[caption id="attachment_52884" align="alignleft" width="184"] देबेन्द्र कार्की[/caption]

२०७४,साउन २७ रात धेरेको निन्दा परेको थिएन । २ दिनदेखिको अविरल बर्षाले कहाँ के हुने हो भन्ने मनमा पिरालो धेरैको थियो । राती अवेरसम्म कहाँ के भयो भनेर फेसबुकमा धेरै मानिसहरु अपडेट थिए । इटहरी ४ की ३० वर्षीया माला शाहका परिवारले आफ्नो घरमा यसरी बाढी पस्ला र ज्यान नै गुमाउनु पर्ला भनेर सोचेका थिएनन् । भोजपुर घोडेटार घरभई इटहरी ४ बस्ने ३२ वर्षीया माया राई, उनको तीन वर्षीया छोरा रुपेश राई र आठ वर्षीया रुपसनी राई, इटहरी १० की ३५ वर्षीया अनिता धिमाल र इटहरी ४ का ४० वर्षीया ईश्वर सुनुवारका लागि त्यो रात भयानक भएर आयो । मध्यराती सडक बस्ती हुदै उर्लेर आएको बाढीले धेरैको खुशी खोस्यो । भोलकिो शुभ दिन पर्खेर सुतेका कलिला बालबालिका विहान देख्न पाएनन् ।

यो विपत्ती आउनेमा सायदै इटहरीवासीले सोचेका थिएनन । पानी आउदा सामान्य ढुवानमा अभ्यस्त इटहरीवासीले यो बर्ष नराम्रो विपत भोग्नुपर्यो । ८ जनाले ज्यान गुमाई सकेका छन् । केही मान्छे अझै वेपत्ता छन् । घर पसल, अन्यवाली करोडौको क्षेती भएको छ ।हुन त यति बेला देशभरीका जनता विपदमा छन् । मुलुक नै यति बेला शोकमा छ । तर सामान्य कुराको पनि ख्याल नगरि निर्माण गरिएका मानव कंंक्रिटले प्रकृतिको विनासलिलालाई सहयोग गरिदियो । त्यही भएर धेरै इटहरी उपमहानगरवासीका भाग्यमा तुवालो लाग्यो । धेरैका खुशी खोसिएको छ । कतिपय घरवारविहीन भए । कतिको रोजीरोटी खोसीएको छ । यति बेला यो विपदको क्षणमा मलम पट्टीको आवश्यकता छ । सहानुभुतीकाे आवश्यकता छ । ५० प्रतिसत मानवकै कारण विनास इटहरीमा जग्गा दलालहरुले खाेला पैनी बेचेर, खोला पैनी माथि संरचना बनाईएका थिए । मावनका कारण पानीले आफ्नो गन्तव्य नपाउदा मानव बस्ती पसेको कुरामा दुुइमत छैन् । ५० प्रतिशत विनास मानव नै हो प्राकृतिक विपद ५० प्रतिशत मात्र हो । इटहरी उपमहानगरपालिकाले सरकारी जग्गा पैनी, खोला मिच्नेलाई कारवाही थालेको केही दिन मात्र भएको थियो । यो काम एक बर्ष अघि गरि खोला, पैनीको बाटो सहज बनाइ दिन सकेको भए सायदै इटहरी यति ठूलो क्षति  व्यहाेन्रु पन्रे  थिएनकी । जनप्रतिनीधिहरुको अग्नी परीक्षा सवभन्दा बढी क्षेत्ती इटहरीलाई भएको छ । भरखर मात्र स्थानिय निकायमा जनप्रतिनीधिहरु आएका छन् । बाढी पीडितहरुको उद्धार, राहत र व्यवस्थापन अव उनीहरुको मुख्य जिम्मेवारी हुने छ । विपतमा परेकालाई तत्काल बस्ने वास मिलाउनु पर्दछ । हजारौं विस्थापित भएको अहिलेको अवस्थामा उद्धार र राहत संकलन कार्य युद्धस्तरमा अघि बढाउन सकेनन् भने उनीहरु असक्षम ठहरिने छन् । आफ्नो तहमा भएको सुरक्षा निकायलाई परिचालन, व्यवस्थापन गर्ने जिम्मेवारी जनप्रतिनीधिहरुको हो ।राजनीतिक दलका नेतृत्व पनि यतिबेला खट्नुपर्दछ । राजनीतिक नेतृत्वको परीक्षण हुने पनि यस्तै संकटको बेला हो ।

सर्वसाधारणले राज्यसँग आस गर्ने पनि यस्तै विपत्तिमा हो । बाढीपहिरोको विपत्तिमा परेकाहरूको उद्धार तथा राहत प्रक्रिया प्रभावकारी हिसाबले अघि बढाउने जिम्मेवारी जनप्रतिनीधिको हो । बाढीका कारण थप डुबानमा पर्न सक्ने क्षेत्रको पहिचान गरी उच्च सतर्कता अपनाउनु पर्दछ । सम्भावित क्षति हुनबाट जोगाउने, र विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि युद्धस्तरमा तमाव नागरिक समाज, सामाजिक संघसंस्था, राजनीतिक दल सबै एकजुट भएर लाग्नुु श्रेष्ठकर हुने छ । स्थानिय निकायका जनप्रतिनीधिहरुले यो बुझ्रनु पर्छ की , अव पनि जनताले सिंह दरवारको आश्वासन र राहतको आशा गर्न नपरोस । जनताका प्रतिनीधिहरुले जनताको काम अनवरात गरेका छन् भन्ने भान यति बेला ति बाढीपीडितले गर्न सकुन ।