विषय प्रवेशः
भारतको लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी प्रभावशाली सुधारसहित पुनः विजय भएको छ । भारतीय संविधानअनुसार सरकार बनाउन २ सय ७२ सिट आवश्यक भए पनि भाजपा एक्लैले ३ सय ३ सिट प्राप्त गरेको छ भने भाजपासँग गठबन्धन गरेका नेसनल डेमोक्र्याटिक अलाइन्सले ४९ सिट जितेको छ । गठबन्धनको सिट ३ सय ४९ पुगेको छ । यो भन्दा अगाडिको निर्वाचनमा भाजपाले २ सय ८२ सिट ल्याएको थियो । प्रतिपक्ष भारतीय काङ्ग्रेस पार्टीले यो निर्वाचनमा पनि लज्जास्पद हार बेहोर्न पुग्यो । सन् २०१४ को निर्वाचनमा ४४ सिट ल्याएकोथियो । यसचोटीको निर्वाचनमा सिट सङ्ख्या बढाएर ५५ पु¥याएको भए पनि भाजपाको तुलनामा अत्यन्तै कम सिट हो । इन्दिरा गान्धीको पालामा बलियो भारतीय काङ्ग्रेस यतिबेला निकै नै तल झरेको अनुमान गर्न सकिन्छ । नेपालको सम्बन्धमा भारत अनुदार रहँदै आएको विषय त छ नै । नेहरु हुँदै इन्दिरा गान्धी, पिभी नरसिंह राव, चन्द्रशेखर मोदीसम्म आइपुग्दा पनि भारतको परराष्ट्र नीतिमा परिवर्तन नआउने बताउँछन् विज्ञहरू ।
राहुल गान्धीले चुनाव हारे
भारतमा भारतीय काङ्ग्रेस पार्टीको इतिहास १ सय ३५ वर्ष पुरानो रहेको छ । राहुल गान्धीको नेतृत्वमा रहेको यस पार्टीले निर्वाचनमा नराम्रो पराजय मात्र भोग्न परेन कि, आफ्नो पारिवारिक सिट अमेठीबाट पनि हारेका छन् । राहुल गान्धीलाई ५४ हजार ७ सय मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् । राहुल गान्धीले ४ लाख १२ हजार मत ल्याएका थिए भने ले चार लाख ६७ हजार मत पाएका थिए । भारतको कुल ३० मध्ये १६ राज्यमा काङ्ग्रेस शून्य सिटमा झरेको छ ।
पवन चाम्लिङ पनि हारेः
पाँच पटक चुनाव जितेका सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ पनि हारेका छन् । २५ वर्षपछि पवन चाम्लिङको हार भएको हो । चाम्लिङले नेतृत्व गरेको सिक्किम डेमोक््रmेटिक फ्रन्टले चाम्लिङ मात्र हारेको नभएर विधानसभामा नै बहुमतसमेत गुमाएको छ । चाम्लिङ नेतृत्वको दललाई उछिन्दै सिक्किम क्रान्तिकारी मोर्चा पिएस गोले नेतृत्वले १७ स्थान विजय हासिल गरेको छ भने चाम्लिङले नेतृत्व पार्टीले १४ स्थानमा विजय हासिल गरेको छ ।
कम्युनिष्ट पार्टीको अवस्था :
३५ वर्ष अगाडिदेखि पश्चिम बङ्गालमा चुनाव जित्दै आएको भारतीय माक्र्सवादी कम्युनिष्ट पार्टी भाकपाले सन् २०११ सम्म राज्य सरकारको नेतृत्व गर्दै आएको थियो । सन् २०१४ मा ९ सिट जितेको थियो भने यो निर्वाचनमा सीताराम येचुरीको नेतृत्वमा १ सिट जित्न सफल भए । यसअर्थमा भारतमा अब कम्युनिष्ट पार्टीहरू खुम्चिँदै गएका छन् । खुम्चिँदै मात्र होइन, जनमत नै गुमाउँदै लगेका छन् ।
