भारतिय राज्य सिक्कीमको आन्तरिक पर्यटकको आगमन अघिल्लो बर्ष सन २०१६ मा ४० हजारले बढ्यो ।सन २०१७ मा ७ लाख ४० हजार७ सय ६३ आन्तरिक पर्यटकले सिक्कीमको भ्रमण गरे ।
[caption id="attachment_49168" align="alignleft" width="157"] विराट अनुपम[/caption]बाह्य पर्यटकहरूको आगमन पनि २८ हजार भन्दा बढिले बढ्यो र सन २०१६ मा ६६ हजार १२ जना विदेशीहरूले सिक्कीमको भ्रमण गरे । सिक्कीमको पर्यटन मन्त्रालयको आधिकारीक जानकारी पोर्टल हेर्दा पछिल्लो आधा दशकमा सिक्कीमको पर्यटनमा व्यापक वृद्धि भएको देखिन्छ ।
राज्यको मुख्य आर्थिक आम्दानीको श्रोत पर्यटन भएको सिक्कीमा त्यसरी पर्यटन बढ्नुमा त्यहाँको नाम्चि भन्ने स्थानमा बनाइएको नक्कली चार धामको आकर्षणले पनि हो भनेर स्यवं सिक्कीमेलि पर्यटन पोर्टलहरू बताँउछन । हिन्दुका पवित्र चार विश्वस्थरिय धामहरू बद्रीनाथ, जगन्नाथ, द्वारका र रामेश्वरम् जस्ता धामहरूको नमुना बनाएपछि राजधानि सिक्कीम बाट ७८ किलोमिटर टाढा भएपनि नाम्ची चल्यो ।
बरू नेपालको सक्कली विश्वको सर्वोच्च शिखर सगरमाथा भएको नाम्चे त्यति चल्दैन सिक्कीमको नाम्चिमा त्यस्तो चहलपहल छ । अझ रोचक त के छ भने नेपाल बाटै पनि थुप्रै मान्छेहरू सिक्कीमको नक्कली चार धाम हेर्नै भनेर पनि जान्छन ।
७ हजार ९६ बर्ग किलोमिटर क्षेत्रफल भएको सिक्कीमलेबार्षिक ६६ हजार विदेशी पर्यटकहरू तान्न सफल भयो । नेपाल भन्दा करिव एक्काइस गुणा सानो क्षेत्रफलको सिक्कीमले ६६ हजार पर्यटक तान्नु भनेको नेपालले त्यहि अनुपातमा १३ लाख ८६ हजार विदेशी पर्यटकहरू तान्नुपर्ने हो ।
तर, नेपालले सन २०१६ मा जम्मा ७ लाख २९ हजार ५ सय ५० बाह्य पर्यटकहरूले भ्रमण गरे । अझ बुद्धको देश, पसुपतिनाथको देश,सगरमाथाको देश र अन्य विभिन्न प्राक्रितिक सुन्दरताका धरोहरू तथा साहसिक पर्यटनका खुराखहरू दाँज्ने हो भने नेपालमा पचास लाख बढि पर्यटकहरू आँउनु पर्ने हो ।
नेपाल र भारतिय राज्य सिक्कीमको तुलना किनपनि गरेको हो भने सिक्कीमको आफ्नो एयरपोर्ट छैन अनि भुबनोट नेपाल जस्तै मिल्दो छ ।
तर पनि सिक्कीमले पर्यटनमा राम्रो फड्को मार्दैछ । कारण– सिक्कीमले हिन्दु बाहुल्य भारत र नेपालका पर्यटकहरूलाइ तान्ने ब्राण्ड बनायो । ब्राण्ड अर्थात विभिन्न क्षेत्रमा लामो समय लाएर घुम्नुपर्ने चार धामको नमुना आफ्नै सानो राज्यमा बनाएर ठुलो पर्यटकिय चहलपहल बनाँउने कार्य ।
नेपालले सिक्कीमबाट सिक्ने कुरा भन्दापनि अहिले हामीले धरानले सिक्कीमबाट सिक्ने कुराको चर्चा गरौँ । सिक्कीमले हिन्दु संस्कारमा विश्वभरका हिन्दुहरूले मान्ने र शास्त्रमै उल्लेख गरिएका धार्मिक धरोहरहरूको प्रवद्र्धन गरेर जुन पर्यटकिय विकास गरेको छ त्यो भन्दा राम्रो काम धरानले गर्न सक्छ ।
किनभने धरान केन्द्र बनाएर केहि घण्टामै पुग्न सकिने सक्कली चारधामहरू छन । छन त हामीसँग बुढासुब्बा, पिण्डेश्वर, पन्चकन्या, विश्वकर्मा, अनि गुम्बा जस्ता धरोहरहरू पनि छन धरानमा ।
