-
Home
-
स्वास्थ्य
-
अमेरिका र ईयूद्वारा दक्षिण सुडानलाई युद्धबिरामको पालना गर्न आग्रह
अमेरिका र ईयूद्वारा दक्षिण सुडानलाई युद्धबिरामको पालना गर्न आग्रह
- आश्विन २१, २०७३
- ब्लाष्ट खबर
जुवा (दक्षिण सुडान)/संयुक्त राज्य अमेरिका र युरोपियन युनियन (ईयू), बेलायत र पूर्वी अफ्रिकी राष्ट्रहरुको एक समूहले दक्षिण सुडानको सरकार र विद्रोही पक्षलाई युद्धबिरामको पूर्ण पालना गरी स्थायी शान्तिका लागि अघि बढ्न आग्रह गरेका छन् ।
हालै एक विज्ञप्ति जारी गर्दै यहाँ गत जुलाईदेखि व्याप्त युद्धबिराम उल्लङ्घन गर्दै सरकारी तथा प्रतिपक्षीबीच पुनः सुरु भएको द्वन्द्वका कारण सयौँ मानिसले ज्यान गुमाएपछि यस क्षेत्रका विभिन्न मुलुकका साथै ईयू र अमेरिकाले पनि युद्धबिरामलाई पालना गर्न दुवै पक्षलाई आग्रह गरेका हुन् ।
विज्ञप्तिमा दक्षिण सुडानमा पछिल्लो समय देखिएको द्वन्द्वको कुनै अर्थ नरहेको बताइएको छ ।
प्रतिपक्षी नेता रेइक मसार पछिल्लो द्वन्द्वपछि छिमेकी मुलुक सुडान पुगी सरकारसँग प्रतिरक्षात्मक रुपमा आफ्ना गतिविधि बढाउने उद्घोष गरिरहेका बेला यस क्षेत्रका राष्ट्रहरुबाट आएको अपिललाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यसैबीच सुडानी सरकारका प्रवक्ताले आफ्नो देशमा कुनै द्वन्द्व नरहेको भनी प्रतिक्रिया दिए । रासस/एएफपी