लामो समय सम्म संगै जिउने कसम खाएको जोडी एक्कासी छुटीएको खबर र सुन्नमा आएको धेरै थियो तर प्रेम सम्बन्ध बाध्यताले टुटेर पुन प्रेमिकाले आत्महत्या गरेको समाचार कमै सुन्न पाइन्थ्यो त्यो भएको छ चर्चित गायक रामकृष्ण ढकालको ।

संगै जिउने मर्ने कसम खाएको जोडी एक्कासी जबर्जती परिवार द्वारा बिबाह गरेको भन्दै गायक रामकृष्ण ढकालको प्रेमिका सम्पदाले आत्महत्या गरेकी छिन । तर यी सब एल्बम आवरण भित्र समाहित आधुनिक गीत “जुन झैँ बनि”भित्रको कथामा जोडिएको छ । यी सब बास्तबिक नभई काल्पनिक रहेको छ ।

चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवज र अभिनय रहेको गीतमा संगीत चर्चित संगीतकार राज कुमार बगरको रहेको छ भने शब्द घन बहादुर थापा मगरको रहेको छ ।विन्ध्यवासिनी म्यूजिक प्राली मार्फत बजारमा आएको गीत यो विन्ध्यवासिनी म्यूजिक कै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।गीत निकै उत्कृष्ट र सबको मन जित्ने मानिएको छ ।

[embed]https://www.youtube.com/watch?v=ug65kqoThmg[/embed]