धनकुटा/ प्रथम घरेलु उद्योग दिवसको अवसरमा बिहीबार धनकुटामा प्रभातफेरी, अन्तत्र्रिया तथा पुरस्कार वितरण कार्यक्रम भएको छ ।घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालयको आयोजनामा मदन चौकबाट शुरु भएको उद्यमी तथा व्यवसायीहरु सहभागी रहेको प्रभातफेरी बजारका विभिन्न भागको परिक्रममा गरी धनकुटा उद्योग वाणिज्य सङ्घको भवनमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
अन्तत्र्रिmया कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरे, घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राई, महिला समितिका अध्यक्ष तारा तितुङ लगायतले घरेलु तथा साना उद्योगहरुलाई प्रोत्साहन गरी विकास र बिस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।सो अवसरमा प्रथम घरेलु उद्योग दिवस मनाउनु पर्ने कार्यक्रमको उद्देश्यमाथि घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख दीपक पौडेलले प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई, नेकपा एमालेका मदन बस्याल, नेकपा माओवादी केन्द्रका सुन्दरबाबु श्रेष्ठ, राष्ट्रिय जनमोर्चा नेपाल धनकुटाका अध्यक्ष तुलमान राई, राष्ट्रिय जनमुक्ति पार्टीका सविला मोक्तान, नेकपा माओवादी क्रान्तिकारी धनकुटाका अध्यक्ष गोपाल विक लगायतले कानुन उद्योगमैत्री बनाउँदै उद्योगमार्र्पmत् मुलुकलाई समृद्ध बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन घरेलु विकास समिति धनकुटाका लेखा अधिकृत दीपेन्द्र अधिकारीले गरेका थिए ।सो अवसरमा आर्थिक पत्रकार नारायण आठपहरिया, महिला उद्यमीहरु जशोदा लिम्बू र मोहन श्रेष्ठलाई पाँच रुपैयाँले पुरस्कृत गरिएको थियो ।