–पुर्वाधार र अन्य क्षेत्रमा नागरिक सहभागिता अनिवार्य–तारा सुब्बा (मेयर,धरान नगर सरकार) –विकासमा धरान सरकारको मोडल उपयुक्त–मेरिया (मेयर,वागुइयो नगर परिषद् फिलिपीनस)
[caption id="attachment_59588" align="alignleft" width="513"] सम्मेलनमा मेयरहरुको छलफल समापन पछि सामुहिक तस्विर लिदै धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बा तथा उप मेयर मञ्जु भण्डारी ।[/caption]कोलोम्बो,श्रीलंका/नेपाल सहितका दक्षिण एसियाली राष्ट्रहरुमा निजी सवारी साधनको बढ्दो प्रयोगले आर्थिक बिकास र वातावरण प्रदुषण नियन्त्रणमा चुनौती थपिरहेको विभिन्न देशका अध्यनकर्ताहरुले बताएका छन् ।
खासगरि नेपाल,पाकिस्तान,ताइवान,भारत लगायतका देशहरुमा सार्वजनिक सवारी साधन भन्दा निजी सवारी साधनहरु झण्डै एक सय प्रतिसतले बढि रहेको बिज्ञहरुको भनाई छ । श्रीलंकाको कोलोम्बोमा सुरु भएको नगरपालीकाहरुको अन्तराष्ट्रिय संगठन सिटीनेटको सम्मेलनमा यो बिषयमा गहिरो छलफल भएको छ ।
‘आय मुलक क्षेत्रमा लगानी गर्ने आर्थिक श्रोत निजी सवारी साधन खरिदमा खर्च भएको छ जसले आयको क्षेत्रलाई बढाउन सकेको छैन भने वातावरणमा गम्भिर असर परिरहेको छ ’।दक्षिण एसियाको दिगो बिकासका सम्बन्धमा सिटीनेटका तर्फबाट अध्ययन गरिरहेका स्वन सिटी गर्भमेन्टका अधिकृत यु हयु किमले भने ‘नेपालमा श्रम ज्यादै कम र खर्च बढी छ ।
उनले अब स्थानिय सरकारहरुले आयमुलक क्षेत्रमा लगानी गर्ने वातावरण तयार गर्नु पर्ने प्रस्ताब गरेका छन् ।अब स्थानिय सरकारहरुले नगरबासिलाई आर्थिक विकास,उत्पादन र वातावरण संम्रक्षणका बारेमा उत्साहित गर्नु पर्ने समय आएको देखिन्छ उनले थपे ।
कोलोम्बो नगर परिषद्का मेयर मुजामलिनले कोलोम्बोमा श्रीलंकामा पछिल्लो पाँच बर्षमा नगरबासी,सार्वजनिक सवारी र नयाँ बनेका संम्रचनाहरु वातावरणमैत्री भएको बताए । उनले नागरिकको सचेतनाबिना नगरको विकास हुन नसक्ने बताए ।
बढ्दो सहरिकरण,बसाइसराई र सवारी साधनको चापले सडक दुर्घटना वातावरण प्रदुषण र आयमुलक क्षेत्रको लगानी खुम्चिएको भन्दै सम्मेलनमा सहभागि मेयरहरुले अबको पाँच बर्ष भित्र धेरै नगरपालीका तथा स्थानिय सरकारहरुलाई वातावरणमैत्री बनाउने बिषयमा निर्णयकालागि प्रस्ताब पेश भएको छ ।
धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले ‘धरानले बिकास निर्माणमा लिएको सार्वजनिक निजी साझेदारीको अबधारण अब आयमुलक क्षेत्रमापनि लागु गर्नु पर्ने आबश्यक्ता गरेको बताए । फिलिपीन्सकी मेयर मारिया अडेलीडीयाले मेयर सुब्बाको प्रस्ताब अनुसारकै मोडल सफल हुने बताइन् ।
धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले अब विकास निर्माणका हरेक पक्षसँग नागरिकको प्रतक्ष्य संलग्नता आबश्यक भएको भन्दै उनले विकासोन्मुख नगरहरुका लागि बिकशीत नगरहरुले विकासोन्मुख नगरहरुका लागि बिकशीत नगरहरुले ‘ आईडीया सेयर ’गर्नु पर्ने बताए ।सीटीनेट की मेरी ज्वने ले अब बिकासशील नगरकालागि शुशासन आबश्यक भएको बताएकी थिइन् ।
ललितपुरका मेयर चिरिवाबु महर्जनले शुसासन र आयमुलक क्षेत्रको पहिचान अहिलेको आवश्यक्ता रहेको बताए ।धरान उपमहानगरपालीकाकी उप मेयर मञ्जु भण्डारीले आर्थिक विकास र वातावरण संम्रक्षणमा लैंगिक समनताका बिषयको छलफलमा सहभागिता जनाई रहेकी छिन् ।श्रीलंकाको कोलोम्बोमा भई रहेको सीटीनेटको अन्ताराष्ट्रिय सम्मेलनको उद्घाटन श्रीलंकाका प्रधानमन्त्री रानील विक्रम सिंघे ले उद्घाटन गरेका थिए ।