धनकुटा/ सल्भ नेपाल धनकुटाको २७ औ वर्षको सन्दर्भमा धनकुटामा विहिवार देखि शुरु भएको दुई दिने बृहत लघुवित्त महिला भेला शुक्रवार सम्पन्न भएको छ ।

बृहत लघु वित्त महिला भेलाको उद्घाटन गर्दै पुर्व बाणिज्य तथा आपुर्ति मन्त्री सुनिलवहादुर थापाले लघुवित्त कार्यक्रमले आर्थिक सशक्तिकरणको क्षेत्रमा महत्वपुर्ण टेवा पुरयाउदै आएको वताए । महिला शसक्तिकरणको क्षेत्रमा लघुवित्त कार्यक्रमम उदाहरिणय वन्दै गएको उल्लेख गर्दै पुर्व मन्त्री थापाले लघुवित्तको माध्यमवाट नेपाली महिलाहरुको जिवनस्तर सुधारमा महत्वपुर्ण योगदान हुदै आएको वताए ।

थापाले भने ”गरिवि निवारणका लागी लघुवित्तको अवधारणा महत्वपुर्ण छ,यसको माध्यममावट महिलाहरु आर्थिक रुपमा सक्षम हुनुका साथै महिला माथि हुने हिंसा र विभेद न्युनिकरणमा ठुलो योगदान पुग्दै आएको छ ।” सल्भ नेपालले सञ्चालन गरेको लघुवित्त कार्यक्रममा मार्फत आवद्ध महिला दिदिवहिनहरुलाई सिपयुक्त वन्नेर आर्थिक रुपमा सक्षम वनेर परिवार र समाजका लागी केही गर्न सक्ने आटँ र भरोसा दिएको भन्दै सिपलघु वित्त कार्यक्रमको प्रशंसा गरे ।

सल्भ नेपालका अध्यक्ष नारायण जोशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सल्भ नेपाल मार्फत सञ्चालन भएको सिपलघु वित्त कार्यक्रममा अन्र्तगत गठन भएका उत्कृष्ठ १७ वटा महिला केन्द्रहरुलाई नगद पाचँ हजार रुपैया र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ । यसैगरि २५ हजार भन्दा माथि व्यक्तिगत बचत गर्ने ४४ जना वचतकर्तालाई चाँदीको सिक्का र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ भने १७ वटा महिला केन्द्रका १७ जना संयोजकलाई उत्कृष्ठ संयोजकको रुपमा पुरस्कृत गरिएको छ ।

यस्तैगरी सोही अवसरमा १७ जना असल वचत कर्ता, ३७ जना असल क्रणि र सल्भ नेपालले सञ्चालन गरेको कार्यक्रममा सहयोग गर्ने १७ जना विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको छ । सोही अवसरमा वमेन हुडमार्फत लक्ष्मी विधावाट सम्मानित तथा पुरस्कृत व्यक्ति धनकुटा नगरपालिका वडा न.१३ निवासी शुशिला विश्वकर्मालाई सम्मानपत्र प्रदान गरि सम्मान गरिएको छ ।

यस्तैगरी बृहत लघुवित्त महिला भेला उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले सल्भ नेपालद्धारा सञ्चालित सिपलघु वित्त कार्यक्रमले आर्थिक तथा सामाजिक रुपान्तरणको क्षेत्रमा महत्वपुर्ण योगदान दिदै आएको वताएका छन् । उनिहरुले क्रण लगानी गरेर महिलाहरुलाई आर्थिक रुपमा सक्षम वनेको क्रण सहि रुपमा सदुपयोग भए नभएको अनुगमन गर्नु पर्नेमा समेत जोड दिएका छन् । उनीहरुले लघुवित्त कार्यक्रमको व्याजदर अलिक महँगो भएकाले केही प्रतिसत कम गर्न आग्रह समेत गरेका छन् ।

उद्घाटन कार्यक्रममा सांसद अञ्जना ताम्ली, नेपाली काग्रेस धनकुटाका सभापति अग्नी पौडेल, पुर्व जिल्ला विकास समिति धनकुटा धर्मराज पौडेल, नेकपा माओवादी केन्द्रका तिलकप्रसाद राई, नेकपा क्रान्तिकारीका मातृका राई, जिल्ला सहकारी सघं धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठ लगायतले आ–आफ्नो विचार राखेका थिए । यस्तै सल्भ नेपालद्धारा सञ्चालित लघुवित्त कार्यक्रम अन्र्तगत गठन भएको महिला केन्द्रमा गठन भएपछि आफ्नो जिवनमा आएको परिर्वतनको वारेमा वमेन हुडमार्फत लक्ष्मी विधावाट सम्मानित तथा पुरस्कृत व्यक्ति धनकुटा नगरपालिका वडा न.१३ निवासी शुशिला विश्वकर्मा र मौनावुधुकी सफल उद्यमी लक्ष्मी लिम्वुले आफ्नो सफलताको कथा सुनाएका थिए ।

उद्घाटन कार्यक्रममा सल्भ नेपालका कार्यकारी निर्देशक राजेन्द्रवहादुर प्रधानले सल्भ नेपालले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रमका साथै ७ जिल्लामा सञ्चालित लघुवित्त कार्यक्रमको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य सल्भ नेपालका निर्देशन समितिका सदस्य प्रकाश श्रेष्ठले राखेका थिए भने सञ्चालन नायव कार्यकारी निर्देशक जेपी भुजेल र सल्भ नेपालका साधारण सदस्य ज्योति प्रधानले गरेका थिए । उद्घाट्न कार्यक्रममा टिन्सक्रिउ डान्स सेन्टर धनकुटाको तर्फवाट विभिन्न नृत्य समेत प्रस्तुत गरिएको थियो ।