भारतीय काङ्ग्रेस पार्टीका हारका कारणहरू
भारतीय काङ्ग्रेस पार्टीले सन् २०१४ को निर्वाचनबाटै आफ्नो पकड गुमाउँदै आएको हो । सन् २०१४ मा ४४ सिट जितेको काङ्ग्रेसले यस निर्वाचनमा ५५ सिट ल्याएको भए पनि सन् २०१४ मा २ सय ८२ सिट भाजपाले जितेको थियो भने यसपालि ३ सय ३ सिट जितेको छ । गठबन्धन सिट सङ्ख्या हेर्ने हो भने ३ सय ४९ सिट हासिल गरेको छ । यसरी राहुल गान्धीले नेतृत्व गरेको भारतीय काङ्ग्रेस पार्टीको लज्जास्पद हारको कारण यस्तो रहेको बताइन्छ– नं. १ नकारात्मक राजनीतिमा काङ्ग्रेस रमायो । मोदीलाई चौकीदार, काम नलाग्नेका रूपमा चित्रित गरियो । चलाख मोदीले पनि तल्लो तहको मन जित्न आफू चौकीदार हुँ भनी बताए । नं. २ काङ्ग्रेसले तल्लो तहको जनतालाई बुझाउन सकेन । भारतीय काङ्ग्रेस पार्टीले नरेन्द्र मोदीको विरोध मात्र गरिरह्यो । तल्लो तहको जनतालाई नीति, निर्माणका आधारमा चित्त बुझाउन सकेन ।
गरिबीको रेखामुनि रहेका जनतालाई ८० डलर मासिक तलब दिने घोषणा अवैज्ञानिक र अव्यवहारिक पनि थियो । जनताले काङ्ग्रेसलाई पत्याउन सकेनन् । नं. ३ भारतीय काङ्ग्रेसले अन्य दलहरूसँग गठबन्धन गर्न सकेन । आमआदमी पार्टीसँग गठबन्धनको तयारी गर्न खोजे पनि सिट सङ्ख्या नमिलेका कारण गठबन्धन हुन नसकेको हो । नं. ४ पश्चिम बङ्गालमा भाजपालाई काउण्टर दिन सक्ने अवस्था भारतीय काङ्ग्रेसको थिएन । बङ्गालको अल्पसङ्ख्यक मुसलमान समुदायलाई खुशी पार्ने भाजपाको रणनीति थियो । त्यहाँ भाजपा र भारतीय काङ्ग्रेस कार्यकर्ताबीच झगडासमेत भएका कारण चुनाव प्रचार–प्रसारमा रोक लगाइएको थियो ।
त्यसले भाजपालाई बल पुगेको थियो । नं. ५ मतदाताको भित्री सोच के थियो त्यो बुझ्न सकेन । चुनावमा सही ढङ्गले प्रचार–प्रसार भएन । जसको कारण समयमा चुनावी अभियान अनुकूल थिएन । नं. ६ मोदीको राष्ट्रवादी नाराले काम ग¥यो । चुनाव हुने समयमा पाकिस्तानमाथि भारतले हवाई आक्रमण गरेको थियो । चुनावी रणनीतिका रूपमा मोदीले यस्तोखालको रणनीति बनाएका थिए । नं. ७ वंश राजनीतिमा रमाएका राहुल गान्धी पनि परिवारवादमा रमाए । काङ्ग्रेसलाई गान्धीवादतर्फ लग्यो । राहुल गान्धीले प्रियङ्का गान्धीलाई महासचिवमा नियुक्ति गरेका थिए ।
नेपालप्रति मोदी दृष्टिकोण
