विषय प्रवेश
‘सी विचारधारा शिक्षाको रूपमा ग्रहण गर्नुपर्दछ । ’
सन् २०१३मा रेशममार्गलाई चीनको आर्थिक विकाससँग जोड्ने उल्लेख गरिएको थियो । त्यही रेशममार्गको विकासित रूपमा “वेल्ट एण्ड रोड इनिशिएटिभ” भनी नामाकरण गरियो । जसले विश्वलाई जोड्ने लक्ष्य लिएको छ । कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा दुईशताब्दीको लक्ष्य निर्धारण गरे । १९ औं महाधिवेशनमा लक्ष्यको व्याख्या गरे । सन् २०२१ मा चिनियाँ कम्युनिष्ट पार्टी एक सय वर्ष पुग्दा औसत रूपमा समृद्ध बनाउने र २०४९ सम्म समृद्ध्र, शक्तिशाली, लोकतान्त्रिक, उन्नत संस्कृतियुक्त र सामञ्जस्यपूर्ण समाजवादी मूलुक बनाउने । यसै रणनीति योजनालाई सी जीनपिङ विचारधारा भनेर त्यहाँको पार्टी विधानमा उल्लेख गरे SEP 21, 2019 Nayapage घनश्याम भुसाल हेर्नुहोस् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी (केन्द्र) विचमा एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई फ्यूजन गराएर “जनताको जनवाद” राजनीतिक प्रतिवेदन निर्माण भएको छ । सारमा जनताको बहुदलीय जनवादको आन्तर्यसँग नै मेल खान्छ । जस्तो आवधिक निर्वाचन, जनताको सर्वोच्चोता बहुदलीय प्रतिस्पर्धा, बहुमतको सरकार अल्पमतको विपक्ष, मानव अधिकार शक्तिपृथकीकरण, बहुलतायुक्त खुल्ला समाज जबकै विशेषता हो । यो सिद्धान्तलाई विश्वमा कम्युनिष्ट सत्ता ढलिरहेको बेला नेपालमा तत्कालीन नेकपा (एमाले) को पाँचौं महाधिवेशनमा मदन भण्डारीले प्रतिपादन गर्नु भएको सिद्धान्त थियो ।
‘जनताको जनवाद’ राजनीतिक प्रतिवेदनमा वर्तमान युग रुसी अक्टोबर क्रान्तिपश्चात् शुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युग हो । तर साम्राज्यवाद, सर्वहारा क्रान्तिको आयामहरूमा भने महत्वपूर्ण परिवर्तन देखा परेको छ । श्रम र पुँजी, समाजवाद र पुँजीवाद, साम्राज्यवाद र साम्राज्यवाद बिच तथा विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूका बिच अन्तरविरोध कायम छ । यतिबेला विश्व साम्राज्यवाद र उत्पीडित राष्ट्रहरू बिचको अन्तरविरोध प्रमुख रूपमा रहेको छ २०७६ः२ ! विदेशी वस्तु देशमा भित्र्याएर नाफा कमाउन व्यापारिक पुँजी र विभिन्न ठेक्कापट्टामा विदेशी कम्पनीको सेवक वनेर पैसा कमाउने दलालपुँजीको बोलबाला छ, २०७६ः१०! यो क्रान्ति कम्युनिष्ट पार्टीको मूख्य पहल र नेतृत्वमा पुँजीवादी वर्गलाई समेत नेतृत्वको हिस्सा दिएर , सहकार्य गरेर समान्तवादविरुद्ध सम्पन्न गरिएको क्रान्ति हो, २०७६ः१५! शान्तिपूर्ण प्रतिस्पर्धाद्धारा बहुदलीय प्रतिस्पर्धात्मक निर्वाचन, संसद र सरकारलाई सङ्घर्षको कामको मूख्य मोर्चाको रूपमा राखिएको छ । नेपाली क्रान्तिको दीर्घकालीन रणनीतिक लक्ष्य समाजवाद स्थापना हो, २०७६ः१८! पार्टीको रणनीतिक लक्ष्य समाजवाद र आमरणनीति समाजवादको स्थापना तथा उच्चतम उद्देश्य साम्यवाद हो, २०७६ः२०! जसलाई जनताको जनवाद भनिन्छ । (हेर्नुहोस् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन २०७६)
