प्रचण्ड, तपाईले सत्तारोहणको तयारी गरिरहँदा तपाईकै गृहजिल्ला चितवनको कथा सुनाँउछु । तपाईलाई थाहा नै छ होला, नारायणी नदिको वरपर केही घर माझिहरुको वस्ति छ । तिनीहरुको मुख्य काम माछा मार्नु र त्यसवाट आएको आम्दानीले जिवीका चलाउनु हो । माछा मार्न माझीहरु राती घर छोड्छन् । नदिको किनारामा आगो वाल्छन् र त्यसैको साहारा लिन्छन् ।

अनि जे जसो छ त्यही पकाउँछन् । खान्छन् । र, रातभरि माछा मार्छन । कसैले केही किलो माछासम्म माछा पार्छन । कोही चाँही मनिलो अनुहार लिएर रित्तो हात घर फर्कन्छन् । जो रित्तो हात घर फर्कन्छ । तिनको भान्छा साच्चै विरत्ती लाग्दो हुन्छ कमरेड प्रचण्ड । मुस्किलले १ माना चामल पकाएर यति ठूलो परिवारले खाँदा भान्सा कति खल्लो होला । डेक्चीमा पाकेको र थालमा पस्किएको खाना, भोकले अधैर्य भएर हेरिरहेका वच्चाहरु, रातभरि माछा मारेर पनि हात चाटेर उठ्नु पर्ने वाध्यताको वावु र पुर्याउनै मुस्किल पर्ने खाना पकाउनु पर्ने आमाको अनुहार हेर्दा आँखा रसाँउछ कमरेड प्रचण्ड ।

हेर्नुहाेस्