एतिहासिक प्रदेश सभाको निर्वाचन सम्पन्न भई सकेको छ । निर्वाचन पछि समानुपातिक तर्फको समेतको मपरिणाम घोषणा भई सकेको छ । अव प्रदेश सरकार गठन गर्ने समय कानुनत एक महिना मात्र बाँकी छ । तर विडम्बना सरकारले मुख्यमन्त्रीलाई सपथ खुवाउने प्रदेश प्रमुख नै न तोकेको छ, न त प्रदेशको मुकाम नै तोकेको छ । सरकारले तत्काल गर्नु पर्ने मध्येका काम हुन यी । त्यसो त प्रदेशको राजधानी कँहा राख्ने भन्ने प्रस्ताव वहस माग ताना-तान भइरेहकाे छ । यहा अन्तरिम प्रदेश मुकाम र प्रदेश सरकारले तोक्ने भविश्यको प्रदेश राजधानी कहा उपयुक्त भन्ने विषय चर्चा गरिएको छ ।
अन्तरिम प्रदेश राजधानी – धरान उपयुक्त नेपाल सरकारले प्रदेश सरकार, प्रदेश सभाको काम कार्वाही सञ्चालन गर्न तत्काल मुकाम खडा गर्नु पर्ने छ । त्यो पनि करिब एक महिना भित्र । यसको लागी सम्भव भए सम्म प्रदेशका सवै नागरिकलाई पायक पर्ने स्थान हुन जरुरी छ । साथै अन्तरिम मुकाममा प्रदेश सभा र प्रदेश सरकारको कार्यलयहरू तत्काल स्थापना गर्नु पर्ने हुँदा यसका लागी आवश्यक भौतिक पुर्वाधार पर्याप्त रहेको हुनु पदर्छ । यसका सरी हेर्दा निम्न आधारमा १ नं. प्रदेशको अन्य शहर भन्दा धरान अन्तरिम राजधानीको लागी उपुक्त हुन्छ ।
१. प्रदेशका सवै नागरिकालई पायक पर्ने र यातायात पुर्वाधार प्रदेश राजधानीको लागी प्रदेश भित्रका सवै नागरिकलाई पायक पर्नु आवश्यक छ । एक नं. प्रदेशको राजधानीको लागी अहिले चर्चामा रहेको अथवा दावी प्रस्तुत गरिरहेको शहरहरु विराटनगर , ईटहरी, धरान र धनकुटा मध्ये धरान नै सबै नागरिकलाई पायक पर्ने स्थान हो । अहिले प्रयोग भई रहेको सडक मार्गको पहुचलाई हेर्ने हो भने राके रवि भेडेटार सडक र दोभान गुफापोखरी बसन्तपुर सडक कालो पत्रे सम्पन्न हुने बित्तिकै ताप्लेजुङ, पाचथर र इलाामका पश्चिम क्षेत्रको वासिन्दाहरुलाई धरान पायक पर्छ । तमोर कोरिडोर बनेपछि त यो दुरी अझै घट्ने छ । यस्तै ईलामको दक्षिण क्षेत्र र झापा मोरंङको नागरिकलाई धनकुटा भन्दा धरान नै पायक पर्छ । मधुमल्ला, लेटाङ, केरावारी ,धरान सडक पिच भए पछि ईलाम झापा र मोरङको उत्तरी क्षेत्रको वासिन्दालाई अझै धरान नजीक पर्दछ । यस्तै भोजपुर संखुवासभाको वासिन्दालाई धनकुटा बाहेक धरान नै पायक पर्दछ । धनकुटा कै चौविसे,सागुरीगढी गाउपालिकाको वासिन्दालाई धरानै पायक परिरहेको छ । कटारी गाईघाट धरान र सगरमाथा लोकमार्ग पिच सम्पन्न भए पछि उदयपुर , खोटांङ, ओखलढुंगा,सोलुखुम्बु जिल्लाको सवै क्षेत्रको वासिन्दालाई धनकुटा र ईटहरी भन्दा धरानै पायक पर्दछ । सुनसरी