कुनै पनि औषधि तथा औषधिजन्य वस्तु बिक्री वितरणका लागि औषधि व्यवस्था विभागबाट अनुमति लिएर चिकित्सकहरूको प्रेसक्रिप्सनअनुसार मात्र बिक्री वितरण गर्नुपर्ने प्रावधान छ ।चिकित्सकले पनि औषधि व्यवस्था विभागले अनुमति दिएका औषधिमात्र लेख्नुपर्ने हुन्छ । तर, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले भारतीय कम्पनीका फुड सप्लिमेन्ट (खाद्य पूरक) सामग्रीहरू बिरामीलाई सिफारिस गर्ने गरेको भटियो । जुन नेपालमा बिक्री वितरणका लागि अनुमति प्राप्त नै छैनन् । नेपालमा अनुमति नभएका सामाग्री औषधिका रूपमा बिक्री गर्ने औषधि व्यवसायीहरूले चिकित्सकहरूले लेखिदिन्छन्, त्यही भएर हामी बेच्न बाध्य छांै भन्ने अभिव्यक्ति दिएका छन् । त्यो सुहाउँदिलो जवाफ होइन । राज्यले अनुमति नदिएका सामाग्री बिक्री गर्ने औषधि पसलेहरू आफू जवाफदेही हुनुपर्छ कि पर्दैन भन्ने मुख्य सवाल हो । ‘चिकित्सकले लेख्छन् त्यही भएर हामी राख्छांै ।’ भन्ने औषधि व्यवसायीहरूको अभिव्यक्तिले चिकित्सक र औषधि व्यवसायी बिचको सेटिङ छ भन्ने बुझ्न कुनै गाह्रो छैन।
व्यवसायीहरूले जति कम्पनीहरूलाई दोष लगाए पनि डाक्टरहरूसँग कम्पनीको सेटिङ मिलाउने काम औषधि व्यवसायीहरूको हो । डाक्टर, औषधि व्यवसायी र कम्पनीको मिलेमतोमा बिरामीलाई थप व्ययभार बोकाउनु ठूलो अपराध हो । यस्तो ‘दलाल’ प्रवृत्ति बौद्धिक व्यक्तिहरूले गर्नु शोभनीय होइन । शाखा कार्यालय विराटनगरले कात्तिक ३ गते खाद्य पूरक सामग्रीको बिक्री वितरण रोक्न भन्दै बीपी प्रतिष्ठानका उपकुलपति र त्यसको बोधार्थ औषधि पसलहरूलाई दिएको छ । खाद्य वस्तु बिक्री वितरण गर्ने अधिकार खाद्य भण्डारहरूलाई छ ।औषधि व्यवसायीहरू चिकित्सकहरूलाई देखार आफ्नो अपराधबाट पन्छिनु उचित होइन । यस्ता गैर–जिम्मेवार काम तत्काल रोकिनु पर्दछ । चिकित्सकहरूले पनि कमिसनको चक्करमा परेर बिमारीको आर्थिक शोषण हुने गरी फुड सप्लिमेन्ट्री लेख्नु हुँदैन । त्यसका विकल्पमा औषधि व्यवस्था विभागमा दर्ता भएका सप्लिमेन्ट्री हुँदा हँुदै महँगो फुड सप्लिमेन्ट किन्न दबाव दिनु ठूलो आर्थिक शोषण हो । चिकित्सकहरू पनि सुध्रिनुपर्दछ । पैसा कमाउने आफूले मेहनेत गरेर हो बिमारीको शोषण गरेर पैसा कमाउनु गम्भीर अपराध हो ।
डाक्टर, औषधि व्यवसायी र कम्पनीको मिलेमतोमा बिरामीलाई थप व्ययभार बोकाउनु ठूलो अपराध हो । यस्तो ‘दलाल’ प्रवृत्ति बौद्धिक व्यक्तिहरूले गर्नु शोभनीय होइन । शाखा कार्यालय विराटनगरले कात्तिक ३ गते खाद्य पूरक सामग्रीको बिक्री वितरण रोक्न भन्दै बीपी प्रतिष्ठानका उपकुलपति र त्यसको बोधार्थ औषधि पसलहरूलाई दिएको छ । खाद्य वस्तु बिक्री वितरण गर्ने अधिकार खाद्य भण्डारहरूलाई छ ।औषधि व्यवसायीहरू चिकित्सकहरूलाई देखार आफ्नो अपराधबाट पन्छिनु उचित होइन । यस्ता गैर–जिम्मेवार काम तत्काल रोकिनु पर्दछ ।
हुन त प्रतिष्ठानका मात्र होइन, चिकित्सकहरू र औषधि व्यवसायीहरूको साँठगाठ जहीँ तहीँ रहेको छ । चिकित्सकहरूलाई महँगो गाडी चढ्ने सुविधा तिनै औषधि व्यवसायीहरूले जुटाइदिएका प्रसस्त उदाहरणहरू छन् । पछिल्लो समय बढी भ्रष्ट देखिएका पनि डाक्टर र इन्जिनियरहरू नै हुन् । विशेष अदालतमा बढी मुद्दा डाक्टर र इन्जिनियरहरूकै छन् । डाक्टरहरू भ्रष्ट भएको उदाहरण खोज्न टाडा जानुपर्दैन, यही बीपी प्रतिष्ठान भित्रै छन् । पूर्व उपकुलपतिहरू प्रा.डा. बीपी दास, प्रा.डा. राजकुमार रौनियार यसका उदाहरण हुन् । जो भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । यी दुवै एसियाकै नाम चलेका डाक्टर पनि हुन् । यसको अर्थ सबै डाक्टर भ्रष्ट भन्ने चाहिँ होइन तर चिकित्सा क्षेत्रमा भ्रष्ट मनोवृत्ति बढेको छ । त्यसको नियन्त्रण आजको आवश्यकता हो । चिकित्सकहरूलाई कमिसन दिएर आफूले बिक्री गर्ने कम्पनीको औषधि लेख्न बाध्य बनाउने औषधि व्यवसायी र चिकित्सक स्वयम् सुध्रिनुपर्दछ । बिमारीलाई आर्थिक व्ययभार पर्ने गरी गरिँदै आएका क्रियाकलाप रोकिनुपर्दछ ।