दोश्रो चरणको स्थानिय निकायको चुनावमा पुर्वका धेरै मुख्य शहरहरुका दलहरुको धेरै मुद्धा मिल्दैन थियो । तर एउटा मुद्धा मिल्थ्यो । त्यो हो– अबको प्रादेशिक राजधानी शहर बनाइने भन्ने मुद्धा ।

[caption id="attachment_49168" align="alignleft" width="148"] बिराट अनुपम[/caption]

पुर्वको केन्द्रिय सहर इटहरी देखी पुर्वको एक्लो महानगर विराटनगर सम्म यो मुद्धा चल्यो । पुर्वको ऐतिहाँसिक शहर धरान देखी एकताका पुर्वान्चलको सदरमुकाय भएको धनकुटा अनि झापाको अग्रणी नगर दमक सम्म यो मुद्धाले राम्रो स्थान पायो ।

यि सबै शहरका दलहरुका आफ्नो शहरलाइ प्रादेशिक राजधानी शहर बनाँउने आ–आफ्ना तर्कहरु थिए । इटहरीको लोकेसन सबैको पायक पर्ने,पुर्वको विच भागमा प्रसस्त खाली जग्गाजमिन भएको र नेपाली सेना, शशत्र प्रहरी बल र ट्राफिक प्रहरीको पुर्वी मुख्यालयहरु इटहरीमै भएकोले इटहरी राजधानी बन्न योग्य शहर भन्ने इटहरीका दलहरुको तर्क थियो । धरानले लामो समयदेखी आफ्नो ठाँउमा भएका अन्चल अदालत र अन्चल यातायात कार्यालय जस्ता अफिसहरु हटाएर सौतेनी व्यवहार भोगेकोले धरानको ऐतिहाँसिकता र आदिवासी जनजातिको शहर भएकोले धरान प्रदेश एकको राजधानी हुनैपर्ने धराने दलहरुको तर्क थियो ।