र मोरुङको दक्षिणी क्षेत्रको बासिन्दालाई धनकुटा भन्दा धरान नै पायक पर्दछ । यस कारण हाल पिच भएका र पिच नभए पनि चालु अवस्थामा रहेका तर करिव २ वर्ष भित्र पिच भई सक्ने सडकहरुको अध्ययन गर्दा समेत सडक यातायात पुर्वाधारको हिसावले १ नं. प्रदेशको सबै नागरिकलाई धरान नै पायक पर्दछ । हवाई यातायातको पुर्वाधार धरानको रुपमा धरान विमान स्थलको स्विकृत भई सकेको छ ।
२.सुविधा सम्पन्न भौतिक पुर्वाधार अन्तरिम राजधानीको नँया पुर्वाधार निर्माण गर्न ढिला हुने हुँदा चालु अवस्थामा रहेको संरचनालाई उपयोग गर्नु पर्ने हुन्छ । साथै ति पुर्वाधार सुविधा सम्पन्न हुन समेत आवश्यक छ । यसका लागी धरानमा पुर्वाधारहरु पर्याप्त रहेका छन् । तत्काल ती पुर्वाधारहरु उपयोग गर्न सकिने अवस्था छ । यस्तै अन्तरिम राजधानी भए पछि सुविधा युक्त अतिथी आवासहरु आवश्य पर्ने हुन्छ । यसका लागी धरान वि.पी. प्रतिष्ठान भित्र सुविधा सम्पन्न भि.आइ पि. अतिथी गृह रहेको छ । भने धरानमा रहेको सविधान सम्पन्न होटल सभाहलहरु समेत रहेका छन् । उसै त धरान,धरान र धनकुटाको भेडेटारमा पुर्वान्चल स्तरिय गोष्ठी सेमिनार हुने गरेको छन् । यसकारण इटहरी र भेडेटारमा रहका होटलहरुले सविधा दिने अवस्था हुन्छ । यस हिसावले पनि धरान उपयुक्त रहेको छ ।
३.उपयुक्त हावापानी १ नं प्रदेशको भौगोलीक वनाट संसार कै अग्गो हिमाल सगरमाथा चोमोलुङमा देखी नेपाल कै होचो स्थान केचना सम्म फैलिएको छ । हिमालमा माईनस डिग्री देखी तराई ४५ डिग्री सम्मको तापक्रम हुने गर्दछ । के माईनस डिग्रीमा बसोवास गर्नेले ४५ डिग्रीको तापमानलाई थेग्ला अथवा ४५ डिग्रीमा काम गर्नेले माईनस डिग्रको चिसो थेग्ला ? तसर्थ अन्तरिम राजधानी तोक्दा हिमाल-तराई भेगका वासीन्दालाई अनुककुल हुने हावापानी भएको क्षेत्र नै सबै भन्दा उपुक्त हुन्छ । यस कारण सोलुखुम्बुको चिसो र विराटनगरको तातोमा वसोवास गर्ने नागरिक समेत अनुकल हुने, १२ महिना मौसम खुल्ला रहने हावापानी भएको धरान नै अन्तरिम राजधानीको लागी सबै भन्दा उपयुक्त हो । यती मात्र हैन स्वच्छ हावा वातावरणको हिसावले धरानको चारै तिर हरियाली जंगल रहेको छ । उत्तर तर्फ बिसाल जलधार क्षेत्र छ भने दक्षिण तर्फ बिसाल चारकोेसे जंगल छ । यसैमा मनोरञ्जनकाे लागी दर्जनौ पार्कहरु बनाईएका छन् ।