पश्चिमा र सोभियत मोडेलको असफलता
एकीकृत रोमन साम्राज्यवादको पतन, धार्मिक शासनको सूत्रपात जसलाई इतिहासमा मध्ययुग पनि भनिन्छ । त्यही समयमा राष्ट्रवाद र औधोगिक क्रान्ति विस्तार हुँदै गयो । संसारलाई उपनिवेश वनाउने क्रममा वेष्टफेलिया सन्धीको सार्वभौमिकतासत्ता यूरोपियन राज्यहरूको थियो । तिनीहरू उपनिवेशमा दुनियाँलाई सभ्य बनाउने मिसनका रूपमा व्याख्या गरे पनि एकआपसमा लडार्इं गरिरहन्थे । सो लडार्इंले विकशित रूप लिदै गएपछि संसारको वस्तु र बजार कब्जा गर्ने होडबाजीमा दुई ठुला विश्वयुद्ध समेत भए । दोस्रो विश्वयुद्धपछि शान्तिका लागि संयुक्त राष्ट्रसङ्घको स्थापना भए पनि पश्चिम पुँजीवाद र साम्राज्यवादको वर्चस्व रह्यो । शीतयुद्धका कारण साना, कमजोर मुलुकमा गरिबी, अभाव, अशिक्षा रोगका समस्याहरू देखिए । सोभियतसङ्घको असफलतापछि पश्चिमा पुँजीवादी मुलुकहरू एकलौटी उदारवादी अर्थतन्त्र र राजनितिकले शान्ति र समृद्धि आउँछ भनेर प्रचार गरेपनि पुँजीवादी राष्ट्रहरूमा आर्थक सङ्कट पर्दै गयो । थुप्रै युद्धहरू भइसकेको छ । कमजोर राष्ट्रको स्वतन्त्र धरापमा पर्दै गएको छ । पुँजीवादले सारेको उदारवादी अर्थतन्त्रले दुनियाँलाई बदल्न सकेन । त्यही कारण सि जीनपिङ विचारधारा विश्वमा बहस बनेर आएको छ ।
पश्चिमा यूरोप पुनरुत्थानका लागि सन १९४८मा अमेरिकाले “मार्शल प्लान” शुरु गरी सन् १९४८ मा नै “उत्तर एटलान्टिक संगठन सैन्य गठबन्धन” बनायो । प्रत्युत्तरमा सोभियतसङ्घले पूर्वी यूरोपका समाजवादी मुलुकसहितको “काउन्सिल फर म्युचुअल मोर्चाबन्दी” बनायो । यी दुई वरिपरि विश्व हँुदै गयो, क्भउ द्दज्ञ, द्दण्ज्ञढ भूसाल । युद्ध सामग्री उत्पादन बढ्न थाल्यो । उत्पादनको नयाँ प्रविधि ओझेल पर्दै गयो । जनताको सरोकार टाढा हुँदै गयो । राज्य नागारिक र पार्टी नागरिक बिच दूरी बढ्दै गयो । संसारलाई थेग्न समस्य हुँदै गयो । अन्तत सोभियतसङ्घ विघटन भयो । यसअर्थमा चीनको वर्तमान उदय इतिहाससँग जोेडेर हेर्न सकिन्छ ।
विश्वव्यापी असमानताको खाडल
दोस्रो विश्वयुद्धपछि धनी र गरिब राष्ट्रबीचको आयअन्तर नै विश्वव्यापी असमानताको धेरैहद जिम्मेवार रहेको छ । हार्बर्ड विश्वविद्यालयका अन्तर्राष्ट्रिय अर्थशास्त्रका प्राध्यापक “दानी रोद्रिकका अनुसार पहिलो आफ्नो देशभित्रको असमानता नै विश्व व्यापी असमानताको प्रमुख कारण रहे पनि अहिले राष्ट्र राष्ट्रबीचको आय असमानता नै धेरै हदसम्म जिम्मेवार बन्दै जान थालेको बताउँछन् , Sep 23, 2019 नयाँपत्रिका हेर्नुहोस् । कम आय भएका गरिब राष्ट्र र विकसित राष्ट्रको व्यापारिक उन्नतिले घरेलु ज्याला असमानता बढाइदिएको छ । विश्वको आय बढाउने उपाय सम्पन्न राष्ट्रको श्रम बजारमा विपन्न राष्टूबाट कामदारको व्यापकस्तरमा प्रवाहन अनुमति हो । गरिब देशको एक धनी मानिसको आम्दानी ५ हजार डलर हुँदा धनीदेशको गरिबको प्रतिव्यक्ति आम्दानी १३ हजार डलर पुगेको छ । यसकारण विश्वमा अहिले धनी राष्ट्र र त्यहाँको धनी मानिस दिनदिनै सम्पन्न हँुदैछ भने गरिब राष्ट्र दिनदिनै विपन्न हुँदै गइरहेको छ । यसलाई विश्वमा उदीयमान चीनले कसरी सम्बोधन गर्छ ? अर्थात् सी विचारधाराले विश्वलाई समृद्धि, खुसी हुने ग्यारेन्टी गर्छ की गर्दैन त्यसलाई हेर्नुपर्ने हुन्छ । खास गरेर नवउदारवादी राष्ट्रहरूले सोभियत मोडेलको असफलतापछि दुनियाँमा शान्ति र समृद्धि आउने बताए पनि त्यो असफल रह्यो ।