पुर्वको राम्रो एयरपोर्ट र उच्च अदालत जस्ता कुराहरु भएकाले विराटनगर नै प्रदेश एकको राजधानी हुनुपर्छ भन्ने तर्क विराटनगरका दलहरुको थियो । उता, धनकुटा र दमकमा पनि आफ्नो ठाँउ राजधानी बन्न योग्य भएकालेले बन्नुपर्छ भन्ने त्यहाँका दल तथा स्थानियको तर्क रहिआएको छ । यो त भयो प्रदेश एकको प्रादेशिक राजधानी शहरको दावा गर्ने शहरहरुको तर्क । यस्तै तर्कहरु राजधानी काठमाण्डौँ पर्ने प्रदेश तीन बाहेक अन्य सबै प्रदेशहरुमा पनि स्थानिय चुनावको दलिय घोषणाहरुमा, स्थानिय संचारमाध्यमका विमर्शहरुमा र चिया गफहरुमा आँउन थालेका छन । राजधानी शहर चाँहानुका गाँठि कुरो हुन त स्थानिय सरकारको चुनावमा चाँहिने विषय स्थानिय सरोकारका विषयहरु हुन । तर प्रादेशिक राजधानी शहरकै कुराहरुले धेरैको ध्यान तान्यो । सबै सहरका दलहरुले आफ्ना खाश विषयहरु भुलेर राजधानिको कुरा प्रमुखताकासाथ उठाए । अरु त अरु राजधानी बाट आएका शिर्श नेताहरुले पनि त्यसमा थप हौसला दिए । जस्तै इटहरी कांग्रेसको स्थानिय चुनावी सभालाइ सम्बोधन गर्न आएका नेता प्रदिप गिरीले इटहरी नै प्रदेश एकको राजधानी हुने बताए । उनले एक कदम अगाडी बढेरै भने, ‘म अब दुइ चोटी इटहरी आँउछु एकचोटी इटहरी राजधानी बन्नुपर्छ भन्ने तपाँइहरुको आन्दोलनमा सहभागी हुन र अर्कोचोटी त्यो आन्दोलन सफल भएपछि सम्बोधन गर्न आँउनेछु ।’गिरीको यो भाषणले इटहरीमा राम्रो र लामो तालि पायो । तालि किन पायो भने प्रादेशिक राजधानी भन्ने विषय प्रदेशका धेरै शहरका बासिको लागी भावनात्मक कुरा हो । राजधानी बनेपछि आफ्नो ठाँउमा विकासको बाढि आँउने भन्ने आशामा धेरै शहरबासीलाइ आफ्नो शहर राजधानी भएको हेर्न मन छ । यदि यो देशका सबै भागमा राम्रो सेवा सुविधा समान तरिकाले पुग्थ्यो त यो राजधानी मोह आँउने नै थिएन होला ।प्रादेशिक राजधानी भएपछि शहरको चहलपहल बढ्ने, सम्पुर्ण प्रशासकिय सुविधाहरु आफ्नै सहरमा पाँउने ,आफ्नो जग्गाजमिनको भाउ र आर्थिक कारोबारहरु बढ्ने आशामा धेरै शहर बासीहरु आफ्नो सहरलाइ प्रादेशिक राजधानी बनाँउने अभियानमा छन । अनि यहि साझा अभिमतलाइ क्यास गर्न दलहरुले धमाधम आफ्नो घोषणापत्रमा यस्ता विषयहरु सामेल गर्न थालेका छन । अझ अब आँउने संघिय र प्रादेशिक चुनावहरुमा राजधानीका कुराहरु झनै मुखरित हुनेछन । सन्दर्भ नभएको स्थानिय चुनावमा त प्रादेशिक राजधानीको सवाल पेचिलो बनेर आयो भने अब हुने प्रादेशिक चुनावमा यो मुद्ध झनै घनिभुत बनेर आँउने निश्चित छ । किनभने प्रदेश सभाले नै यो कुरा टुंगो लाँउने हो । राजधानी विवाद टुंगोको सुत्रः ‘राजधानी करिडोर’ प्रदेश सभाको चुनाव भएपछिको पहिलो चासो र चिन्ताको कुरा प्रादेशिक राजधानी हुनेछ । आ–आफ्ना शहरहरुका दावी र त्यो दावीलाइ बोक्ने केन्द्रिय राजनितीक लबिङको आधारमा राजधानी शहरहरु बन्ने छन । प्रदेश सभाका बहुमत सदस्यहरु भन्दा विभिन्न शिर्ष दलहरुका नेताहरुको मोड अनुसार प्रादेशिक राजधानी बन्ने देखिन्छ । नेपालको संविधान जारी गर्दा अन्तिम घडिमा शिर्ष तीन दलका नेताहरु मिलेर आए जस्तै यो राजधानी शहर बनाँउने कुरापनि त्यहि रुपमा आँउन सक्ने कुरा नकार्न मिल्दैन । तर, त्यसो गरिरहँदा राजधानी शहर पाएको शहर बाहेकका अन्य शहरहरुमा आन्दोलनका ज्वारभाटाहरु उठेर धेरै दिन शहरका दैनिकीहरु विथोलिने अनुमान लाँउन सकिन्छ । ‘गाँउगाँउमा सिंहदरबार’ भनिएपनि आफ्नो शहरमा प्रादेशिक राजधानी शहर नपरेर अन्य शहरमा परेपछि त्यस्ता आक्रोशहरु जन्मनु स्वाभाविक हो । सुनसरीमा सरकारले क्षेत्रिय रंगशाला निर्माण गर्ने कुरा बजेट भाषणामा राख्दा इटहरीका धरान, इटहरी, दुहवी र इनरुवाले गरेको चर्को आन्दोलनले अब हुनसक्ने प्रादेशिक राजधानीको आन्दोलनबारेमा पुर्व संकेत गर्छ । सबै सहरका आ–आफ्ना अकाट्य तर्कहरु छन प्रादेशिक राजधानी बन्न । जस्तै प्रदेश दुइमा विरगंजले आफ्नो शहर देशको मुख्य व्यापारिक सहर भएकालेले प्रदेश दुइको राजधानी हुन योग्य भन्ने प्रस्ताव लग्ला । जनकपुरले आफ्नो शानदार ऐतिहाँसिक विगत भएकाले आफुनै प्रदेश दुइको राजधानि बन्न योग्य भएको कुरा पेश गर्ला । उता, गौरले पनि मधेष आन्दोलनको इपिसेन्टर आफु भएको दावी गर्दै मधेष प्रदेशको राजधानी आफु बन्न दावा गर्नसक्छ । राजविराजको पनि आफ्नै दाबा हुनसक्छ । अन्य प्रदेशमा पनि यस्ता सवालहरु आँउछन । यसरी एउटा देखी तीन वटा सम्म प्रादेशिक राजधानी शहरको दावा गरिरहेका शहरहरुको मन शान्त पार्न र पुर्ण विकेन्द्रिय शाशनको प्रत्याभुति गर्न प्रादेशिक सरकारले विभिन्न शहरहरु मिलाएर कोरिडोरमा प्रादेशिक राजधानी शहरहरु बनाँउन सक्छ । यस्ता छन अन्य देशका राजधानी करिडोरका उदाहरण विभिन्न देशहरुको उदाहरण हेर्ने हो भने पनि राजधानी करिडोरका सफल परिक्षण भएको देखिएको छ । अन्य देशहरुमा त प्रादेशिक हैन देशकै राजधानी बनाँउने कुराहरु पनि करिडोरमा गरेको देखिन्छ । करिडोर अर्थात एक भन्दा बढि शहरमा भएका राजधानी शहरको व्यवस्था । यस्को सफल प्रयोग गर्ने देशहरुमा दक्षिण अफ्रिका देशी दक्षिण कोरिया अनि मलेसिया देखी नेदरल्याण्ड सम्म छन । हाल सम्म पन्ध्र वटा देशका एकभन्दा बढि राजधानी शहरहरु छन । पश्चिम सहारा, तान्जानिया, स्वाजिल्याण्ड, श्रीलंका, दक्षिण कोरिया दक्षिण अफ्रिका, नेदरल्याण्ड, मोन्टेनेग्रो, मलेशिया ,आइभरि कोस्ट, होन्डुरस, जर्जिया, चिली , बोलिभिया र पश्चिम अफ्रिकि राष्ट्र बेनिनले यस्को सफल प्रयोग गरेका छन । दक्षिण अफ्रिकाको तीन राजधानी शहरमा प्रिटोरिया प्रशाशकिय राजधानी शहर हो भने केप टाउन भन्ने अर्को शहर चै व्यवस्थापिकाको राजधानी शहर हो जहाँ व्यवस्थापिका संसद छ । यस्तै अर्को राजधानी शहर ब्लोइमफोनटेन चै न्यायपालिकाको राजधानी हो । दक्षिण अफ्रिका जस्तै अर्को उदाहरण हो नेदरल्याण्ड । हेग र आमस्टर्डम जस्ता दुइ वटा राजधानी शहर भएको नेदरल्याण्डमा सन१५४४ देखी हेग राजधानी शहर भएकोमा पछि १८१४ मा आमस्टर्डमलाइ पनि राजधानी बनाइएको थियो । दुवै शहरले उत्तिकै अधिकारकासाथ प्रशाशकिय कामहरु गर्छन । हाम्रै दक्षिण एसियाको देश श्रीलंकामा पनि दुइ राजधानी शहरहरु छन । कोलम्बो र कोट्टे गरि दुइ राजधानी शहर भएको श्रीलंकामा कोट्टेलाइ व्यवस्थापिकाको राजधानी शहर भनेर चिनिन्छ भने बाँकि कुराहरुको राजधानी कोलम्बो हो । कोलम्बोमा धेरै भिड भयो भनेर कोट्टेमा पनि राजधानी सारिएको उदाहरण हाम्रोमा पनि लागु गर्न सकिन्छ ।