४.विशिष्ट स्वास्थ्य सुविधा अन्तरिम राजधानीको लागी स्वास्थ्य सुविधा अत्यन्तै आवश्यक पुर्वाधार हो । प्रदेश प्रमुख, मुख्य मन्त्री, मन्त्रीहरु सभामुख। उपसभामुख , मन्त्रीहरु आदी रहने ,प्रदेशको उच्चपदस्थ व्याक्तिहरु रहने तथा विदेशी कुटनितीक तथा अतिथीहरु आवजात भईरहने हुदा, समान्यत स्वास्थ्य समस्या आउने हुन्छ नै । यसका लागी पर्याप्त तथा सविधा सम्पन्न अस्पताल भएन भने ठुलो दुर्घटना हुन सक्दछ । यस कारण अन्तरिम राजधानी राखिने ठाँउमा विशिष्ट स्वास्थ्य सेवा सुविधा उपलब्ध हुनु जरुरी हुन्छ । धरानकाे तुलनामाअन्य शहरमा सुविधा सम्पन्न अस्पताल न्युन रहेको छ । धरानमा भने एसिया कै नमुना तथा सुविधा सम्पन्न वि.पि. स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको छ । यसकारण स्वास्थ्य सम्त्रन्धी आई पर्ने जोखिमलाई हेर्दा धरान नै अन्तरिम राजधानीको लागी उपयुक्त देखिन्छ ।
५.सुरक्षा व्यावस्था अन्तरिम राजधानीको लागी सुरक्षा व्यवस्था अत्यन्तै आवश्यक हुन्छ । यसकारण सुरक्षा निकायहरुको महत्पुर्ण कार्यालयहरु रहेको शहरमा नै अन्तरिम राजधानी बनाउनु उपयुक्त हुन्छ । धरानमा कोसी अन्चल प्रहरी कार्यलय, नेपाली सेनाको गण , शसस्त्र प्रहरीको गुलम वेस क्याप, क्षेत्रीय अनुसन्धान विभागको कार्यालय, क्षेत्रिय प्रशासन सम्पर्क कार्यलय, ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय समेत रहेको हुदा धरानमा अन्तरिम राजधानी तोकेमा सुरक्षा व्यावस्था पर्याप्त हुने देखिन्छ ।
६.समावेशी ,भाषीक ,सास्कृतिक तथा साँझा मनोविज्ञान अन्तरिम राजधानी बनाउदा समावेशी संविधान र यसको मर्मलाई समेत मध्यनजर गर्नु आवश्यक हुन्छ । यस अन्तर्गत हिमाली भेगको शेर्पा,भोटे समुदायले बक्खु लगाउने गर्दछन् । उनीहरुको साँस्कृतिक जातिय भेषभुषा हो । अर्को तर्फ तराईको राजबंशी थारु, कोचे,मेचे माझी, मधेसी समुदायको भेषभुषा समेत फरक रहेको छ । त्यस्तै रिती रिवाज चाठपर्व आदीसमेत फरक छ । यसकारण धनकुटा राजधानी भएमा तराईमा बसोवास गर्ने समुदायको संस्कृती,भाषीक समिप्यता, तथा चाडपर्व आदी मनाउन अप्ठयारो हुन्छ , भने विराटनगर ,ईटहरी बनाउदा हिमाली भेगमा वासोवास गर्ने समुदायको सांस्कृतिक भेषभुषामा , र धार्मिक पराम्परालाई समेटेने पुर्वाधार न्युन छ । तराईमा वासोवास गर्ने उक्त समुदायको भाषा सस्कृतिहरुसँग धरान नजीक छ । यहा छठ मनाउने गरिएको छ । यस्तै हिमाली भेगमा वसोवास गर्ने समुदायको लोहसार समेत यँहा मनाउने गरिन्छ । पहाडी भेगमा मनाईने किराती राई ,लिम्बु, सुनुवार, याख्खा, लेप्चा मगर, कुलुङ, गुरुङ आदी समुदायको साँकेला, चासोक, चसाुवा, गायत पर्वहरु यँहा धुमधामको साथ मनाईन्छ , भने कृष्मस, ईद आदी धार्मीक पर्वहरु समेत मनाईन्छ । भाषीक हिसावले धरान अंग्रेजी,नेपाली लिम्बु, वान्तवा, नेवारी , चाम्लीङ, तामांङ,हिन्दी, मैथिली, कुलुङ, शेर्पा लगायल भाषा वोल्निछ । भाषीक हिसावले धरान राजधानी नै हो । यस्तै धार्मिक रुपमा समेत सबै धर्मको र परम्परा मान्ने गरिएको छ । बुढा सुब्बा, दन्तकाली, पिण्डेश्वरी, विष्णुपादुका, बराहक्षेत्र, पाचकन्या, आदी मठमन्दीर छन् भने वौद धर्म मान्नेहरुको लागी तामांङ वोद्ध विहार , शेर्पा गुम्वा , बैद्धा दाह संस्कार ,लगायत दजौनौ गुम्बा र विहारहरु मुस्लिमहरुको मस्जदी, दजौनौ चर्चहरु समेत रहेका छन् । प्राकृतिक पुजक किरातीहरुको त विभिन्न ठोमा मांहिम देदी साकेला थान र पुजा गर्ने स्थानहरु छदैछन् । सास्कृतिक रुपमा त धरान राजधानी नै हो । पहाड तराईको संगम पनि हो । यसको ज्वलन्त उदाहरण फागुपुर्णीमा होली धरान मात्रै दुई दिन मनाईने गरिन्छ । एतिहासिक रुपमा धरान राजधानी शहर हो । यो पुर्वी नेपालको सेनकालिन ईतिहासमा विजयपुर राजधानी शहरको रुप रहेको प्रमाणित नै छ । यस कारण धरान १ नं. प्रदेशमामा वसोवास गर्ने सबै जाति भाषा , धर्म सस्कृति मान्नेहरुको साझा भावना र सहिंश्णुताले भरिपुर्ण रहेको शहर हो । यसकारण अन्तरिक राजधानीको लागी धरान यस हिसावले समेत अन्य शहरहरु भन्दा उपयुक्त हुन आउछ ।
७.राजनैतिक मुद्धाको सम्वोधन पुर्वी नेपालमा उठीरहेको अथवा चलिरहको राजनैतिक मुद्धाहरु लिम्बुवान प्रदेश, कोचिला प्रदेश, किरात खम्बुवान प्रदेश , पुर्वी थारुवान प्रदेश , कोसी पर्व आदी माग र आन्दोलनको सम्बाेधन भएको तँ छ, तर ति सबै क्षेत्रहरु अहिलेको १ नं. प्रदेशमा रहेको हुदा यी सबकाे केन्द्र हाललाई धरान रहेको छ। धरानले यी मुद्धाहरुको मर्मलाई केही हद सम्म समेटने हुदै राजनैतिक मुद्धाको हिसावले धरानलाई राजधानी तोक्दा कैसैलाई अप्ठयारो नहुने र अप्ठ्यारो नमान्ने देखिन्छ । यसकारण राजधानी बनाउदा यस विषलाई पनि मध्यनर गर्नु पर्ने देखिन्छ ।
८.खेलकुदको पुर्वाधार अन्तरिम राजधानीका लागी खेलकुद पुर्वाधार अति आवश्यक हुन्छ । किन कि प्रदेश स्तरिय खेलकुद प्रतियोगिता देखी, राष्ट्रिय प्रतियोगिता समेत प्रदेशीक संरचनामा हुने हुदा प्रदेशको तर्फबाट विजयी र प्रतिष्ठाको लागी पर्याप्त खेलकुद कार्यक्रमहरु सन्चालन गर्नु पर्ने हुन्छ । पुर्वी नेपालमा नै १२ महिना खेल सन्चालनको उपयुक्त हावापानी र खेल पुर्वाधार धरानमा सवै भन्दा बढी रहेको छ । धरानमा करिव १० हजार दर्शक अट्ने निर्माणाधिन रंगशाला ३ महिना भित्र सन्चालनमा आउदैछ । यसको अवला सुविधा सम्पन एन्फा एकेडेमी, वि.पि.