तर प्राचिन हिन्दु धर्मका ग्रन्थहरूसँग र धार्मिक देवीदेवताहरूसँग गाँसिएका धार्मिक धामहरू धरानकै आसपास भएकोले तिनको ब्राण्ड गर्न झनै संभव छ ।
स्वस्थानी व्रतकथामा बर्णन गरिएको सतिदेवीको दाँत झरेको पवित्र धाम दन्तकाली मन्दिर धरानमै छ । त्रेता युगका रामले धुनि जगाएको रामधुनि पनि धरान बाट केहि समयमै पुग्न सकिन्छ । अझ भगवान विष्णुकाे अवतारको रूपमा भगवान बराहको स्थानको रूपमा रहेको बराहक्षेत्र मन्दिर पनि धरानकै काख नजिकै छ ।
यस्तै भगवान विष्णुले आफ्नो पित्रीहरूको नाममा गरेको श्राद्धस्थल विष्णुपादुका मन्दिर पनि धरानमै छ । यसरी धार्मिक ऐतिहासिकता बोकेका र यहाँ बाहेक अन्त नपाँइने धार्मिक धामहरू आसपासमा पाएको धरान धार्मिक पर्यटनको कोणमा धेरै धनि छ ।
किन ‘चार घण्टामा चार धाम’ नै ?
पर्यटनमा के कुरा छ भन्दा पनि के कुरालाइ कसरी प्रस्तुत गरिन्छ अथवा त्यस्को मार्केटिङ गरिन्छ भन्ने कुराले अर्थ राख्ने रहेछ । सिक्कीमले बेचेको नक्कली चार धाम, धर्मलाइ नमान्ने चिनले बेच्दै आएको मानसरोबर, कैलाशपर्वत र तिब्बतीयन बौद्ध पर्यटन यसका खुल्ला प्रमाण हुन ।
आज धरानका मुख्य धार्मिक स्थलहरूको चल्नुपर्ने जत्तिको चहलपहल चलेकै छ ।
जस्तो बुढासुब्बामा आउने भक्तजनहरू शनिवार मात्रै हैन हरेक दिन बाक्लिँदो छ । पिण्डेश्वर मन्दिरमा बोलबमको जल चढाँउने पुर्वी नेपाल तथा सिमावर्ती भारतका भक्तजनहरू पनि बढेकै छन ।
विश्वकर्मा पुजा गर्न आँउनेहरूको आयतन पनि धरानको विश्वकर्मा मन्दिरमा बर्षेनि बढ्दो क्रममा छ । धरानका गुम्बाहरूको पनि आफ्नै चहलपहल छ ।
कुरा यत्ति हो धरानले त्यो धार्मिक आगमनलाइ मौद्रिकिकरण अर्थात ‘मनिटाइज’ गर्न सक्यो वा सकेन । आज चलेका गित तथा भिडियोह?ले फेशबुक र युट्युवमा समेत पैशा कमाउछन ।
तर धराने चलेका धार्मिक धरोहरू हुनुपर्नेजति मनिटाइज्ड नहुँदा धराने पर्यटनमा धार्मिक क्षेत्रमा गर्नसक्नेजतिको कमाइ गर्न सकेको छैन ।
तर, भारतमा रहेका करोडौँ संख्याका हिन्दु धार्मिक पर्यटकहरूलाइ दन्तकाली, रामधुनी, बराहक्षेत्र र विश्णुदापुका जस्ता विश्वस्थरिय र यहि क्षेत्रमा मात्रै उपलब्ध धार्मिक गन्तब्यहर धरानले बेच्न सक्छ ।
चार पांग्रे र दुइ पांग्रेमा एकै दिनमा सबै चार धार्मिक गन्तव्य पुग्ने हुनाले पनि यो ब्राण्ड बिक्नसक्छ । अझ धरानै प्याराग्याइडिङ हुने, धरानमै एसियाको चर्चित र्याफ्टिङ नदि तमोरमा जलविहारको सुविधाप्रदायक हुने र धरान बाटै भेडेटार, कोशि टप्पु, नमस्ते झरना, नाम्जे जस्ता पर्यटकिय क्षेत्रहरू ट्रान्जिट बनाएर जान सकिनाले पनि यो ब्राण्ड बहुउपयोगिको रूपमा बिक्छ ।
विहारको सिमाना पुग्न गाडिमा डेढ घण्टा र पश्चिम वंगाल पुग्न साढे तीन घण्टा हाराहारी लाग्ने धरान भारतिय पर्यटकहरूको लागी राम्रो र सहज गन्तव्य हुन सक्छ ।
