gajaधनकुटा / धनकुटाका विभिन्न स्थानमा १२ हजार भन्दा वढि गाजाँको वोट नष्ट गरिएको स्थानिय प्रशासनले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा जिल्लाको छिन्ताङ्ग,पाख्रिवास,महाभारत,आहाले,खोकु तथा आखिँसल्ला लगायतका क्षेत्रमा गरि १२ हजार ५ सय २१ वोट गाँजाको वोट उखेलेर नष्ठ गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ । त्यसैगरी हालसम्म लागु औषध तथा दुव्र्याशन नियन्त्रण गर्ने अभियानको क्रममा ४ जना पक्राउ परेको र लागु औषध तथा दुव्र्याशनमा लाग्ने विरुद्ध २ वटा मुद्धा दर्ता भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीले वताएका छन् । यस्तै २ केजी १ सय ग्राम गाँजा र ५ ग्राम खैरो हेरोईन बरामद गरि नष्ट गरिएको बताइएको छ । शुक्रवार लागु औषध नियन्त्रणको क्षेत्रमा क्रियाशिल, सरकारी, गैह्रसरकारी संघ–संस्था र सरोकारवालाहरु विच “लागु औषध दुरुपयोग विरुद्ध” अभिमुखिकरण कार्यक्रम जिल्लामा लागु औषध नियन्त्रणका सम्वन्धमा जिल्लामा भएका विविध गतिविधिहरुको वारेमा जानकारी दिदै प्रमुख जिल्ला अधिकारी उप्रेतीले गत आर्थिक वर्ष जिल्लाको विभिन्न स्थानको करिब ८ सय ८७ रोपनीमा लगाईएको गाँजाका फडानी गर्नुका साथै तयारी अवस्थामा रहेको १ सय १० केजी नष्ट गरिएको वताए । धनकुटा जिल्लामा लागु औषध दुव्र्यासनी दिन प्रतिदिन वढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय धनकुटा र जिल्ला प्रहरी कार्यालयको विशेष समन्वयमा लागु औषध दुरुपयोग विरुद्ध एक दिने अभिमुखीकरण कार्यक्रम नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा सम्पन्न भएको हो । यसैगरि गत आर्थिक वर्ष लागु औषध नियन्त्रणका क्रममा ३ जनालाई पक्राउ गरि २ वटा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडि वढेको र ४ केजी ८ सय ग्राम गाँजा, नाईटोसन पाचँ, लुपिजेसिक ५ र एभिल एम्पल ५ बरामद गरि नष्ठ गरिएको छ । यस्तै लागु औषध नियन्त्रणका लागी सचेतनामुलक र प्रचारात्मक कार्यक्रमहरु भईरहेको छ । वढि मात्रमा गाँजा भएको स्थानहरु छिन्ताङ्ग,आहाले लगायतका ठाउँमा गाँजा फडानी गर्ने काम भईरहेको र गाँजा फडानीका लागि छिन्ताङ्गमा थप जनशक्ति परिचालन गरिएको प्रहरी प्रमुख विभुतिराज पाण्डेले वताएका छन् । तिहारपछि छुटेका स्थानहरुको फडानी गरिने समेत एसपी पाण्डेले जानकारी दिए ।