पथरी / पथरी महोत्सवमा दर्शकहरूलाई आफ्ना उत्तेजक हाउभाउबाट मन्त्रमुग्ध गर्न सफल भएकी गायिका एवम् मोडल ज्योति मगरले बिहीबार साँझ पथरी महोत्सवमा झन् उत्ताउली देखिइन् । सुनाखरी युवा क्लबले आयोजना गरेको एक महिने पथरी महोत्सवमा दुइ हजार दर्शकमाझ ज्योतिले उत्तेजक र सेक्सी हाउभाउबाट आफ्ना समर्थकलाई भरपुर नचाईन । स्टेजबाटै युवाहरूलाई बु्रक बु्रक पार्ने शब्द प्रहार गरेकी ज्योतिको प्रस्तुति देखेर युवाहरू मन थाम्न नसकी हुटिङ्को बर्षा भएको थियो । ज्योतिले आई लभ यू , सोल्टी, च्वाक, झ्याप, रोमान्स गर्ने हो ? यो सोल्टीसँग बिहे गरे भने त सोल्टी जस्तै कालो छोरो हुन्छ होला, यस्तो लुरेले ज्योतिलाई सक्दैन......... जस्ता भाषाले महोत्सवलाई उत्तेजित बनाएको थियो । उता ज्योतिले पत्रकारहरूलाई पनि कर्के नजर लगाउँदै उनले भनिन्न ‘उहाँहरूले मेरो कार्यक्रममा जति मज्जा अरूले कहाँ लिनुहुन्छ यहाँ ‘लो एङ्गल’बाट फोटोे खिचेर मज्जा लिनुहुन्छ अनि घरमा गएर श्रीमतिको आँखा छलि जुम गरिगरि हेर्नुहुन्छ ।’ तपाईं दर्शकहरू पैसा पनि तिर्ने टाढा बसेर ज्योतिको जवानी हेरी मोज गर्न नपाउने ? उनले भनिन्न ‘नडराउनु ज्योतिको तिघ्रा परैबाट पनि देखिने गरिको बनाएको छु । धित मरून्जेल हेर्नुस् भोली गई हाल्छु ।’