चिनियाँ मोडेल विकास चरित्र
चीनमा माओको नेतृत्वमा ‘जनवादी क्रान्ति’ सम्पन्न भए पनि क्रान्तिले जित्छ की प्रतिक्रान्तिले अझै टुङ्गो लागेको छैन भनी बताएका थिए । सन् १९५७ मा भनेका थिए “चीनमा आधुनिक उद्योग, आधुनिक कृषिको आधार निर्माण गर्न अहिलेदेखि गन्दा दश पन्ध्रवर्ष आवश्यक हुनेछ ।” चीन सन् १९५७ बाटै सामूहिकीकरणतर्फ अगाडि बढ्यो । तर फेरि आधारभूत आम जनताको रोजगारी, आवास, स्वस्थ्य जस्ता गम्भीर विषयमा अभावको महसुस गर्दै समाजवादको सैद्धान्तिक विकासमा रोकियो । यही स्थितिमा देङ स्याओले केही सुधारसहित खुल्लापनको घोषणा गरे । यसबाट माओ क्रान्तिको मोडेललाई विकास गर्दै खुल्ला अर्थनीतिको रूपमा बदलियो । यसले गाउँ र शहर बिचमा ठुलो आर्थिक असमानताको भिन्नता र वातावरण विनाशको परिणाम डरलाग्दो बन्न गयो । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव हु जिन्ताओको नेतृत्वमा अवलम्बन गरिएको रणनीतिलाई १८ औ महाधिवेशनले “विकाशमा वैज्ञानिक दृष्टिकोण भनेर व्याख्या गरियो । १९ औं महाधिवेशनले सी विचारधारालाई सिद्धान्तको रूपमा स्वीकार गरयो । पहिलो शताब्दी समृद्ध बनाउने र दोस्रो शताब्दी समाजवादी उचाईमा पु¥याउने लक्ष्य लियो । हेनुहोस् विषय प्रवेश पहिलो अनुच्छेद । यसकारण चीनले सन् २०२१ मा समृद्ध र सन २०४९ मा समाजवाद उन्मुख राष्ट्र बनाउन बिआइआर रणनीतिलाई आफ्नो मूल लक्ष्य बनायो ।
सी विचारधारा
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ । १८ औं महाधिवेशनमा दुई शताब्दीका लक्ष्यहरू निर्धारण गरे । १९औं महाधिवेशनले त्यसको व्याख्या ग¥यो । पहिलो शताब्दी सन् २०२१ सम्ममा अन्तरविरोधहरूलाई सम्बोधन गर्ने, औसत रूपमा समृद्ध मुलुक बनाउने लक्ष्यका रूपमा व्याख्या गरे भने २०४९ सम्म पहिलो १५ वर्ष र दोस्रो १५ वर्षमा विभाजन ग¥यो । सन् २०३५ सम्म समाजवादी आधुनिकीकरण आधारभूत रूपमा सम्पन्न गर्ने जीवनस्तरका असमानताहरू अन्त्य गर्ने, कानूनको शासन, सुदृढ पार्ने लगायतका लक्ष्यहरू रहेका छन् । अर्को १५ वर्षमा भौतिक, राजनीतिक, साँस्कृतिक , नैतिक, पर्यावरणीय हिसाबमा उचाइमा पु¥याउने विकसित समाजवादी व्यवस्था निर्माण गर्ने रहेको छ । सीका अनुसार चीन पुँजीवादी नभएर समाजवाद उन्मुख छ । उत्पादन शक्तिको विकास नै समाजवादको ग्यारेन्टी होइन तर उत्पादक शक्तिको विकास विना समाजवाद आउँदैन । जसलाई सी विचारधारा भनिन्छ ।