प्रतिष्ठान, विजयपुर विद्यालय, पानमारी खेल मैदान, भागवती प्रावि, संघिय प्रहरी एकाई, हात्तीसार, पुवान्चल, पिण्डेश्वरी क्याम्पसमा गरी एक दर्जन बढी फुटवल मैदान छन् । त्यस्तै धरान १५ खोरियामा , वि.पि. प्रतिष्ठानकको हाता भित्र सुविधा सम्पन्न क्रिकेट मैदान रहेको छ । यस्तै धरान कवर्ड हल, सेमी कर्वड हल, अमरहाट बहुआयामीक हल, उदय सामुदायिक वन हल रहेको छ । जहा भलिवल ब्याडमिन्टन, टेवल टेनिस, लगायत खेल खेल्न सकिन्छ । अन्य आधा दर्जन भन्दा बढी व्याण्डमिन्टन, बास्केट बल अादीका लागी खेल मैदानहरु रहको छ । शारिरीक सुसंगठन सम्बन्धी दर्जनौं फिट्नेश सेन्टरहरु सञ्चालनमा आएका छन् । माथीका हल तथा खेल मैदानहरुमा कराते, ते्क्वाण्डो लगायत खेल खेल्न सकिन्छ । वि.पी. प्रतिष्ठान भित्र एसिया कै वढी होल भएको २५ होलको गल्फ मैदान छ भने स्क्वास, रग्वी खेल मैदान समेत रहेको छ । यस्तै साकीलिंङ देखी, प्पाराग्लाईडींङ समेत धरानमा सफल रुपले सन्चालन भएको छ । र्याफ्टिङ देखी सुविधा सम्पन्न स्विमिंङपुल रहेको छ । २ वटा फुटसल मैदान समेत रहेको छ । यसकारण धरान खेलकुदको राजधानी नै हो भनेर हामी किटान गर्न सक्छाै ।
९.जनसंख्याको हिसावले लाभ २०६८ को जनगणना अनुसार १ नं. प्रदेशको जनसंख्या ४५लाख ४४हजार ८सय ३३ रहको छ । करिब पैतालिस लाख जनसंख्यालाई आधार मानेर हेर्दा धनकुटा राजधानी भएमा उदयपुर, सुनसरी, मोरङ, झापा र ईलाम मात्रको करिव ३१ लाख जनसंख्यालाई धरान हुदै धनकुटा जानु पर्ने हुन्छ । विराटनगर , ईटहरी भएमा माथी उल्लेखित पहुचमार्गको आधारमा पहाडी जिल्लाका करिव १४ लाख जनसंख्याले धरान हुदै जानु पर्ने हुन्छ । उदयपुर ओखलढुङगा, खोटाङ, सोलुखुम्बु भोजपरका पश्चिम, दक्षिण क्षेत्रकोबासी ८ लाख जनसंख्यालाई चतरा पुल हुदै धरान नै इटहरी, विराटनगर र धनकुटा भन्दा नजीक पर्दछ । यस्तै पश्चिम ईलाम,पाचथर करिव ३ लाख जसंख्यालाई रवि भेडेटार हुदै धनकुटा भन्दा धरान नै नजीक पर्दछ । साथै धरान केरावरी मधुमल्ला सडक हुँदै मोरङ उत्तरी क्षेत्र र धनकुटाको दक्षिण क्षेत्रको करिव ३ लाख जनसंख्यालाई अहिले नै धरान पायक परिरहेको छ । तसर्थ जनसंख्यालाई आधार मानेर लाभ अनुपातमा हेर्दा १ नं. प्रदेशको करिव साढे पैतालिस लाख जनसंख्यालाई नै विराटनगर, ईटहरी, धनकुटा भन्दा धरान लाभदायक हुन्छ ।
१०.न्याय पुर्ण अवस्था यसरी माथीको आधारहरु केलाउदा १ नं. प्रदेशको अन्तरिक राजधानी धरान बनाउदा नै राजनैतिक , सामाजीक, आर्थिक,साँस्कृतिक हिसावले यस प्रदेशका वासिन्दाहरु प्रति न्याय हून्छ । विराटनगर ईटहरी र धनकुटाको हिसाबमा धरानले नै बढी न्याय दिन सक्ने हुदा १ नं. प्रदेशको राजधानी धरान बनाउनु आवश्यक छ ।