नं. १ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टाराई भन्छन्, ‘प्रधानमन्त्रीज्यूले टेलिफोन गरेर बधाई दिँदै सन् २०१८ मा उचाइमा पुगेको नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । अब सम्बन्ध समस्यारहित हुनेछ र यसका लागि दुवै पक्षबाट प्रयत्न हुनेछ । सार्क प्रक्रिया अघि बढ्नेमा हामी विश्वस्त छौं । नेपाल–भारत इपिजीको प्रतिवेदन दुवै सरकारले बुझ्ने र कार्यान्वयनमा जानेमा पनि हामी विश्वस्त छौं ।’ नं. २ भारतका लागि पूर्व राजदूत प्रा.डा. लोकराज बराल भन्छन्, ‘हाम्रा क्रियाकलाप आन्तरिक विकासक्रमले नै भारतमात्र होइन, विश्वका अन्य सरकारसँग सहकार्यमा असर गर्छ । भारतमा भाजपाको ऐजेन्डा हिन्दुराष्टू हो । जसको प्रभाव नेपालमा नपर्ने भन्ने हुँदैन । मोदीको आगमनले नेपालका हिन्दुवादीलाई राहत दिन्छ । हाम्रा जनता पनि सेन्टीमेन्टल हुनाले प्रभावमा पार्लान् ।
तर नेपाल फेरि पनि पछि हट्नु पर्ने अवस्था आउने छैन । विकासका लागि मोदी नेतृत्वको सरकारसँग नेपालले सार्थक सहकार्य गर्नुपर्छ ।’ नं. ३ भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘नरेन्द्र मोदीको नेतृत्वमा पुनः सरकार गठन हुँदैमा भारतको परराष्ट्र नीति परिवर्तन हुँदैन । उनीहरूको नेपाल नीति अहिलेकै निरन्तरता रहन्छ । मोदी नेपाललाई तपोभूमि(देवभूमि) का रूपमा मान्दछन् । मोदी नेपालप्रति सकारात्मक छन् । नेपालले साझा परराष्टू नीति तय गर्नुपर्दछ र विश्वका सम्बन्धका लागि प्रयास गर्नुपर्दछ । हामीकहाँ सत्तारुढ पार्टीभित्र भारत नीतिमा एकमत छैन । हामी स्पष्ट हुनुपर्छ र कूटनीतिक कौशल देखाएर सम्बन्ध थप मजवुत बनाउनुपर्छ ।’ यसअर्थमा भारतको कम्युनिष्ट पार्टीले १ सिटमात्र जितेको अवस्थामा नेकपा सरकारलाई पनि अवश्य प्रभाव पार्दछ । विश्वका शक्तिशाली धेरै देशहरूमा कम्युनिष्ट पार्टीको रक्षात्मक स्थिीति नै देखिन्छ । यसको प्रभाव नेकपा सरकार र अन्य कम्युनिष्ट पार्टीमा समेत पर्ने देखिन्छ । मोदीसँगको सम्बन्ध सत्तापक्ष कम्युनिष्ट पार्टीले कसरी बढाउँछ ? त्यो हेर्न बाँकी छ ।
मोदी नेतृत्वको भाजपाले विजय हासिल गरेपछि मोदीलाई बधाई दिँदै प्रधानमन्त्रीले ‘सहकार्य गर्न इच्छुक छु’ भनेकोमा प्रत्युत्तरमा नरेन्द्र मोदीले ‘सम्बन्ध अझै उचाइमा लानेछौं’ भनी बताएको छ (द्दण्ज्ञढ ःबथ द्दद्ध नयाँपत्रिका) । नेपाल–भारत सम्बन्धलाई उचाइमा पु¥याउने भारतीय सरकार नेतृत्वको भनाइ पटक–पटक यही रहँदै आएको छ । तर नेपाल–भारत सम्बन्धमा नेहरुले जुन कन्सेप्ट बनाएका थिए, त्यो कन्सेप्ट अझै पनि परिवर्तन भने भएको छैन । नरेन्द्र मोदीले पनि नेपाललाई घुँडा टेकाउन नाकाबन्दी गरेका थिए । इन्दिरा गान्धीले नेपाललाई टुक्र्याउन मधेशमा भारतीयमूलका मानिस पठाएर बहुमत बनाएर ‘जनमतसङ्ग्रह’ बाट सिक्किम जस्तै छुट्टै प्रान्त बनाएर भारतमा गाभ्ने योजनासमेत बनाएकी थिइन् । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायका अनुसार–नरेन्द्र मोदीको नेतृत्वमा पुनः सरकार गठन हुँदैमा भारतको परराष्ट्र नीति परिवर्तन हुँदैन । मुख्य चुरो विषय यही हो ।