नेपाल कम्युनिष्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वि.सं. २००६ सालमा भारतको कोलकतामा पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको हो । २०१९ मा तृतीय अधिवेशन आयोजना गरी अल्पमतपक्षले बहुमत पक्षलाई निष्कासन गरेपछि विभाजनको सूत्रपात भयो । सोही विभाजनको निरन्तरतामा २०४६ सम्म आइपुग्दा १ दर्जनमा विभाजित थिए । नेकपा (माक्र्सवादी), नेकपा (माले), नेकपा (चौम), नेकपा (वर्मा), नेकपा (मानन्धर), नेकपा (अमात्य), नेकपा (मशाल), नेकपा (मसाल), नेपाल मजदुर किसान पार्टी (रोहित), सर्वहारावादी श्रमिक संगठन, नेपाल (रूपलाल विश्वकर्मा), नेपाल माक्र्सवादी, लेनिनवादी पार्टी (कृष्णदास श्रेष्ठ) र शम्भुराम श्रेष्ठ समूह थिए २०७१ः४७, नेपाल कम्युनिष्ट पार्टीको इतिहास भाग (२ डा. सुरेन्द्र के.सी.!) अत ः अल्पमतको महाधिवेशनले तुलसीलाल आमात्यलाई पार्टी महासचिव बनायो ।
राजनीतिक प्रतिवेदनले “राष्ट्रिय प्रजातन्त्र” को कार्यक्रम भन्यो २०६०ः१! विश्वका ८१ देशको कम्युनिष्ट पार्टीहरूको मस्को सभामा पारित कार्यक्रम थियो । नेपालमा कम्युनिष्ट आन्दोलनको प्रभाव चीनको हावाबाट प्रवाहित भएपनि भारतीय मैदान हुँदै नेपालमा प्रवेश गरेको हो र विभाजनको ढाढस पनि उनीहरूले नै दियो । स्टालिनको निधन र खुश्चोभको उदयसँगै सोभियत कम्युनिष्ट पार्टीको २२ औं महाधिवेशनले शान्तिपूर्ण प्रतिस्पर्धा सम्पूर्ण जनताको राज्य र सम्पूर्ण जनताको पार्टी भन्ने नीति सा¥यो २०६०ः९! नेपाल कम्युनिष्ट पार्टीले स्थापनाकालदेखि नै काठमाडौं नगरपालिकाको निर्वाचन २०१०, आम निर्वाचन २०१५, पञ्चायतको निर्वाचन २०४६÷४७ देखि यताका सम्पूर्ण निर्वाचनमा भाग लिदै आयो । वास्तवमा यो रुस हुँदै भारतीय कम्युनिष्ट पार्टीको प्रभाव हो भनी अमात्य स्विकार गर्छन् २०७१ः१५! रुस कि चीनको बाटो ? भन्ने विवादमा रुस पन्थीहरू मातृपार्टीमै बसे भने चीनपन्थीहरू नयाँ पार्टीमा आबद्ध भए । तिनीहरू रुसपन्थीलाई संशोधनवादी भएको आरोप लगाउँथे । तर चीन र रुसको बाटोको विवादले वाञ्छित प्रतिफल प्राप्त हुन सकेन । पुष्पलाल श्रेष्ठको निष्कासनपछि पनि किसान सशस्त्र सङ्घर्ष कायम थियो । तर मनमोहनद्वारा प्रस्तुत राजनीतिक कार्यक्रममा मूलत ः शान्तिपूर्ण , संसदीय कार्यक्रम नै थियो २०७१ः३१ ! यसको तात्पर्य के हो भने चीनमा जस्तो एउटै शक्तिशाली कम्युनिष्ट पार्टी नेपालमा निर्माण हुन सकेन । दास्रो २०४९ सालमा नेकपा (एमाले)को पाँचौ महाधिवेशनले मदन भण्डारीले विश्व परिस्थितिको विश्लेषण गर्दै जनताको बहुदलीय जनवाद पार्टीको सिद्धान्त बनायो । पुष्पलाल गद्दार भनी गाली गर्नेहरूको माझमा मृत्यु भएको १० वर्षपछि उनको विचारलाई साकार पारे भण्डारीले । २०५२ बाट माओवादी सशस्त्र सङ्घर्ष शुरु भयो । १० वर्षमा पनि वाञ्छित प्रतिफल पाउन नसकेपछि भण्डारीकै बाटोमा आउनुप¥यो । नेकपा (एमाले) र नेकपा माओवादी (केन्द्र) एकीकरण भई सैद्धान्तिक आधारमा जबज र एशजलाई फ्युजन गराएर जनताको जनवाद बनायो ।
जनताको जनवाद