खाशगरि प्रान्तिय राजधानी शहर बनाँउने कुरामा यो कुराको प्रशंग निकाल्न सकिन्छ । अबको प्रादेशिक राजधानीको सवालमा नजिकैको दुरीमा रहेका शहरहरुलाइ भिन्न भिन्न कुराको राजधानी शहर बनाँउन सकिन्छ । प्रदेश एककै कुरा गरौँ धरानमा एयरपोर्ट बन्ने क्रममा छ , धरानै पुर्वको पहिलो र्याफ्टििङ र प्याराग्याइडिङ गराँउने शहर हो अनि धरान आदिवासी बाहुल्य शहर पनि हो । यसरी धरानलाइ पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय राख्न मिल्ने गरि एउटा राजधानी शहर बनाँउन सकिन्छ । नेपाली सेना, ससत्र प्रहरी बल र ट्राफिक प्रहरीको पुर्वका मुख्य कार्यालयहरु भएको इटहरीलाइ प्रदेशको मुख्य मन्त्रि रहनेगरि गृह तथा रक्षा मन्त्रालय रहने राजधानी सहर बनाँउन सकिन्छ । उच्च अदालत, अन्तराष्ट्रिय बोर्डर र एयरपोर्ट भएको शहर विराटनगरलाइ व्यापारिक र न्यायिक राजधानी बनाँउन सकिन्छ । धनकुटा र दमकलाइ पनि त्यो शहरका विषेशताका आधारमा राजधानी सहर बनाँउन सकिन्छ । प्रदेश एक बाहेकका प्रदेशहरुमा पनि यहिअन्तराष्ट्रिय उदाहरणहरु हेरेर दुइ देखी पाँच वटा शहर सम्मलाइ राजधानी करिडोरको रुपमा विकास गर्न सकिन्छ । यसरी प्रदेशका मुख्य शहरुलाइ उनीहरुका विशेषताका आधारमा राजधानी बनाएपछि जनताको राजधानी मोह शान्त मात्रै हुँदैन त्यी भिन्नभिन्न राजधानी शहरहरुलाइ नजिक्याँउन आवस्यक पर्ने सडक तथा रेल जस्ता पुर्वाधारहरु निर्माणका कामहरु पनि अगाडि बड्नेछन । यसले राजधानी पाँउ भन्दै गरिने आन्दोलन, चक्काजाम, बन्दहड्ताल जस्ता आक्रोशहरु सबै शान्त पार्छ र प्रदेशको विकासका कामहरु अगाडि बढाँउन सजिलो हुन्छ । जनताले खोजेको ‘सिंहरबार’ आफ्नै शहरमा आँउछ ।