१ नं. प्रदेशको नँया राजधानी–विजयपुर प्रोभिन्स क्यापिट स्मार्ट सेटलाईट सिटी हाल १ नं. प्रदेशमा रहेको नगरहरुमा नै राजधानी भविश्य सम्मलाई राख्ने की नँया बनाउने हाे ? प्रदेश सरकार र प्रदेश सभाको महत्वपुर्ण कार्य मध्ये एक हो । यस प्रदेशको समग्र विकासको लागी सुनसरीको धरानलाई केन्द्र मानी एतिहासिक विजयपुर क्षेत्र ईटहरी, ईनरुवा रामधुनी, बराह नगरपालिका तथा धनकुटाको सागुरीगढी ,चौविसे र मोरंगको केरावारी गाउपालिका, सुन्दरदुलारी र उदयपुकार वेलका, चौण्डण्डी नगरपालिकालाई समेटेरर वृहत विजय प्रोभिन्स क्यापिट स्मार्ट सेटलाईट सिटी बनाउनु सबै भन्दा उपयुक्त हुन्छ । राजधानी भए पछि स्वभावि रुपमा जनसंख्या बढ्ने हुनाले करिव २० लाख जनसंख्यालाई सेवा दिने गरी शिक्षा स्वस्थ्य रोजगारी,सडक , खानेपानी वातावरण व्यवस्थापन, मनोरञ्जन , कला-संस्कृती , यातायात पुर्वाधार र विकासको सम्भावनालाई मध्यनजर गर्दा निम्न कारण यो क्षेत्र उपयुक्त हुन्छ ।
१.भौगोलीक अधार महाभारत पहाड र फेदी , चुरे घाटी र तराईको समथर भुमी सहितको यो क्षेत्र समेटी नँया राजधानीको रुपमा विकास गर्दा यस प्रदेशको वासिन्दाको सहनसहन अनुकुल हुने छ, भने भविश्यको विकासको सम्भावनालाई हेर्दा समेत भौगोलिका रुपमा उपयुक्त देखिन्छ ।
२.पायक स्थान विजयपु क्षेत्र १ नं. प्रदेशको सबै भन्दा पायक पर्दछ । पहाडी क्षेत्र पुर्वाधार विकास गर्दा समेत पायक पर्छ ।
३.भौगोलिक हिसावले धरान सवैको पहुच सहज विजपुर क्षेत्र नै भौगोलिक हिसाबले सहज पहुच हुने देखिन्छ ।
४.जमिनको उपलब्धता सुनसरी विजपुरक्षेत्र मा प्रदेशलाई आवश्य पर्ने जमिन पर्याप्त उपलब्ध रहेको छ । मोरङको केरावरी देखी याङशिला, पानवरी,पटुनाली,बराहक्षेत्र,रामपुर र वेल्टारको क्षेत्रलाई नँया पुर्वाधार विकास गर्न सकिन्छ भने , सुन्दरदुलारी देखी इटहरी हासपोसा रामधुनी सम्मको क्षेत्रलाई नँया पर्वाधार विकास गर्न सकिन्छ । यस्तै मैना मैपनी विष्णुपादुका साँगुरीगढी भेडेटार, राजारानी लगायत क्षेत्र विषेश पर्यटकीय क्षेत्रकाे रुपमा विकास गर्न सन्किन्छ ।
५.पिउने पानीको सुविधा यस क्षेत्रका सफा पिउनेपानीको सहज पहुच रहेको छ । यसले अपुग भएमा तमोर र कोसी नदीवाट थप व्यावस्थापन गर्न सकिन्छ ।