वि.स.ं २०७५ जेष्ठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भई जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई फ्यूजन गराएर बनाएको राजनीतिक दस्तावेजलाई ‘जनताको जनवाद’ भनिन्छ । खासगरी समाजवादी क्रान्ति नभएर समाजवाद उन्मुख क्रान्तिको आधार तयार पार्ने प्रतिवेदनमा उल्लेख छ । पार्टीको रणनीतिक लक्ष्य समाजवाद हो । आम रणनिति समाजवादको स्थापना र उच्चतम उद्देश्य साम्यवाद हो २०७६ः२० हेर्नुहोस् । अन्तर्राष्ट्रिय भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादकै कारण विश्व थुप्रै सङ्कटमा गुज्रिएको छ २०७६ः३१ नेपालको सन्दर्भमा दलाल पुँजीपती वर्ग राज्य संयन्त्रमा पकड जमाएर बसेका व्यापारी, उच्चतहको कर्मचारीतन्त्र र कतिपय राजनीतिक दलका नेता कार्यकर्ताको एउटा हिस्साले यसलाई सहयोग र सेवा गरिरहेको छ । यसबाट कम्युनिष्ट नेता कार्यदर्ता नै दलाल पुँजीको चाकडीमा लागेको बुझ्न सकिन्छ । नेकपाका नेता वामदेव गौतमका अनुसार निजी सम्पत्तिलाई राष्ट्रियकरण नगरे समाजवाद नआउने ग्यारेन्टी गर्छ August4,2019 सुनौलो नेपाल ! ।
वैचारिक नेता घनश्याम भूसाल भन्छन् मन्त्री अर्ब, पीए करोड कमाउने धन्दामा छन, कसरी आउँछ समाजवाद?” २०७६ः yeskathmandu.com यस्तै गरेर उज्यालो अनलाइनमा दलाल पुँजीपतीहरू समाजवादको बाधक बनिरहेका छन् र दलाल पुँजीपतिका कारण इमानदार कार्यकर्ता पाखा लाग्न थालेको बताउँछन् , August 3 2019! दलाल पुँजीवादीको सेवक बनेका कम्युनिष्ट कार्यकर्तालाई साइजमा नल्याए ‘जनताको जनवाद’ ले अङ्गीकार गरेको बाटोलाई पूरा गराउन सक्दैनौं । रणनीती, कार्यनीति र राजनीतिक कार्यदिशा राष्ट्रिय पूँजी कमजोर रहेको र दलाल नोकर शाही पुँजीवाद मूल प्रवृत्ति वनेका कारण तत्कालीन रूपमा समाजवाद होइन समाजवादको आधार तयार पार्ने समाजवाद उन्मुख राष्टिूय औधोगिक पुँजीको विकाश अनिवार्य कार्यभार बन्न जान्छ २०७६ः१८! यसअर्थमा जनवादी क्रान्तिको वाँकी कार्यभारलाई लोकतान्त्रीककरण विस्तार एवं समाजवाद उन्मुख कार्यक्रमको आधारमा पूरा गर्दै लानुपर्नेछ । प्रतिवेदनमा भनिएको छ “अबको समाजवादमा लोकतन्त्रको अभ्यासलाई कुण्ठित गरिने छैन, बरु सुनिश्चित गरिनेछ । ”
अन्त्यमा ः
नेपालले चिनियाँ बेल्ट एण्ड रोड इनिशिएटिभ रणनितिमा हस्ताक्षर गरिसकेको छ । सीको नेपाल भ्रमणको उद्देश्य बिआईआरलाई कार्यान्वयन गराउने चासोको रूपमा लिइन्छ । सी विचारधाराको बहस÷प्रशिक्षण पनी यसैसँग सम्बन्धित रहेको वताइन्छ । ‘नेपाल कम्युनिष्ट पार्टीमा प्रशिक्षण दिने÷लिने विषय धेरै टाढाको विषय भइसकेको भए पनि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा नेताहरूले दीक्षित हुने अवसर पाएको बताउँछन्, राजाराम गौतम क्भउ द्दद्ध, द्दण्ज्ञढ नयाँपत्रिका ! चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख ताओ आत्मक्रान्ति र शुद्धीकरणमा नेपालको कम्युनिष्ट पार्टीले जोड दिनुपर्ने बताउँछन् । कम्युनिष्ट पार्टी अरुभन्दा फरक हुनुपर्ने भन्दै जबज र एशजलाई “जनताको जनवाद” भनेको र यो शान्तिप्रक्रियाको बाटो हो, सी विचार धाराले पनी शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडी बढाउँछ भनी बताएका छन् हेर्नुहोस् ratopati.com !
