पथरी/ मोरङको पथरीशनिश्चरे–२, स्थीत पथरीको जंगलमा एक १३ बर्षिय बालिका सामुहिक बलात्कारमा परेकी छिन् ।
पथरीशनिश्चरे–९, मा आफ्नो घर भएको र पथरीशनिश्चरे –१० आफ्न्तकोमा बस्दै आएकी १३ बर्षिय बालिकालाई पथरीशनिश्चरे–२,को जंगलमा लगेर रातभरी सामूहिक बलात्कार गरेको हो ।
सामूहिक बलात्कार गरेको अभियोगमा इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१,बजारका २३ बर्षिय मनोज राई र पथरीशनिश्चरे–९, का २२ बर्षिय राजकुमार माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई घटना पश्चात पीडितले इलाका प्रहरी कार्यालय पथरीमा दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको हो । उनिहर सँगै सहयोगीको भूमिका खेलेको पीडितकै साथी १३ बर्षिय बालिकालाई पनि प्रहरीले पक्राउ गरिएको छ ।
राई र माझीलाई बुधबार बेलुकी र सहयोगी भूमिका खेल्ने बालिकालाई बिहिबार बिहान पक्राउ गरिएको इस्पेक्टर कमल बंजाईले बताए ।
मंगलबारका दिन एउटै कक्षामा पढ्ने केटी साथीले जन्मदिन भएको बहानामा पीडितको घर आएर घरमा भनसुन गरे पछि १ घण्टाको लागि जान दिएको परिवारले जनाएको छ ।
तर निकै रात परि सक्दा पनि नफर्के पछि छिमेकिको सहयोगमा खोजी गर्दा पनि रातभर बालिका फेला परिनन् ।
रातभरी जंगलमा बलात्कार गरेर दुईजना आरोपितले बुधबार दिउँसो घर नजिकै ल्याएर छाडेको थियो ।
दुई जनाले मादक पदार्थ सेवन गराइ आफुलाई जङ्गलमा लगि रातभर बलात्कार गरेको पिडित बालिकाले प्रहरीको बयानमा बताएकी छिन् ।
पिडित बालिका घरमा आइपुग्दा बेहोश भएको र उनको स्वास्थ उपचारको लागी धरान स्थीत बिपी कोईराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा बुधबार नै लगिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा दायर हुने इलाका प्रहरी कार्यलयका प्रहरी इस्पेक्टर बजगाँइले बताए ।