वंगाल र विहारका सिमावर्ति पर्यटकहरूलाइ एकै दिन र भित्री भागहरूलाइ दुइ दिनको सहज प्याकेजमा घुमाउन सकिने भएकोले पनि यो पर्यटकिय गन्तव्यहरू विक्छन । जसरी सिक्कीमले नक्कली धाम बेच्यो त्यसैगरि धरानले सक्कली धामको खुकार बेच्न सक्छ ।
चारपांग्रेमा धरानको मुख्य चौकबाट केहि मिनेटमै दन्तकाली पुगिन्छ, दन्तकालीको दर्शन गरेर ३०.६ किलोमिटर टाढा पर्ने रामधुनि मन्दिर पुग्न एक घण्टा लाग्छ ।
रामधुनि दर्शन गरेर त्यहाँबाट २४.७ किलोमिटर उत्तरमा पर्ने चतरा अनि बराहक्षेत्र पुग्न १ घण्टा ९ मिनेट लाग्छ । बराहक्षेत्र दर्शन गरेर २५.९ किलोमिटर टाढा पर्ने भगवान विण्णुले पित्री श्राद्ध गरेको स्थल विण्णुपादुका पुग्न १ घण्टा हाराहारी लाग्छ । विण्णुपादुका बाट ९.४ किलोमिटरको दुरीमा रहेको धरानको मुख्य चौक आँइपुग्न ३२ मिनेट लाग्छ ।
अधिकांश क्षेत्रमा मज्जाले चारपांग्रे कुदाएर जान मिल्ने चार धामको यात्रा गर्न धरान केन्द्र बनाएर लगभग गुगल अर्थको आधारमा ३ घण्टा ४७ मिनेट लाग्छ ।
जसको कुल सडक दुरी ९०.६ किलोमिटर पर्न आँउछ । सामान्य पुजा आजा र अन्य कामको समय छुट्याँउदा चार घण्टामा चार धाम पुगेर एक फन्को मार्ने वातावरण छ ।
सायद विश्वका कमै त्यस्ता शहर होलान जसको आसपास चार घण्टामा घुमेर आँउन सकिने विश्वस्थरिय चार धाम र अन्य विभिन्न धार्मिक धरोहरहरू हुन । यस्तो केहि थोरै शहरमा पर्ने धरानले त्यसको ब्राण्डिङ गरेर मुद्रा र मार्केट बढाँउन जरूरी छ ।
प्रबद्र्धनमा जगतगुरू, भारतिय गुरू र सामाजीक संंजाल
अब कुनै पनि विश्वस्थरिय पर्यटकिय खुराकह? बेच्न हिजो जस्तो महँगो र असजीलो छैन । सूचनाप्रविधि र सामाजीक संजालको विकासँगै यसको संभव भएको हो ।
भारतको आजतक र जिन्युजमा विज्ञापन दिएर भन्दा राम्रो प्रवद्र्धनात्मक भिडीयो र ग्राफिक्स बनाएर फेसबुक, ट्विटर, वाट्सएप र युट्युव अनि इनस्टाग्राम जस्ता सामाजीक संजालह?मा प्रवद्र्धन गर्दा सस्तो र प्रभावकारी हुन्छ ।
नेपालका पहिला जगतगुरू वालसन्त तथा भारतमा लाखौँ भक्तहरू भएका हिन्दु गुरूहरूलाइ धारन भएर जाँने चार धामको महत्व र ऐतिहासिकता बारेमा बोल्दिन आग्रह गरेर बोलिएका सामाग्रिहरू संबन्धित भक्तहरू माझ मात्रै पुर्याए धरानमा धार्मिक पर्यटकहरूको खचाखच भिड हुने निश्चित छ ।
हामीले धरान केन्द्रित चार धामको विज्ञापन भारतमै गर्नेुपर्ने मुख्य कारण भारतमा रहेको एक अर्ब हाराहारीको हिन्दु धार्मिकहरूको व्यापक मार्केट हो ।
आज विश्व पर्यटनले भारत र चिनका करौडौ पर्यटकहरू खोजिरहेको छ तर हामी हाम्रो सिमाना नै जोडिएका भारतिय राज्यका पर्यटकहरू समेत ल्याउन सकिरहेका छैनौँ ।
चार धाम ‘धार्मिक ट्रेल’ र आम्दानीका आधारहरू
चार घण्टामा चार धाम त अहिले पनि धरानबाट दुःखले चार पांग्रे वा दुइ पांग्रे बाट पुग्न सकिन्छ । तर, यहाँ चर्चा गरिएको चार धामको ९०.६ किलोमिटर लामो धार्मिक ट्रेल भने विश्वस्थरिय बनाँउनै पर्छ ।
