नेपालमा दादागिरी जहाँ पनि चल्छ । दादागिरील समाज आक्रान्त छ । हुदा हुदा कारागारमा पनि सिनियरले जुनियरमा उतिकै दादागिरी जमाउने गरेका छन् । अन्तर्राष्ट्रिय मान्यता अनुसार कारगार एउटा सुधार गृह हो । तर विडम्बना नेपालका कारागार सुधार गृह हुन सकेका छैन् । पशु सरह जेलमा कैदीहरुलाई खादेर राखिएको हुन्छ । त्यस्तो अवस्थामा जीवन विताइरहदा पनि अनेक सास्ती उनीहरुले खेप्नु पर्ने बाध्यताले मानिसमा निरासा मात्र होइन, आत्महत्यासम्मका घट्नाहरु हुने गरेका छन् ।

जिल्ला कारागार धनकुटामा चौकीदारले कैदीहरुमा शोषण तथा दमन गरेको घट्ना सार्वजनिक भएको छ । लामो सयमदेखि अन्याय सहदै आएका कैदीहरुले हिक्कमत गरेर आफुमाथि भएको अन्याय बाहिर सार्वजनिक गरेका छन् । यो हिक्कमतलाई राज्यले कमजोर ठानेर उनीहरुलाई न्याय गर्न सकेन भने जेलभित्र दादागिरी जमाउनेहरुको मनोवल बढ्ने छ । कारागारमा रहेका ७० जना कैदीवन्दीहरुले आफुहरुलाई लामो समयदेखि दमन शोषण गरेको गर्मी र जाडोमा पाउने स्केललाई दुरुपयोग गरेको, जेल भित्र निषेध गरिएका खैनी, जाँड–रक्सी, चुरोट लागुपदार्थलगायतका बस्तुहरुको कारोबार गरेर आर्थिक लाभ लिने गरेको जस्ता गम्भीर कुरा सार्वजनिक गरेका छन् । खैनी चुरोट, रक्सी तथा लागुऔषध जस्ता कुरा जेलभित्र भित्रनु जेल प्रशासन पनि जिम्मेवार हुन्छ । जेल प्रशासनको मिलेमतोविना यस्ता गतिविधी कल्पना गर्न सकिदैंन ।

गरुैकानुनी काम तथा गैरन्यायी काम धनकुटा कारागारमा भएको सार्वजनिक भएको छ । यसले नेपालको कारागारमा के कसता विचित्रता हुन्छन भन्ने प्रतिनिधित्वसमेत गरेको छ । धुनकुटा कारागारमा जुनकिसिमको हर्कत भएको छ, त्यो किमार्थ उचित होइन । कारागार प्रशासनलाई सरकारले स्पष्टिकरण सोध्नु पर्दछ । प्रशासन जिम्मेवार नहुने हो भने चौकीदारको दादागिरी हप्कीदप्कीले कैदीहरुमा निराशा आउने छ । यस्ता विकृत बाहिर ल्याउदा कारागार प्रशासन पनि जवाफदेही हुने हुनाले कैदीवन्दीहरुलाई चौकीदार र प्रशासन मिलेर अझ दुःख दिने काम पनि हुन सक्छन् । बन्दीहरु आजित भएर अर्को स्थानमा स्थानान्तरण गरि पाऊ भनेर अनुनय विनय गर्नु भनेको गम्भीर कुरा हो । उनीहरु ठूलो पीडामा छन् भन्ने कुरा उनीहरुको विन्तीबाट प्रष्ट हुन्छ । सरकारले धनकाुटा कारागारको समस्या तत्काल सुल्झाउनु वाञ्छानिय हुने छ ।