लण्डन/नेपाल–बेलायत सम्बन्ध दुई सय वर्ष पुगेको अवसरमा बेलायती गोर्खा सैनिक कैलाश खेबाङले अङ्ग्रेजी भाषामा ‘गोर्खा’ नामक पुस्तक प्रकाशन गरेका छन् ।ब्रिगेड अफ गोर्खाजअन्तर्गत दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत् वारेन्ट अफिसर खेबाङ अहिले सो पुस्तकका कारण संसारभर चर्चित बनिरहेका छन् ।
ताप्लेजुङमा जन्मेका खेबाङ २०५५ सालमा ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका हुन् । नेपालमा भलिबल खेलमा अत्यन्तै कहलिएका कैलाश बेलायतको दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत् छन् ।उनी जेहेन्दार सैनिक मात्र नभएर अब्बल लेखक पनि हुन् । उनको ‘गोर्खा’ नामक अङ्गे्रजी पुस्तक पहिलो हो । लाहुरे जीवनबाट शुरु गरेको सङ्घर्षलाई उनले अन्ततः लाहुरेहरुको दस्तावेजको रुपमा प्रस्तुत गरेका छन् । लाहुरेका युद्ध–कथामा आधारित अङ्ग्रेजी भाषामा लेखिएको जीवन कहानी ‘गोर्खा’ सन् २०१५ मा बेलायतको लिटल ब्राउन प्रकाशन गृह र अवकास कम्पनीबाट प्रकाशन भएको हो ।
बेलायतबाट प्रकाशित हुने ‘सन्डे टाइम्स’ का अनुसार, यो पुस्तक बिक्रीका आधारमा उत्कृष्ट १० मा परेको छ भने सर्वोत्कृष्ट एशियाली पुस्तक भएको छ । नेपाल–ब्रिटेन दौत्य सम्बन्धको २ सय वर्ष पुगेको अवसरमा खेबाङलाई आप्mनो जीवनका अन्तरङ्गहरु प्रस्तुत गर्न प्रधान कार्यालयबाट पहिलो गोर्खाजको रुपमा छनोट गरिएको थियो । बेलायती बडामहारानीको प्रत्यक्ष स्वीकृति र ब्रिगेड अफ गोर्खाजको अनुमतिमा वीर गोर्खालीहरुका युद्धका अनुभव र अनुभूतिसँगै आप्mनो मन र स्वदेशी माटोको सुगन्धलाई समेट्दै उनले पुस्तकमा गोर्खाली अमर वीरताको प्रगाढ चिनोको रुपमा सङ्क्षिप्त आत्मकथा प्रस्तुत गरेका छन् ।झण्डै दुई दशक सैनिक जीवन बिताइसकेका खेबाङले सैनिक जिन्दगीका गाँठी कुरा व्यक्त गरेका छन् । वास्तवमा कहिल्यै पनि फर्केर आउन नसक्ने हरेक दिन मानव जीवनका निम्ति अमूल्य हुन्छ । त्यो अमूल्य विगतलाई एउटा शिक्षाको रुपमा पाठकहरुका निम्ति लेखक खेबाङले पस्किदिएका छन् ।