६.विकासको सम्भाना यो क्षेत्र विकास सम्भावनले युक्त रहेको छ । चतरालाई केन्दिय मानी बंदरगाह बनाई तमोर हुदै ताप्लेजुङ सम्म, अरुण हदै, खादवारी सम्म, सुनकाेसी हुदै दोलालघतट सम्म जलमार्ग सन्चालन गर्न सकिन्छ भने , कासी नदी हुदै गंगा नदी पटना सम्म र गंगा नदी हुदै कोलकता, वंगलादेश सम्म जलमार्ग सन्चालन गर्न सकिन्छ । विजयपुर क्षेत्रको भडेटारलाई केन्द्रमा पर्यटकीय , धार्मीक पर्यटनको प्राचिन चतरा कुम्भमेला, पिण्डेश्वर आदीको विकास गरी वाषिक लाखौ पर्यटक भित्रयाउन सकिन्छ । सकड सन्जालको हिसावले तामाेर काँरिडाेर ,सुनकोसी काँरिडोर,अरुण काँरिडाेर, हेटौडा धरान मधुमल्ला कोरीडोर , पुर्वपश्चिम हाइवे, पुर्व पश्चिम रेलमार्ग,विराटनगर धरान मेट्राे रेल, किमाथाङका जोगवनी अन्तराष्ट्रिय कोरीडोर यो विकास प्रचुर सम्भावना भएको क्षेत्र हो । ओलाङगोला जोगमुनी कोरीडोर समेत धरान हुदै निर्माण भई रहको छ ।
७.आर्थिक स्रोत माथीका पुर्वाधार बनेपछि यो क्षेत्रको सवै भन्दोठुलो आर्थिक स्रोत परिचालन हुने छ । यस समग्र प्रदेशको विकासमा ठुलो योगदान गर्ने छ ।
८.विकेन्द्रत करण र क्षेत्रिय सन्तुलन राजधानी र राजधानी संम्बनधित कार्यलयहरु प्रदेश राजधानी शहरमा भए पनि प्रदेश सरकारले क्षेत्रिय विकासका सन्तुलनको आधारमा विकेन्द्रित गर्नु आवश्यक छ । यसका लागी धरान लाई प्रशासनिक राजधानी, विराटनगर लाई आर्थिक राजधानी , धनकुटालाई न्यायीक राजधानी, ईलाम लाई कृषी सोलुखुम्बुलार्इ पर्यटनको राजधानीको रुपमा विकास गर्न सकिन्छ । यस्तै , खेलकुद , स्वास्थ्य, शिक्षा , वाणिज्य लागायत विषयलाई विकास सम्भावनाको आधारमा छुट्टा-छुटै राजधानी वा केन्द्र निर्माण गर्नु सकिन्छ ।
निष्कर्ष यसरी कुनै क्षेत्र विषेश र शहर विषेशको आँखाले नहेरी समग्र १ नं. प्रदेश र प्रदेशवासीको आँखाबाट हेर्दा प्रदेशको अन्तरिम राजधानी धरान उपुक्त देखिन्छ । भने अन्तरिम मन्त्रालयहरु विराटनगर, ईटहरी, तरहरा, सुन्दरदुलारी , रामधुनी ,बराह र धनकुटामा राख्दा उपयुक्त हुने देखिन्छ । नँया राजधानीबारे भने एतिहासिक विजयपुर क्षेत्रको केन्द्र धरानलाई केन्द्र मानेर सुनसरीको ईटहरी, ईनरुवा रामधुनी बराह नगरपालिका तथा धनकुटाको सागुरी गढी ,चौविसे र मोरंगको केरावारी गाउपालिका, सुन्दरदुलारी र उदयपुकार वेलका, चाैदण्डी नगरपालिकालाई समेटेर वृहत्तर विजयपुर प्रोभिन्स क्यापिट स्मार्ट सेटलाईट सिटी बनाउनु सबै भन्दा उपयुक्त हुन्छ । यसका लागी प्रदेश सरकार बन्ने वित्तिकै वृहत्तर विजयपुर प्रदेशीक राजधानी शहर विकास प्रधिकरण (वृहत विजयपुर प्रोभिन्स क्यापिट स्मार्ट सेटलाईट सिटी ) बनाउनु पर्दछ । जसले ५ वर्ष भित्र आवश्यक पुर्वाधारहरको विकास गर्न सक्दछ । यसकारण नेपाल सरकारले १ नं. प्रदेशको अन्तरिम राजधानी धरानलाई तोक्नु नै सबै भन्दा सही निर्णय ठहर छ । लेखक–नेकपा(माओवादी केन्द्र) केन्द्रिय सदस्य हुन ।