राजनीतिक विश्लेषक कृष्ण अनिरुद्र गौतमका अनुसार पनि अहिले अमेरिका र चीनको सम्बन्ध बिगँ्रदै गएको अवस्थामा भारतले कसरी सन्तुलन गर्छ भन्ने विषयले पनि नेपाललाई प्रभाव पार्दछ । कश्मिर घटना चुनावको लागि थियो । भारतले पाकिस्तानमाथि हमला गरेको थियो चुनावअगाडि । यही विषयलाई लिएर मोदी आक्रामक हुने आशङ्का रहेको भए पनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मोदी प्रधानमन्त्री आए सजिलो हुने बताएका छन् । यस्तो घटना क्रमका आधारमा मोदीले कसरी विश्व र दक्षिण एसियाका मुलुकहरूसँगको सम्बन्ध बनाउँदछ, त्यसले नेपालको राजनीतिमा प्रभाव पार्ने विश्लेषण गरेका छन् ।
निष्कर्षमाः
भारतमा नरेन्द्र मोदीको भाजपाले ३ सय सिट र गठबन्धनले कुल सिट संख्या ३ सय प्राप्त गरेका छन् । विश्व र दक्षिण एसियामा मोदीले अब कस्तो खालको रणनीति अप्नाउँछन् र नेपालप्रतिको दृष्टिकोण कस्तो हुनेछ भन्ने बारेमा विभिन्न कोणले बहस र छलफल भए पनि भारतको जुनसुकै सरकार आए पनि पराराष्ट्र मामिला नीतिमा परिवर्तन हुन नसक्ने विज्ञहरूले बताउँदै आएका छन् । अमेरिका र चीनबीचको व्यापार युद्ध बढोत्तरी भएर अमेरिकाले करवृद्धि गर्ने घोषणा गरेपछि त्यसको वारेमा छलफल र वार्ता गर्न ‘तीन महिने व्यापार युद्धविराम’ गरेका भए पनि सो बाट उपलब्धि नआएपछि चीन र अमेरिका दुवैले युद्धविराम भङ्ग गर्दै चीनले पनि अमेरिकी वस्तुमा पनि कर वृद्धि गरिदिएको छ ।
यसलाई मोदीले कसरी सन्तुलनमा राख्छ भन्ने कुराले दक्षिण एसिया र नेपालमा उसको रणनीतिले प्रभाव पार्ने देखिन्छ । सप्तकोशी नदीमा ढोका खोली नेपालका ९० घरपरिवारलाई विस्थापित भरखरै गरिदिएको छ । यसरी ढोका खोल्दा नेपाल पक्षलाई जानकारी नगराएको बताएका छन् । मोदीको पार्टीले बहुमत ल्याउने बित्तिकै आफ्नो हेपाहा प्रवृत्ति देखाएको बताइन्छ । चीनले पनि नेपालमा लगानी मात्र होइन, राजनीति हस्तक्षेप पनि बढाइरहेको समयमा मोदीको कस्तो रणनीति हुनेछ भन्ने कुराको आँकलन गर्न मुस्किल भए पनि दक्षिण एसिया र नेपालप्रतिको दृष्टिकोणमा खासै नौलोपन नदिने निष्कर्ष निकाल्न सकिन्छ । उसको नीति अहिलेकै निरन्तरता हुनेछ ।
‘मोदीको जितले नेपालका हिन्दुवादीलाई फाइदा दिन्छ ।’ (लोकराज बराल)
‘मोदीले पुनः जित्दैमा उसको परराष्ट्र नीति परिवर्तन हुँदैन ।’ (दीपकुमार उपाध्याय)