चीन सी विचारधाराबाट आर्थिक समृद्धिको बाटोमा अघि बढेको देश हो । सन १९४९ सम्म शक्तिशाली लोकतान्त्रिक समृद्धि समाञ्जस्यता स्थापना गर्दै समाजवाद उन्मुख यात्रामा लम्किरहको छ । सी विचारधारले नेपालसँगको मात्र सम्बन्ध नभएर विश्वलाई नै जोड्ने रणनीतिक लक्ष्य लिएको छ । नेपालको सन्दर्भमा पहिलो चीनको तिब्बतमा पश्चिमाहरूले नेपालको भूमि प्रयोग गर्न उछाल्न सक्ने भएकाले नेपाली भूमिबाट त्यो होस् भन्ने चाहँदैन । दोस्रो स्थिर सत्ताको पक्षमा रहेको छ । तेस्रो अन्तर्राष्ट्रिय जगत्मा नेपालको सहयोग चाहन्छ । चौथो विश्व बजारमा अग्रणी स्थानका लागि नेपालको सहयोगबाट व्यापार बढाउन चाहन्छ । पाँचौ बिआईआर रणनीतिक योजनाको कार्यान्वयन चाहन्छ । नेपालको सन्दर्भमा सी विचारधारा सार रूपमा यही नै नीति लिन्छ ।
‘जनताको जनवाद’ ले सामन्तवाद सकिए पनि अवशेष कायम रहेकाले जनवादी क्रान्तिको बाँकी कार्यभार समाजवाद उन्मुख आधार तयार गर्ने रणनीतिक लक्ष्यसँगै सम्पन्न गर्नुपर्ने बताउँछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असंलग्न परराष्ट्र नीतिलाई अँगाल्छ । चीनको अहिलेको रणनीति आक्रामक रहेको छ । नेकपा मानव अधिकारमा कटिबद्ध रहेको छ । तर चीनमा मानव अधिकार चर्चा परिचर्चा नै कम हुने गर्दछ । चिनमा कम्युनिष्ट पार्टीबाहेक अरू राजनैतिक दल स्वतन्त्र रूपमा खोल्न पाइँदैन । नेपालमा कम्युनिष्ट पार्टी (नेकपा) र राज्यको नीति नै बहुदलीय प्रतिस्पर्धा आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको विपक्ष, विधिको शासन, बहुलतायुक्त खुल्ला समाज, शक्तिपृथकीकरण आदि विशेषता भएको बताउँछ । यसअर्थमा नेपालमा संसदीय प्रणालीकै अभ्यासबाट समाजवाद स्थापना गर्ने र त्यो समाजवादमा पनी बहुदलीय प्रतिस्पर्धा हुनेछ । विश्वमा उदारवादी अर्थतन्त्रले गरिब र धनी राष्ट्रबीचमा व्यापक असमानता बढाएकोले चीनको समाजवादी अर्थनीति उदाहरणीय भएको बुझ्न सकिन्छ । त्यसबाट नेपाल कम्युनिष्ट पार्टीले शिक्षा ग्रहण गर्न सक्छ ।