धरान / धरानमा जारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो दिन सनिवार प्रर्दशन गरिएको 'भाग्यलेबाँचेकाहरु' वृत्त चित्रले दर्शकको आँखा रसाएका छन्. । करिव ५ सय अटाउने विपी प्रतिष्ठानको अडिटेरियम हलमा खचाखच धेरै दर्शकहरुको आँखा रसाएका थिए । गत २०७२ वैशाख १२ गतेको भूकम्पबाट भएको मानविय क्षेतिमा आधार बनाएर निर्माण गरिएको वृत्तचित्र हेरिसकेक पछि धेरैले भने –‘उनीहरु त साँच्चै भाग्यले बाँचेका रहेछन् ।’ निर्देशक गणेश पाण्डेसँग बसेर वृत्तचित्र हेर्दै गरेका इटहरीका चानक पोखरेल भाग्यले बाँच्ने र बचाउने देखेर निकै भावुक देखिए । काठमाडौँको नौ तले धरहरा’ ढल्दासमेत सामान्य मात्र घाइते भएकी बबिता सेढाईंलाई धरहरासँगको त्यो ढलाइ एउटा सपनाजस्तो लागेको वृतचित्रमा बताइएको छ । ओम हस्पिटलमा परिचारिका पेसामा कार्यरत सेढाईं आफू त्यत्रो ठूलो घटनामा परेर पनि सकुशल बाँचेकामा धन्य सम्झीन । वृत्तचित्रमा देखिएका गोङ्गबुको एउटा गेस्ट हाउसबाट सकुशल उद्वार गरिएका पेम्बा लामाको कथा मार्मिक छ । उनका पिता सूर्य लामाले भूकम्पमा परेर बित्यो भनेर आश मारेको छोरा करिब एक हप्तापछि सकुशल भेटिदाको खुशी पनि समेटिएको छ । नेपाली सेनाले सकुशल उद्धार गरेका भक्तपुरका चार महिनाका बालक सोनिस अवालको कथाले धेरैको मन छोएको थियो । हेरिसेके पछि एक जना दर्शकले भने –‘हामीले वृत्तचित्र हेर्दा यस्तो भावुक भयौ । झन उद्धार गदै गरेको हेर्दा कति पीडादायी थियो होला । उनले सबैलाई उठेर तालिले स्यालुट गर्न लगाउदा मञ्चमा उभिएका निर्देशक गणेश पाण्डे मख्य परेका थिए । अर्घाखाँचीका ऋषि खनाल, दैलेखका रमेश खत्री, हेटौँडाकी प्रिया विश्वकर्माको भूकम्पबाट प्राण बाँचे पनि सग्लो शरीर बाँचेन । त्यो पीडा र अवस्था वृत्तचित्रले देखाएको छ । ‘भाग्यले बाचेकाहरु’ वृत्तचित्र ३२ देशमा प्रर्दशन भईसकेको छ । १३ वटा अवार्ड जितीसकेको निर्देशक पाण्डेले जानकारी दिए । सनिवार ‘भाग्यले बाचेकाहरु’सँगै मीनबहादुर भामले निर्देशन गरेको कालो पोथि चलचित्र, अरुण प्रधानले निर्देशन गरेको याख्यासंस्कृतिमा आधारित ‘ओम्ला’, सेनाङ ग्याम्लो तामाङले निर्देशन गरेको झालोले पनि दर्शकलाई आकर्षत पारेका थिए । भाग्यले बाचेको देखाउनु भन्दा अगाडी ओम्ला देखाईएको थियो । याख्याहरुको संस्कृतिमा आधारित ओम्ला पनि दर्शकले निकै रुचाए । सनिवार विभिन्न देशका ९ वटा वृत्तचित्र, छोटा र फिक्सन चलचित्र देखाइएको आयोजकले जनाएको छ । महमद अहासान काविरले निर्देशन गरेको ‘ए जर्नी टु दी रुट, विहनम बहादोरीले निर्देशन गरेको इरानी फिक्सन आई फोन, विलाल काराकोयुनले निर्देशन गरेको टर्कीको फिक्सन, समिट काकडले निर्देशन गरेको भारतीय चलचित्र हाफ् टिकट प्रर्दशन गरिएको थियो । फिल्म प्रर्दशन भईरहेको बेला थिएटर र एक्टीङको बारेमा प्राडा ड्रागन मिलिङकोभीकले १ घण्टा सहजीकरण गरेका थिए । थिएटरका विज्ञ ड्रागनले आफु दोश्रो पटक नेपाल आएको र दोश्रो पटक आउदा थिएटर र एक्टिङ क्षेत्रमा नेपालमा निकै विकास भएको पाएको बताए । नेपालमा दुई वटा एक्टिङ स्कुल छ तर जस्तो स्कुल हुनु पर्ने त्यो नभएको पाएको उनले बताए । ‘राम्रो अभिनय गर्ने कलाकार अभाव छ तर प्राकृतिक कलाकार भने नेपालमा राम्रो छ ।’–उनले भने–‘सीपयुक्त कलाकारले मात्र अभिनय गर्न सक्छ । सीप नभएको कलाकारले गरेको अभिनय बनावटी हुन्छ ।