ।
कात्तिक २२ गते गालीश्राप बगाउने, २४ गते किरातेश्वर हाङसाम माङहिममा विश्वशान्ति र सम्पूर्ण प्राणीको रक्षाको कामना गर्दैै होमादी यज्ञ आयोजना गरिने किरातेश्वर हाङसाम माङहिम मुल संरक्षण समितिका अध्यक्ष शुक्रध्वज सङ्मीले जानकारी बताए ।
यस अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागितामा बृहत साँस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिनेछ । कार्यक्रमको कुल खर्च करिब ३७ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ ।