मधुमल्ला । मोरङको मिक्लाजुङ ९ मधुमल्लाका मोहम्मद कमल आजभोलि निकै निराष देखिएका छन । उनिलाई यतिबेला परीवार पाल्न र दैनिक जिबीको पार्जन गर्न धौधौ परेको छ । उनले केहीबर्ष अघि बाट गृह निमार्णका लागि आवस्यक पर्ने सामाग्रीहरु निमार्ण गर्ने कमल रीङ व्यावसाय संचालनमा ल्याएका छन । सुरु सुरुमा रिङ व्यवसाय बाट आय आर्जन राम्रै हुदैं आएको बताउने मोहम्मद पछिल्लो समय गृह निर्माण सम्बन्धी नयाँ प्रविधी र आधुनीकता थपिए संगै परम्मपरागन रुपमा चल्दै आएको उनको यो रीङ व्यवसाय संकटमा परेको कमलले बताए । सानो लगानी र आम्दाीनी पनी राम्रै हुँदै आएको तर अहिले रोज बचाउन समेत मुस्किल भएको कमलले बताए । आफ्नो पेशाबाट आयआर्जन घटदै गएपछी घरपरिवारमा धान्न आर्थिक समस्या पनि बढ्दै गएको छ । हस्त निर्मित सामग्रीहरूको सट्टा विभिन्न प्रकारका रेडिमेड सामग्री नेपाली बजारमा आउन थालेपछि कमलको रीङ व्यावसाय नै सङ्कटमा परेको छ । मासीक ४० हजार सम्मको रीङ , भेन्टीलेसन , सानापिलर , गमला, पानी जमाउने डूढ बिक्री गदै आएका उनि ऐले बजारमा आएका रेडीमेड सामान संग बजार प्रतिस्पर्दा गर्ननसक्नु र र्गृह निर्माण गर्दा आधुनिक सेप्टि ट्याङ्की सहीत निर्माणले गर्दा अफु स्थिापित हुने अवस्थामा पुगेको कमल बताउँछन् ।