आगाह अपनी मौत से कोई बशर (मनुष्य) नही
सामान सौ बरस की है पल की खबर नही
२०४० साल चैत्र १२ गतेको स्वास्थ्य मन्त्रालयको नियुक्ति लिएर छाता चौकमाथिको २५ बेड अस्पतालमा काम गर्न आउँदा, क्लिनिकका लागि ठाउँ खोज्दा चतरा लाइन, हाइस्कुल अगाडि लालबहादुर ताम्राकारको घरमा ध्यान पुग्यो । डा. ज्ञानबहादुर श्रेष्ठले आºनो निवास निर्माण गरेर तत्कालीन थानामुनि भर्खरै सरेका थिए र उनले वर्षौंदेखि सञ्चालन गर्दै आएको चतरालाइनको भाडाको घर खाली भएको थियो । लालबहादुर ताम्राकार मेरो पिता जियाउल हकका मित्र थिए । धरान–५ का भगवान् थापालार्ई लालबहादुर ताम्राकारसँग कुरा गर्न लगाएर १२५० मासिक तिर्ने गरी डा. ज्ञानबहादुर श्रेष्ठले खाली गरेको क्लिनिकमा मैले निजी क्लिनिक सञ्चालन गर्न आरम्भ गरेँ । ज्ञानबहादुर डाक्टर (प्रचलित नाम) ले खाली गरेको क्लिनिकमा बिरामीले जँचाउने बेडमा चढ्ने काठको सानो भ¥याङ (सिंढी) र दुई काटुन खाली सिसी (सुई लगाएर खाली भएको औषधि बोतल) मैले भेटें । त्यो भ¥याङ आज पनि मेरो क्लिनिकमा प्रयोग हुँदै आएको छ ।
त्यस कालमा मेरो क्लिनिकको ठेगाना साथीभाइ र बिरामीहरूलाई बताउन अत्यन्त सजिलो भएको थियो । ज्ञानबहादुर डाक्टरको पुरानो क्लिनिक । क्लिनिक भवन भन्ने बित्तिकै सबैले बुझिहाल्ने र उनलाई नभेटिकनै उनको नाम मैले लिइरहने र एउटा सम्बन्ध स्थापित भएको थियो । बिरामीहरूले मलाई जँचाउन आउँदा उनको नाम लिएर उनीजस्तै जाँचिदिन र एकै पटकमा चट्टै निको हुने औषधी दिन आग्रह गर्दथे । मेरा लागि एउटा अचम्मको परीक्षा थियो बिरामीहरूको चित्त बुझाउन र ज्ञानबहादुर डाक्टरको जस्तै उपचार गर्न ।
धरान अस्पतालमा काम गर्दै जादा डा. ज्ञानबहादुरसँग मेरो भेटघाट र मित्रता भयो । उनको भद्र व्यवहार र शालीन स्वाभाव ले म अत्यन्त प्रभावित भएर उनको वरिष्ठतालाई कदर गर्दै उनलाई मैले ‘सर’ भनेरै सम्बोधन गर्थें । डा. तपनको क्लिनिक अस्पतालको नजिक भएकाले तपन र मेरो भेटघाट लगभग हरेक साँझ नै हुनेगर्दथ्यो र बीचबीचमा हामी तीन जनाको पनि जमघट हुन्थ्यो । सामान्य घरायसी भेटघाट, चाडपर्व, इर्द, वक्रईद, दशैं, तिहार, जन्मदिन र वैवाहिक वर्षगाँठहरूमा हाम्रो भेट भइरहन्थ्यो । ईदको साँझमा डा. ज्ञानबहादुर नलिनी भाउजुसहित अस्पताल क्वार्टरमा आएको र ईदको परिकार सेवनपछि बच्चाहरूलाई ईद्दि (रुपैयाँ पैसाको उपहार) दिएको मलाई आज पनि सम्झना छ ।
डा. ज्ञानबहादुर श्रेष्ठले तत्कालीन व्रिटिश मिलिटरी अस्पताल (घोपा क्याम्प अस्पताल) र नेपालको सरकारी अस्पतालमा समेत केही वर्षको सेवा पछि धरान बजारमा पूर्णकालीन निजी क्लिनिक सञ्चालन गर्ने पहिलो एमबीबीएसस्तरका चिकित्सक थिए । उनले लण्डनबाट डीटीएमएच (डिप्लोमा ट्रपिकल मेडिसिन) पनि गरेका थिए र नेपाल मेडिकल काउन्सिलमा दर्ता प्राप्त चिकित्सक थिए । उनले निजी क्लिनिकबाट सेवा प्रदान गर्ने एउटा आदर्श सेवा प्रदायकका रूपमा आफूलाई स्थापित गरेका थिए र उनको मोडेल नै हामी अन्य चिकित्सकहरू डा.तपन तरफदार, डा. हरि शर्मा र मैलेसमेत पछ्याउँदै निजी क्लिनिकबाट सेवा प्रदान गर्दै आएका छौँ ।
उनको कार्यकालमा उनले बिरामी, बिरामीका आफन्त र साथीभाइका बीचमा सबभन्दा आकर्षक पक्ष उनको मीठो बोली र स्नेहपूर्ण व्यवहार रहेको थियो । उनीसँग फोनमा वा भेटघाटमा कुरा हुँदा उनले हरेक पटक घर परिवारका प्रत्येक सदस्यहरूका बारेमा पटक–पटक सोध्ने र अनेकौं पटक ‘थ्याङ्क यु, थ्याङ्क यु’ भन्दै धन्यवाद दिने उनको बानी रहेको थियो । विभिन्न समयमा तनाव हुँदा पनि उनको मीठोे व्यवहारमा कुनै परिवर्तन आउँदैनथ्यो । उनको यही मीठो व्यवहारले हामीले उनलाई एउटा आदर्श चिकित्सकको रूपमा हेर्ने गरेका थियौँ ।
