भनिन्छ कि व्यक्तिको स्वभाव निर्धारण गर्नका लागि धेरै विषय कारक हुन्छन् । तर समुद्रशास्त्रका अनुसार बाहिरी कारकका अतिरिक्त केही प्राकृतिक कारक पनि हुन्छन्, जसले व्यक्तिको स्वभाव निर्धारण गर्छ । यस्ता प्राकृतिक गुणहरुलाई परिवर्तन गर्न सकिँदैन । एवम् प्रकारले ज्योतिषशास्त्रले ति प्राकृतिकम गुणलाई जन्म राशिको प्रभाव बताएको छ । ज्योतिषशास्त्रमा मुख्यतः चारवटा राशीलाई सबैभन्दा शक्तिशाली र प्रभावशाली राशि बताएको छ । ति चार राशि भएका व्यक्ति सबैमाथि हावी हुन्छन् । यस्ता छन् ति चार राशिः मेष राशि यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा छ, मेष राशि । यो राशि सबैभन्दा ऊर्जावान राशि मानिन्छ । यो राशि भएका व्यक्ति सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिन्छन् । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । आफूले सुरु गरेको काममा सुरुमा असफलता हात लागेपनि यीनिहरुले फेरि नयाँ तरिकाले त्यही कामलाई सुरु गर्ने हिम्मत राख्छन् । वृश्चिक राशि वृश्चिक राशि भएका व्यक्ति समर्पित र इमान्दार हुन्छन् । साथै यस्ता राशि भएका व्यक्तिभित्र विद्रोही स्वभाव पनि प्रमुखताका साथ हुन्छ । जो व्यक्ति लायक हुन्छ, त्यस्तासँग यो राशि भएका व्यक्ति इमान्दारीसँग प्रस्तुत हुन्छन् । तर जो व्यक्ति आफैंमा धोकेबाज हुन्छन्, उनीहरुले वृश्चिक राखि भएका व्यक्तिसँग सधैं सावधान भएर रहनु नै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति धेरै भावुक पनि हुन्छ । कुम्भ राशि कुम्भ राशि भएका व्यक्तिको सबैभन्दा ठूलो विशेषता यो हो कि, यीनिहरु कहिल्यै पनि भावनामा बहकिएर निर्णय गर्दैनन् । यदि आवश्यक पर्यो भने यीनिहरु आफ्नो भावन र आफ्नो समवेदनालाई किनारा लगाएर अगाडि बढ्न सक्छन् । अर्थात् कुम्भ राशि भएका व्यक्ति जस्तोसुकै कठोर निर्णय लिन पनि हिच्किचाउँदैनन् । यो राशि भएका व्यक्ति धेरै जिज्ञासु र बुद्धिमान पनि मानिन्छन् । मकर राशि यो राशि भएका व्यक्ति उत्कृष्ट मानिन्छ । किनभने यस्तो राशि भएका व्यक्तिमा आन्तनियन्त्रणको भावना धेरै प्रबल हुन्छ । यस्ता राशि भएका व्यक्ति अन्य व्यक्तिको तुलनामा उत्कृष्ट तरिकाले सोच्ने तथा बिचार गर्ने क्षमता हुन्छ । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । साथै यस्ता व्यक्तिले छिट्टै सफलता पनि हासिल गर्छन् ।