मुद्दाको सैद्धान्तिकीकरण र तार्किक बहसभन्दा ज्यादा आप्mनै अराजक गतिविधिका कारण चर्चामा देखिएको लिम्बुवानी आन्दोलन अब करिब–करिब घाटमा पुगेको देखिन थालेको छ । अराजक गतिविधिले लिम्बुवानी मुद्दा चर्चामा त ल्यायो तर मुद्दा स्थापित हुने आधार अभावका कारण हिजो देखिएको चर्चा बौद्धिकताविहीन चर्चामात्र भएको प्रष्ट भएको छ । प्रदेश–१ नामकरणको विषय गम्भीर मोडमा उभिएको अवस्थामा लिम्बुवानी आन्दोलन एकले अर्काेलाई कसरी सिध्याउने र आपूm आपुङ्गी राजा हुने भन्ने होडमा देखिएका छन् । नेतृत्व, अभियन्ता र कार्यकर्ताबीचको बुझाइ एकनासको नहुँदा लिम्बुवानी मुद्दा अहिले व्यक्तिपिच्छे आप्mनो रोटी सेकाउने माध्यम बनेको छ । यसो हुनुको मुख्य कारण लिम्बुवान मुद्दालाई बौद्धिकरूपले स्थापित गरेर लानुभन्दा पनि अराजक शैलीमा रमाउने मनोविज्ञान नै प्रमुख कारण हो ।
पछिल्लो चरणमा ‘लिम्बुवान स्प्रिङ आन्दोलन’ को घोषणा भएपछि लिम्बुवानी आन्दोलनले उचाई लिने अनुमान गरिएको थियो । तर, सो घोषणा पनि पुरानो बोतलमा नयाँ रक्सीको रूपमामात्रै देखियो । अर्थात्, विषयको गम्भीर्यतालाई बौद्धिक र तार्किकरूपले उठान गर्नुको साटो उही पुरानै अराजक शैलीमै रमाउने देखियो । प्रदेश–१ नामकरणको विषय गम्भीररूपले उठिरहेको बेला लिम्बुवान स्प्रिङ आन्दोलन घोषणा गर्ने आन्दोलनकारीहरूले आफ्नै जातीय संस्था किरात याक्थुङ चुम्लुङ (कियाचु) को कार्यक्रममा कालो झण्डामात्र देखाएनन्, सामाजिक सञ्जालहरूमा संस्थाका केन्द्रीय अध्यक्षको मृत्युको घोषणा गर्दै श्रद्धाञ्जली दिनसमेत् पछाडि परेनन् । यो शैली एक प्रकारले घर डढाएर आगो ताप्ने प्रवृत्ति हो । यसको साथै, अरुको मृत्युमा रमाउने वा अरुलाई मृत्य घोषित गरेर आनन्द लिने जुन प्रवृत्ति देखियो, यसले लिम्बुवानी समाज कता जाँदैछ भनेर स्पष्ट चित्र प्रदर्शित गरेको छ । मुद्दा वा प्रवृत्ति नमिल्दैमा सकेसम्मको बल लगाएरै आफ्नै संस्थाविरुद्ध गलत गतिविधि गर्ने र संस्थालाई बीच सडकमा ल्याएर खुइल्याउने प्रवृति कालान्तरमा आप्mनै मृत्युको पूर्व घोषणा हो भनेर बुझ्नु जरुरी छ ।
यो बेला चारतिर मुख फर्काएर बसेका लिम्बुवानी शक्तिहरू एक ठाउँमा चुम्लुङ गरेर लिम्बुवानी आन्दोलनलाई सशक्त बनाउनु पर्नेमा आप्mनै संस्थाको विरुद्ध कालोझण्डा देखाउने काम गरे । घोषित लिम्बुवान स्प्रिङ आन्दोलनले फरक दिशामा उभिएका लिम्बुवानी शक्तिलाई एक ठाउँमा ल्याउने प्रयास गरेको भए निकै राम्रो देखिन्थ्यो । तर, संस्थालाई नै सिध्याउन आप्mनो भएभरको शक्ति लगाउनु नयाँ बोतलमा पुरानै रक्सीको पुनरावृत्ति थियो । यो काण्डले एकथरीको अस्तित्व सतहमा आयो भनेर रमाउनु एउटा कुरा होला या एउटा सङ्गठनका लागि रोटी सेक्न पाउने मौका बन्यो होला । लिम्बुवान स्प्रिङ आन्दोलनको यो गतिविधिलाई समग्रतामा हेर्दा पश्चगामी र नकारात्मक पाटोको पक्षधरता पाउन सकिन्छ । यो गतिविधिले प्रदेश–१ नामकरणको गम्भीर मोडमा लिम्बुवानी आन्दोलनलाई निस्तेजमात्र पार्ने होइन कि लिम्बुवानी आन्दोलन गर्नेहरू कति धारमा टुक्रिएका छन् भन्ने कुरा पनि बुभ्mन सजिलो बनाइदिएको छ । त्यसैले घोषित आन्दोलनले लिम्बुवानी भावनालाई अझ उत्साहित बनाउनु पर्नेमा निरुत्साहित पार्ने लक्ष्य राखेको देखिएको छ ।