२०५० सालपछि मैले मुटु र छाती रोगको स्नातकोत्तर अध्ययनपश्चात् एक पटक पुनः आºनो क्लिनिक धरानको पुतली लाइन हुँदै चतरालाइनमा २०५३ सालदेखि स्थायी रूपमा सञ्चालन गर्न थालेँ । त्यस बेला डा. ज्ञानबहादुर श्रेष्ठ रोटरी क्लबका भूतपूर्व अध्यक्षको हैसियतले समाजमा सक्रिय थिए । रोटरी इन्टरनेशनलको पोलियो रोग उन्मूलनको कार्यक्रममा उनी अत्यन्त सक्रिय भएर लागेका थिए । विभिन्न ठाउँमा हुने पोलियो बारे सभा सम्मेलनमा भाग लिन र खोप सञ्चालनका दिन उनको उल्लेखीय र सक्रिय सहभागिता रहने गर्दथ्यो ।
धरानमा निकै जना चिकित्सकहरू रहेको र नेपाल चिकित्सक सङ्घको शाखा नरहेको र हामी चिकित्सकहरू विराट नगरस्थित नेपाल चिकित्सक सङ्घ कोशी अञ्चल शाखामा आबद्ध थियौँ । डा. ज्ञानबहादुर, डा.तपन तरफदार, डा.हरि शर्मा, डा. प्रहलाद कार्की र मेरो संलग्नता र पहलमा हामी धरानमा नेपाल चिकित्सक सङ्घ धरान शाखा कार्यालय स्थापित गर्न सफल भयौँ । धरान शाखा संस्थाको पहिलो अध्यक्षका रूपमा डा. ज्ञानबहादुर श्रेष्ठको वरिष्ठताको कदर स्वरुप उनलाई निर्विरोध चयन ग¥यौं । उनको हैसियत संस्थापक अध्यक्षको रूपमा सदैव कायम रहने छ । स्वास्थ्य सेवा करको दायरामा हामी चिकित्सकहरूलाई ल्याउन सरकारले पहल गरेपछि त्यसको विरोध र निजी क्लिनिक सञ्चालन गर्नेहरूको आपसी हकहितमा कार्य गर्न सङ्गठित हुने आवश्यकता ठानेर हामीले धरानमा सुनसरी स्वास्थ्यकर्मी सङ्गठन, धरानको स्थापना ग¥यौं । डा. ज्ञानबहादुर श्रेष्ठ यस संस्थाको पनि अध्यक्ष रहेका थिए ।
लगभग दुई वर्षअघि दशैंको बिदाको बेला उनलाई अचानक ‘हर्ट ब्लक’ भन्ने रोगले च्याप्दा उनी अचेत भएका थिए, सौभाग्यले छोरा डा. निकेशराज श्रेष्ठ (मुटु रोग विशेषज्ञ) घरमै उपस्थित थिए र तत्काल उनलाई विराटनगरस्थित न्यूरो अस्पताल पु¥याए र उनको शरीरमा पेस मेकर (मुटुलाई चलाइ रहने मेसिन) जडान गरे । त्यस घटना पछि उनलाई आराम गर्ने सल्लाह दिएको थियो र लगभग वर्ष दिन सक्रिय क्लिनिक सञ्चालन र अन्य कामबाट विश्राम लिए । सधैँ काम गरिरहने र बिरामीहरूको बीचमा बसिरहनेलाई एकाएक केही नगरिकन समय बिताउन कति गाह्रो हुन्छ, यो एउटा व्यस्त व्यक्ति–व्यक्तित्वले मात्रै आभास गर्न सक्छ ।
उनले सिमित मात्रामा बिरामी जाँच्न र समय व्यतित गर्न हामी सबैले सल्लाह दिएका थियौँ र उनले केही समय फेरि क्लिनिक सेवा आरम्भ गरेका थिए । केही महिनापछि उनको शरीरमा रहेको प्यान्क्रियाज (पेटभित्र खाना पचाउने र इन्सुलिन बनाउने ग्रन्थी) को क्यान्सरको खबरले हामी इष्टमित्रलाई निकै दुःखी र निराश पा¥यो । तर हाम्रो भेटघाटमा डा. ज्ञानबहादुरको व्यवहार र बोलचालमा कुनै निराशाको भाव नदेखिने र अत्यन्त सहज भावमा उनी प्रस्तुत हुने गर्दथे । अझ भेट्ने साथीहरूलाई अत्यन्त हर्षका साथ समय दिने र फेरि–फेरि भेट्न आउन आग्रह गर्ने गर्दथे ।
अन्यत्यमा मृत्युको कारण अन्य रोग ब्रेन स्ट्रोक र ब्रेन ह्यामरेज हुन पुगेको रहेछ उनको स्ट्रोकको समाचार र सीटीस्क्यानको रिर्पोट र रोगको गम्भीरताले हामी सबैलाई निकै निराश तुल्याएको थियो र अल्पसमयभित्रै उनको निधनको समाचारले समस्त इष्टमित्र, नातागोता सहयात्री साथी र समस्त धरानवासीलाई स्तब्ध एवम् दुःखित तुल्यायो । यसरी उनको एउटा ऐतिहासिक जीवनको अन्त्य भयो ।
जाने वाले कभी नही आते
जाने वाले की याद आती है ।