https://youtu.be/ehRJ3VprHP4   धरान /कलाकार सीताराम कट्टेल (धुर्मुस)ले भुकम्प पिडितलाई दशैमा घर दिन नसकेको भन्दै माफि मागेका छन् । दशैमा घर हस्तान्तरण गर्ने भनिएतापनि काम गर्दा गदै पुरा नभएकाले आफुहरुको योजना पुरा नभएको भन्दै उनले तोकिएको समयमा घर दिन नसकेको भन्दै माफि मागेका हुन् ।धुर्मुस सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकमा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्ती निर्माण गरिरहेको छ । फाउण्डेशनले घटस्थापनाको दिन घरहरु हस्तान्तरण गर्ने बताएको थिायो । उनले सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेको हो । दिन रात खटेर काम गर्दा पनि झरीले काम प्रभावित गरेको भन्दै पुनर्निर्माणको अभियान भने कुनै कारणले नरोकिने धुर्मसले बताएका छन् । धुर्मुस–सुन्तलीलाई गिरान्चौर बस्ती निर्माणका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको थियो । त्यसैबाट गिरान्चौर बस्तीलाई आपांग, बाल तथा वातावरणमैत्री तवरले पुनर्निर्माण गरिँदैछ ।