अहिलेको चालु सडक भन्दा छोटो र भिन्नै ट्रेल निर्माणका आधारहररूपनि अध्ययन गर्न सकिन्छ । कम्तिमा दुइ लेन देखी चार लेन सम्मको यो धरान केन्द्रित चार धाम ट्रेलमा यो क्षेत्रहरू पर्ने धरान उपमहानगरपालिका, रामधुनि नगरपालीका र बराह नगरपालिकाले संयुक्त कार्यक्रम बनाएर अगाढि बड्न सक्छन ।
धरान देखी इटहरी हुँदै झुम्का सम्म पुर्वपश्चिम राजमार्ग पर्ने भएकोले कुल लम्बाइको केहि हिस्सा अहिले पनि व्यवस्थित छ । तर बाँकि क्षेत्रमा भने स्थरिय पिच सडक र त्यो ट्रेल क्षेत्रमा स्थानिय सरकार र उसले तोकेका यातायात व्यवशायीले चार धाम लक्षित यातायात संचालन गर्न सक्छन ।
पुजासामाग्रीहरू तथा खाजासामल ल्याँउन नपाँउने तर मन्दिर परिसरमै सहज मुल्यमा उपलब्ध हुने व्यवस्था गर्ने हो भने स्थानिय व्यापार बढेर जान्छ ।
अझ यि चार धामको महत्व झल्काँउने ब्रासलेट, लकेट, स्मारिका, टि सर्ट, ह्याट जस्ता खुद्रा सामाग्रिहरूको पनि व्यवस्थित व्यापार गर्न सकिन्छ । धाम अनुसारका पर्व विषेश कार्यक्रमहरू ल्याएर आम्दानीका विभिन्न पाटोहरू निर्माण गर्न सकिन्छ ।
जस्तै रामनवमि र विवाह पन्चिमीमा रामधुनिमा, पौषै औसीमा विष्णुपादुकामा, बोलबम र माषे सक्रान्तिमा बराहक्षेत्र र चतराधाममा र नौरथामा दन्तकालीमा विशेष प्याकेज ल्याएर धार्मिक पर्यटनको मौलिकिकरण र मौदिकिकरण एकैपटक गर्न सकिन्छ ।
चार धामको धार्मिक ट्रेल क्षेत्रभित्रमा पर्ने विभिन्न क्षेत्रमा विभिन्न धार्मिक सप्रदायहरूलाइ उनिहरूका आ–आफ्ना आश्रम, मन्दिर र गुठीहरू निर्माण गर्न दिएर पनि चलहपहल बढाँउन र आर्थिक गतिविधि बढाएर स्थानियको आम्दानी बढाँउन सकिन्छ । यसले नेपालको धार्मिक पर्यटनमा एक खाले मौलिन उदाहरण पनि प्रदान गर्नेछ ।
यसको नेतृत्व धरान, रामधुनि र बराहका स्थानिय सरकार, यहाँका पर्यटन उद्यमी, व्यवशायी र स्थानियले गर्न सक्छन ।
सम्झौँ त सिक्कीमको राजधानी गान्तोकबाट ७८ किलोमिटर टाढाको नक्कली चार धाम भएको नाम्चीले त लाखौँ पर्यटकहरू तान्छ भने धरानबाट ९० किलोमिटरको दुरीभित्र अटाउँने चार धामको धार्मिक ट्रेलले कति धेरै पर्यटन तान्ला ?
धेरै तान्छ किनभने भारतियलाइ नेपाल आँउन भिषा र पासपोर्ट लाग्दैन । जोगमुनिको रेलवे वा बागडुग्राको एयरपोर्टबाट भित्री भारतका पर्यटकहरू धरान आँउन पनि त्यत्ति टाढा छैन ।
त्यस्तो दिन आवाेस न भारतमा जाँदा कहाँ बाट भन्दा धरानबाट उत्तर आएपछि प्रश्नकर्ताले भनोसः अहो त्यो सक्कली चार धाम चार घण्टामा पुग्ने सहर हैन ।
म पनि त्यहाँ गएको छु । तर, हामीलाइ भारतियले त्यसो भन्नु अगाडि भारतियलाइ हामीले चार घण्टामा चार धामको कुरा भन्न जरूरी छ । त्यो भन्दा पनि अगाडि चार लेनको सुन्दर र बलियो धार्मिक ट्रेलर र आकर्षक प्रचार, सुविधाजनक होटल तथा लज अनि यादगर सत्कार संकार हुनु जरूरी छ ।
लेखकलाइ फलाे गर्न यहाँ क्लिक गर्नुहाेस् : विराट अनुपम