धनकुटा/धनकुटाको जिल्ला विकास योजना तयार गर्नको लागि गाउँ र इलाका स्तरबाट ७ हजार भन्दा बढी योजना तथा कार्यक्रम प्राथमिकता राखेर सिफारीस भएको जिल्ला विकास समिति धनकुटाले जनाएको छ । आर्थिक बर्ष २०७४÷७५ को जिल्ला विकास योजना तयार गर्नको लागि धनकुटामा ईलाका स्तरीय योजना प्राथमिकिकरण गोष्ठीबाट ती योजना सिफारीस भएको स्थानिय विकास अधिकारी पर्वप्रसाद सापकोटो वताएका छन् ।

जिल्लाको २८ गाविसको गाउँ परिषद र २ वटा नगरपालिकाको नगर परिषदबाट सिफारीस भएको योजना तथा कार्यक्रमलाई ११ वटा ईलाकामा गएर संकलन र प्राथमिकिकरण गरिएको सापकोटाले वताएका छन् । पुर्नसंरचना भएका स्थानयि तहमा समेत ती योजनाहरुलाई कार्यन्वयन गराउन सकिने गरी दिर्घकालिन रुपमा योजनाहरु प्राथमिकिकरण गर्ने कार्य भएको जिल्ला विकास अधिकारी सापकोटाले वताएका छन् । हरेक ईलाकाबाट ६ सय भन्दा बढी योजना सिफारीस भएर आएको उनले वताए ।

गएको माघ ४ गते देखि सुरु भएको ईलाका स्तरीय योजना प्राथमिकिकरण गोष्ठी माघ ७ गते सकिएको थियो । सम्पन्न ११ वटै इलाका स्तरिय गोष्ठीबाट सवै भन्दा धेरै सडक निर्माणका योजनाहरु परेका छन् ।

त्यसैगरी साना सिंचाई, खानेपानी, विधुत विस्तार, पर्यटन विकास, सीपमुलक तालिम, खेलकुद, जलधार संरक्षण, कषि र पशुपालनमा आधुनिकिकरण, विषादी नियन्त्रण भुक्षय नियन्त्रण, बृक्षरोपण, आदिवासी जनजाति पहिचान जन्य लक्षित समुदायका योजना तथा कार्यक्रमहरु सिफारीस भएको जिल्ला विकास समितिका बरिष्ठ सामाजिक विकास अधिकृत सीताराम गौतमले बताएका छन् ।