रङ्गेली/ मोरङका बाँकि रहेका सम्पुर्ण स्थानियतहलाई मंसिर १५ सम्म खुल्ला दिसामुक्त बनाएर मंसिर २० मा जिल्लालाई खुल्लादिसाक्त घोषणा गरिने भएको छ ।
मोरङका १७ स्थानीय तह मध्ये ११ वटा खुलादिसामुक्त क्षेत्र घोषणा भैसकेका छन् ।
विराटनगर महनगरपालिका, रंगेली नगरपालिका कटहरी गाँउपालीका, बुढिगंगा तथा जहदा गाउपालिका खुलादिसामुक्त घोषणा हुुन वाकि छ ।
बाँकि रहेका सुनवर्सी नगरपालिका र धनपालगाउपालिकाले दशै लगतै घोषणा गर्ने तयारीमा छन् ।
सन २०१८ को अन्तसम्म नेपाललाई खुुलादिसामुुक्त गर्ने लक्ष्य सहित २०११ देखि यो अभियान शुुरु भएको हो । प्रदेश १ मा मोरङ र झापा खुुलादिसामुक्त जिल्ला घोषणा हुुन बाँकि छन् ।
सन २०१८ भित्र खुलादिसा मुक्त देश घोषणा गर्ने नेपाल सरकारको लक्ष्य अनुरुप मंसिर २० गते मोरङ पनि घोषणा हुने जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए ।
मोरङमा २ हजार ५ सय २५ घरमा चर्पी छैन । यस मध्ये कटहरी गाँउपालिकामा मात्र १६ सय घर चर्पी विहिन छन् । त्यस्तै बुढिगंगा गापामा १ सय २५ घरमा चर्पी छैन ।
शनिबार विराटनगरमा सुक्ष्म कार्ययोजना गोष्ठीमा सहभागी जनप्रतिनिधिहरुले मंसिर १५ भित्र आ–आफ्नो स्थानीय तहलाई खुलादिसामुक्त घोषणा गर्ने प्रतिवद्धता जनाए ।
कटहरीगापा अध्यक्ष रामकुमार कामत,जहदागापा उपाध्यक्ष सालोदेवी साह, सुनबर्सी नपा मेयर कालिप्रसाद दास, रंगेली नपाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगर र बुढिगंगा गापा अध्यक्ष वालचन्द माझीले मंसिर २० गते जिल्लालाई खुुलादिसामुुक्त घोषणाका लागी सामुहिक प्रतिवद्धता व्यक्त गरेका थिए ।
सन २०१८को डिसेमम्बर भित्र नेपाललाई खुलादिसामुक्त घोषणा गर्न तयारी तिब्र पारिएको खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मनोज घिमिरेले जानकारी दिए ।
घोषणकोलागी काठमाण्डौमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गर्न लागीएको उनले बताए ।
६० वटा जिल्ला खुलादिशामुक्त घोषणा भइसकेको र बाकि जिल्ला अन्तिम चरणमा रहेको उनले बताए ।
सातवटा प्रदेशमध्ये ४, ६ र ७ प्रदेश खुुलादिसामुुक्त प्रदेश घोषणा भइसकेका छन । जसमा २ सय ९३ नगरपालिका र ४ सय ६० गाउपालिका खुुलादिसामुुक्त क्षेत्र घोषणा भइृकेको जानकारी दिइएको थियो ।