कियाचुको २२ औं राष्ट्रिय बैठक (फागुन २९–३०) धनकुटाको चौविसेमा भएको कालो झण्डा प्रकरण गर्न आन्दोलनकारीहरूमा जुन उत्सुकता देखाएको थियो, त्यसपछिका गतिविधिहरू शून्य देखिए । जस्तो कि चौविसेमा भएको कार्यक्रमको करिब साता दिनपछि कियाचुको केन्द्रीय कार्यलयमै विवादास्पद गुरु भक्तकुमार राई (भकुरा) को कार्यक्रममा कुनै कालो झण्डा देखाइएन । किरात राई समुदायले महाधिवेशनबाटै अस्वीकार गरिदिएको विवादास्पद गुरु भकुरालाई विरोध नर्गनु भनेको उसलाई स्वागत गर्नु हो । सोही विवादास्पद गुरु भकुराले पाँचथरको फालेलुङमा माननीय वसन्तकुमार नेम्वाङ राखेर चैत ९ गते पनि कार्यक्रम गरे । त्यस कार्यक्रमलाई पनि लिम्बुवान स्प्रिङ आन्दोलनको मौन समर्थन रह्यो । एउटा सिङ्गो समुदायले बहिष्कार गरेको व्यक्ति जो विवादास्पद पनि छन्, उसको गतिविधिप्रति लिम्बुवान स्प्रिङ आन्दोलनकारीहरू मौन बस्नुले के अर्थ दिन्छ ? यो निकै गम्भीर विषय बनेर देखा परेको छ । आफ्नै संस्थाको कार्यक्रममा कालो झण्डा देखाउने प्रवृत्ति र समुदायबाट बहिष्कृत भएको विवादास्पद व्यक्तिलाई लिम्बुवानी क्षेत्रमा विवादास्पद गतिविधि गर्न छुट दिने कुरालाई तुलना गर्ने हो भने हामी निष्कर्षमा पुग्न सक्छौ– लिम्बुवानी आन्दोलनमा अर्काे विडम्बना थपिएको छ ।
किरात राई समुदायबाट बहिष्कृत विवादास्पद व्यक्ति भकुरालाई जनाएको यो मौन समर्थनको अर्काे कारण लारुम्बाको लिङ्देन हो भने यो भन्दा अनौठो विडम्बना अरू केही हुन्न । हामी सबैलाई थाहा छ, कुमार लिङ्देनको पृष्ठभूमि लारुम्बाबाट उठेर आएको हो । त्यसैले ‘किरात प्रदेश’का पक्षधरसँग आप्mनो कार्यकर्तालाई जसरी आगो ओकल्न लगाउँछ कुमार लिङ्देन, त्यही गतिविधि गर्न लगाउन सक्दैनन् लारुम्बाको लिङ्देन विरुद्ध । लारुम्बाको लिङ्देन पनि किरात पक्षधर भए पनि उनी विरुद्ध कुनै पनि कार्यकर्ता जाइ नलाग्नुको सिधा अर्थ कुमार लिङ्देनको पृष्ठभूमि त्यही लारुम्बामा जोडिनु हो । त्यसैले एउटा विवादस्पद गुरुको आलोचना गर्दा आप्mनो पृष्ठभूमिको गुरुको विरोध गर्नै पर्ने बाध्यतामा फस्नु पर्ने भएकाले पनि कुमार लिङ्देनका कार्यकर्ताले चलाएको लिम्बुवान स्प्रिङ आन्दोलन विवादास्पद व्यक्ति भकुराको बारेमा मौन रह्यो । भकुराको बारेमा आन्दोलनकारी मौन हुनु माथि चर्चा गरेकै कारण हो भने विडम्बना त देखिने नै भो, कसले कसरी रोटी सेकाउँदैछ भन्ने पनि प्रस्ट हुन आउँछ ।
[email protected]
यो लेखकको निजी विचार हो । –सं.