वैशाख २९ गतेदेखि धरानमा डेङ्गुको सङ्क्रमण देखिएपछि हालसम्म १ हजार ३ सय ६८ जनामा डेङ्गु देखिएको छ । यो तथ्याङ्क बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको हो । धरानका अरू पनि अस्पताल, मेडिकल हल, क्लिनिकमा उपचार गर्न आउने डेङ्गु सङ्क्रमितको सङ्ख्या जोड्दा यो तथ्याङ्क ३ हजार बढी पुग्छ । धरानमा डेङ्गु फैलिएको अढाई महिनाको अवधिमा सचेतना, सर्च एण्ड डिस्ट्रोय, जनपरिचालन गरियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ तथा मेडिसिन विभागका चिकित्सक समावेश गरी ¥यापिड रेस्पोन्स टिम पनि गठन गरियो । धरान उपमहानगरपालिकाले नगरक्षेत्रमा फगिङ ग¥यो । लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट गर्ने अभियान पनि चलायो । प्रदेश सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेर सचेतना कार्यक्रम सञ्चालन पनि ग¥यो । तर पनि डेङ्गु नियन्त्रण हुन सकेन ।
डेङ्गु नियन्त्रण हुने आशामा बसेका धरानबासी फेरि डेङ्गु सङ्क्रमणको चपेटामा पर्न थालेका छन् । पछिल्लो समय परेको झरीका कारण डेङ्गु पुनः फैलिएको छ । चिकित्सकले मनसुन शुरु हुनुअगाडि नै डेङ्गु नियन्त्रण गर्न सुझाव दिएका थिए । तर उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि हालसम्म ३० लाख रुपैयाँ खर्च गरिसक्दा पनि नियन्त्रण हुन सकेको छैन । डेङ्गु सङ्क्रमितको अनुपात घट्न सकेको छैन । बीपी प्रतिष्ठानमा दैनिक १५ देखि २५ जनाका दरले डेङ्गु सङ्क्रमित उपचारका लागि आउने गरेको त्यहाँबाट प्राप्त बिरामीको तथ्याङ्कले देखाएको छ । धरान उपमहानगरपालिकाले पनि ¥यापिड रेस्पोन्स टिम, जनप्रतिनिधि, विभिन्न सङ्घ(संस्थाका पदाधिकारी, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, चिकित्सकको भेला गरेर अढाई महिनाको बीचमा फैलिएको डेङ्गु सङ्क्रमण किन नियन्त्रण हुन सकेन भनेर समीक्षा गरेको छैन । डेङ्गु सङ्क्रमण भएको एक महिनासम्म जनपरिचालन भएको बेला सङ्क्रमितको सङ्ख्या घटेको थियो । तर नियन्त्रणको गतिविधि वर्षायामसँगै ठप्प भएकाले फेरि डेङ्गुको प्रकोप फैलिएको चिकित्सक बताउँछन् ।
स्थानीय समुदाय, सङ्घ–संस्था, जातीय संस्था, राजनीतिक दलका भ्रातृसङ्ठनका पदाधिकारी सुस्त भए । सर्च एण्ड डेस्ट्रोय अभियान प्रभावकारी हुन सकेन । अहिले त झन् डेङ्गु नियन्त्रणका लागि कुनै कार्यक्रम भएको छैन । तब कसरी हुन्छ त डेङ्गु नियन्त्रण ? समुदाय सुस्त रह्यो । उपमहानगरपालिकाले नेतृत्व दिन सकेन । डेङ्गु नियन्त्रणका लागि समुदायको व्यवहार परिवर्तन हुन नसक्दा कार्यक्रम प्रभावकारी हुन सकेन तसर्थ धरानको डेङ्गु नियन्त्रण हुन सकेन । डेङ्गु नियन्त्रणका नाममा ¥यापिड रेस्पोन्स टिमले मात्र घर(घरमा पुगेर लामखुट्टेको अण्डा, लार्भा र प्युपा नष्ट गर्न भ्याउँदैन । अबको आवश्यकता समुदाय नै परिचालन हुने गरी स्थानीय, प्रदेश र सङ्घीय सरकारले ‘विशेष योजना’ बनाउनुपर्छ । धरान स्वच्छ, सफा, सुन्दर शहर हो भन्ने गर्व गरिन्छ । तर डेङ्गुको विषयमा ‘इस्यु’ बनाउँदा अनावश्यक हुने तर्क गरिन्छ । धरानको बद्नाम हुने मत अघि सर्छ । तर, ‘जब स्वस्थ हुन्छ धरान, तब स्वच्छ हुन्छ धरान’ भन्ने कुरो बुझ्न सक्नु पर्छ । अब स्थानीय सरकारले उपमहानगरपालिकाअन्तर्गतको विशेष टोली गठन गर्नुपर्छ । नगरस्तरीय, वडास्तरीय र टोलस्तरीय जनपरिचालन कमिटी निर्माण गरेर नियमित सर्च एण्ड डिस्टूोयलगायत थप सचेतनाका अभियान सञ्चालन गर्नुपर्छ । ती कमिटीले काम गरे÷नगरेको प्रगति विवरण दैनिक रूपमा नगरले लिनुपर्छ । यसैगरी नगरको कार्य प्रगति प्रदेश सरकारले बुझ्नुपर्छ, अनिमात्र डेङ्गु नियन्त्रण हुनसक्छ । वर्षा सकिएपछि झन सारो डेङ्गु फैलनसक्ने चिकित्सकले अनुमान गरेका छन् । समुदाय यो सुस्तताबाट उठेमात्र धरान डेङ्गु प्रकोपमुक्त बन्न सक्छ ।