[video width="720" height="576" wmv="http://blastkhabar.com/wp-content/uploads/2016/11/Bite-Umanatha-paudel.wmv"][/video]

tapताप्लेजुङ/जिल्ला स्वास्थ्य कार्यालयको लापरवाहीका कारण ताप्लेजुङको पाथीभरा क्षेत्रको बस्तीमा रहेका ११ जना बालबालिका भिटामिन ए र जुकाको औषधि खानबाट छुटेको खुलेको छ ।

माथिल्लो फेदीमा रहेको खोप केन्द्रलाई जिल्ला स्वास्थ्य कार्यालयले औषधि नदिएकोले भिटामिन ए र जुकाको औषधि खानबाट फुरुम्बु र फावाखोला गाविसको सिमानामा रहेको माथिल्लो फेदीका छ महिनादेखि ५ वर्षमुनिका बालबालिका औषधि खानबाट छुटेका हुन् । औषधि खुवाउने समयमा जिल्ला स्वास्थ्य कार्यालयले औषधि नदिएकोले सो क्षेत्रका ११ जना र पाथीभरा दर्शनका लागि आएका दर्जनौँ बालबालिका खोप र औषधिबाट वञ्चित भएको माथिल्लो फेदीस्थित खोप केन्द्रका अहेव उमानाथ पौडेलले बताए ।

त्यस दिन स्थानीयवासी आप्mना बालबालिका लिएर खोप केन्द्रमा आए पनि औषधि नहुँदा आपूmले त्यसै फर्काइदिएको उनले बताए । यस विषयमा स्वास्थ्य कार्यालयमा बुभ्mदा भूलबश बोलाउन छुटेको बताउँदै अब औषधि पठाइदिने आश्वासन दिएको पौडेलले जनाए । तर एक महिना बितिसक्दा अभैmसम्म औषधि नपठाइएको उनको भनाइ छ ।सो बस्ती दुई गाविसको बीचमा रहेको र ती गाविसको खोप केन्द्र बस्तीबाट दुई घण्टाको पैदल दुरीमा रहेकोले स्वास्थ्य कार्यालयले माथिल्लो फेदीमै खोप केन्द्र स्थापना गरेको थियो ।